Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

काठमाडौंमा ८० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य

७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो । आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम शुरु गरे । महानगरले २७९ वुथबाट कार्यक्रम […]

बाढीपीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिन्छौं : मन्त्री रेग्मी

७ कात्तिक, काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताएकी हुन् । आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी […]

नेप्से परिसूचक २७ अंकले बढ्यो, व्यापारबाहेक सबै उकालो

७ असोज, काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्सुे परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २४ अंकले बढेको छ । कारोबार रकममा भने उल्लास […]

जलवायु परिवर्तनको असरबारे अर्थमन्त्री र बेलायती राजदूतबीच छलफल

७ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन र यसले पारेको असरबारे छलफल भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको […]

बागलुङका ७१ वडामा नेतृत्व चयन : नेतृत्वमा महिला शून्य

७ कात्तिक, बागलुङ । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । कमिटिमा ३३ प्रतिशत भन्दाबढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल […]

लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

७ असोज, काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको पन्ध्रौँ साधारणसभाले प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष चयन भएका शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय […]

पर्सिदेखि गोला प्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीशको प्रतिवद्धता

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश […]

प्रधानन्यायाधीशसँग आश्वस्त हुन सकेन बार, भोलि सबै न्यायाधीशलाई भेट्ने

७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् । तर आइतबार भएको छलफलका क्रममा कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिएसनले बताएको छ । अब भोलि सर्वोच्चका सबै न्यायाधीश र नेपाल बार एशोसिएसनका पदाधिधिकारीबीच छलफल हुने महासचिव लीलामणि पौडेलले बताए ।

तीन महिनामा बैंकको ऋण २७८ अर्बले बढ्यो, निक्षेप वृद्धि ६८ अर्बमात्रै

७ असोज, काठमाडौं । कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ । गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २० अर्ब […]

पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

७ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए । चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई […]

इलाममा प्रधानमन्त्रीले भेटे बाढीपहिरोबाट मृतकको परिवार

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित सुदूरपश्चित क्षेत्रको भ्रमण गरेका थिए, आइतबार भने उनी पूर्वतर्फ गएका हुन् । आइतबार प्रदेश […]

अफगानिस्तानमा मानव अधिकारको रक्षा गर्न शान्ति समाजको माग

७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यान जानुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले आइतबार बुटवलमा गरेको प्रदर्शनमा  समाजका सभापति गोविन्द खनालले अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै त्यहाँका नागरिकको मानव अधिकारमाथि प्रश्न उठेको बताए । अफगानिस्तानमा मानवअधिकारको रक्षा र शान्ति कायम […]

मुख्यमन्त्रीमा आलोपालो हुनुपर्छ : राजीव कोइराला

७ कात्तिक, विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म […]

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]

माटोको ढिस्कोले पुरिएर ५ वर्षीया बालिकाको मृत्यु

७ कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी ५ वर्षीया छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ । अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको […]

बाढीपहिरो प्रभावितका लागि विशेष प्याकेज ल्याउँछौं : प्रधानमन्त्री देउवा

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । बेमौसमी वर्षाका कारण देशभर आएको […]

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

७ कात्तिक, बुटवल । रुपन्देहीमा एम्बुलेन्ससँग ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक […]

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको पनि माग

७ कात्तिक, विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक […]

कपुरकोट दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

७ कात्तिक, सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए । आइतबार विहान करीब ७: ५० बजेतिर भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

७ कात्तिक, काठमाडौं ।  भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं ३-०२-०१७ प ७९४२ नं को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका-५ छालङका सुरज तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूर्ण शनिबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका […]

टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

७, कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, […]



from समाचार – Online Khabar https://ift.tt/3vFs683
via IFTTT
Powered by Blogger.