Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

टिकट नपाउँदा हुम्ला विमानस्थलबाटै फिर्ता भए बिरामी

९ कात्तिक, सिमकोट (हुम्ला) । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा […]

नेकपा एकीकृत समाजवादी लुम्बिनीमा कार्यविभाजन

९ कात्तिक, बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख […]

ब्राण्ड बन्दै पाल्पाली ढाका   

९ कात्तिक,रामपुर (पाल्पा) । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो-कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन […]

सर्वोच्चका न्यायाधीशहरुले सामूहिक रुपमा प्रधानन्यायाधीशलाई भेट्दै

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । भेटका लागि विहान साढे ११ बजेको समय तय भएको छ । ‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर […]

काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज

९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो । काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य […]

एयर इण्डिया निजीकरणबाट नेपालले के सिक्ने ?

भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इण्डिया टाटा कम्पनीले खरीद गरेको छ । यो कम्पनी १८ हजार करोड भारतीय रुपैयाँमा बिक्री भएको हो । निरन्तर घाटामा गएपछि यसको निजीकरणका प्रयासहरू हुँदै आएको भए पनि सरकारले सफलता प्राप्त गर्न सकेको थिएन । मोदी सरकारले सन् २०१८ मा निजीकरणको प्रयास गरेको थियो । इतिहासमा एयर इण्डिया सन् […]

आज देभैभर एमालेको पालिका अधिवेशन हुँदै

९ कात्तिक, काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक […]

कोष्टाब्याङ्का घटनाले एनआरएनए स्पेन पनि विवादमा

बार्सिलोना। ‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान स्पेनको नेपाली समाजमा दुरुस्तै मेल खाएको छ । विगतमा प्रवासी नेपाली मञ्च निकटले एनआरएनए स्पेनको नेतृत्वमा सम्हाल्दा जनसम्पर्क समितिले सधैं असहयोग मात्रै गरिरह्यो। अब जनसम्पर्क समिति निकटले नेतृत्व सम्हाले लगत्तै चौतर्फी विरोध र असहयोग सतहमा नै पोखिन सुरु भएको छ। एनआरएनए अध्यक्ष शालिकराम डुम्रेलाई आफ्नो कार्यकाल सफलतापूर्वक […]

मुजिब र राशिदको घातक बलिङमा अफगानिस्तानको शानदार जित

काठमाडौं । स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेपछि अफगानिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । युएईको शारजाँहमा सोमबार भएको एक मात्र खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो । दुई खेलाडीको स्पिन जादु चलेपछि अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभर मात्रै क्रिजमा टिकेर ६० […]

प्रधानन्यायाधीशलाई राजीनामा दिन चौतर्फी दबाब

८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी […]

जबरा प्रकरण : राजनीतिक दलहरुको स्वार्थपूर्ण मौनता

जबरासँगको लेनदेन वा अदालतमा विचाराधीन मुद्दाले पार्नसक्ने प्रभावका कारण प्रमुख दलहरुले न्यायपालिकाभित्र देखिएको समस्यामा मौनता साधिरहेका छन् ।

दशैंपछि बैंकको ऋण लगानी ठप्प

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]

खैरो हिरोइनसहित पक्राउ परेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

८ कात्तिक, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश […]

निर्वाचन आयोगको प्रस्ताव : चैत ५ भित्र स्थानीय तहको चुनाव गरौं

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन ५ चैत २०७८ भित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री देउवालाई भेटेर आयोग पदाधिकारीहरुले राष्ट्रियसभा सदस्यका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तयारीबारे छलफल गरेको छ । बालुवाटारमा भएको भेटमा आयोग पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन चैत ५ भित्र गरिसक्नुपर्ने बाध्यता रहेको […]

ठूलो भर्‍याङबाट यातायात कार्यालय सार्ने तयारी

८ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)को ठूलो भर्‍याङ कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ । पाँच वर्षदेखि नागार्जुन नगरपालिका–१० मा भाडाको घरमा यातायात कार्यालय सञ्चालन हुँदै आएको थियो । आगामी पुस महिनामा करार अवधि सकिन लागेपनि कार्यालयले नवीकरण गरेको छैन । कार्यालय स्थानान्तरणका लागि नयाँ घर खोजिएपछि स्थानीयहरुले कार्यालय स्थानन्तरण […]

चार पूर्वप्रधानन्यायाधीशले पनि मागे जबराको राजीनामा

८ कात्तिक, काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् । नेपालको न्यायपालिकाको इतिहासमा नै अभूतपूर्व चिन्ताजनक वातावरण देखिएको भन्दै उनीहरुले यो परिस्थितिको अविलम्ब पटाक्षेप हुनुपर्ने बताएका छन् । […]

संकटमा प्रधानन्यायाधीश : कम क्षतिपूर्ण बाटो राजीनामा

सहकर्मी न्यायाधीश सहित सिङ्गो कानून क्षेत्र आफ्ना विपक्षमा उभिएपछि उनीहरुलाई सहमत गराउने वा मार्ग प्रशस्त गर्नेबाहेक प्रधानन्यायाधीशसामु अब अर्को विकल्प देखिंदैन ।

दाङमा एमालेका पाँच जना महिला वडाध्यक्ष

८ कात्तिक, दाङ । गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य […]

पोखराको पस्मराङमा तोकियो नयाँ ल्याण्डफिल साइट

८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का […]

जिजीविषा : बाँच्न चाहनेहरूको कथा

८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा मान्छेको बाँच्ने आशा बढेको छ भन्दा अत्युक्ति हुँदैन । यति ठूलो महामारीमा समेत मानिसले बाँच्नकै लागि अनेक तरहको संघर्ष गर्‍यो । कोही शहर छाडेर गाउँ गए, कोही एकदिन पनि घरबाट बाहिर ननिस्की बसे । शहरमा घरभित्र बस्दा भो खान नपाउनेहरू सडकमै निस्केर आफ्नो भोक मेटाउन उद्यत देखिए । […]

‘अपराधको राजनीतीकरण उच्च विन्दुमा छ’

अपराधको राजनीतीकरण सुखद हुनै सक्दैन । भारतमा ‘यूपी सिन्ड्रोम’ भन्छन् । भारतको उत्तरप्रदेशका जति पनि राजनीतिज्ञ छन्, उनीहरूको राजनीतिक वेस क्राइम देखिन्छ । मुलायम सिंह यादवको पालादेखि नै यो शुरू भएको देखिन्छ । समाजवादी भन्ने पार्टी छ, ३० वटाभन्दा बढी ज्यान मुद्दा उनलाई लागेको थियो । उनीहरूकोमा चाहिं दुई वटा रूपमा यसको प्रयोग भएको देखिन्छ […]



from समाचार – Online Khabar https://ift.tt/3baoVfd
via IFTTT
Powered by Blogger.