Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘बैंकहरु अल्पकालीन स्रोतमा भरपर्दा तरलता समस्या बढ्यो’

१२ कात्तिक, काठमाडौं । दशैं अघिदेखि शुरु भएको लगानीयोग्य रकम (तरलता) संकट वित्तीय क्षेत्रमा अझै केही समय रहने देखिएको छ । ऋण लगानीमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भने कमजोर देखिदा तत्कालै तरलता अभाव टर्ने सम्भावना कम देखिएको हो । अझ नेपाल आयल निगमले १८ अर्ब रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी […]

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

१२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म […]

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् । […]

म एक्लो बृहस्पति भएँ, बृहस्पति भगवानको अवतार हुन् : प्रधानन्यायाधीश जबरा

१२ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा तानिएका छन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत राजीनामा मागेका बेलामा उनले अन्तर्वार्तामार्फत आफ्नो धारणा राखेका छन् । अन्तर्वार्तामा उनले आफूले तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने भन्दै केही व्यक्तिले राजीनामा माग्दैमा नदिने बताएका छन् । प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको र सुशीला कार्कीलाई अर्काको आँखाले हेर्ने, अर्काको कानले सुन्ने व्यक्ति भएको टिप्पणीसमेत गरेका छन् ।

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए शेयर

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड […]

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने युवकको मृत्यु

१२ कात्तिक, काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो । सुरुङमार्गमा बिहीबार […]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । […]

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल

१२ कात्तिक, काठमाडौं । सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा […]

‘मेटा’ बन्यो फेसबुक, फेरियो नाम

१२ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा […]

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत जाँदै

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदै छन् । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ […]

टी-२० विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

१२ कात्तिक, काठमाडौं । डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै जितेको […]

कोटेश्वरमा अन्डरपास बनाउने योजनामा अलमल

११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]

अदालतको विवाद जबरालाई नै छोडिदिऊँ : देउवा

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादको निकास खोज्ने जिम्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकै भएको बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा जानु अघिल्लो दिन बिहीबार आफू निकट नेताहरुसँग छलफल गरेका थिए । त्यसक्रममा नेताहरुले प्रधानन्यायाधीश प्रकरणमा के गर्ने भनेर सोधेका थिए । जवाफमा देउवाले ‘यो विषय प्रधानन्यायाधीश […]

भीम रावलले गुमाएको माधव नेपालको विरासत थाम्ने अवसर

भीम रावलको राजीनामा यस्तो बेलामा आएको छ, जतिबेला उनको शक्ति सम्पूर्ण रुपमा क्षीण भएको छ, शक्तिका स्रोतहरु तितरबितर भएका छन् । पछिल्लो राजनीतिक घटना क्रममा ओलीसँग सम्झौता गरेर एमालेमै रहेका रावलसँग विगतमाझै शक्तिको स्रोतका रुपमा न माधव नेपाल छन्, न सुदूरपश्चिम ।

गुल्मीको २ स्थानीय तहमा एमालेको अधिवेशन हुन सकेन

११ कात्तिक, गुल्मी । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो । एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा […]

एमाले पोखरा महानगर अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन

११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

११ कात्तिक, काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका […]

कोप–२६ मा जलवायु परिवर्तनबारे नेपालका ३ दस्तावेज

११ कात्तिक, काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजनाहरु स्वीकृत गरेको छ । अक्टोबर ३१ देखि स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६)को पूर्वसन्ध्यामा नीतिगत दस्ताबेजहरु स्वीकृत गरेको हो । नेपालको राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०, हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा र […]

सडकबाट प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत : एमाले

११ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको भन्दै उसले जबरालाई हटाउने भए महाअभियोग ल्याउनुपर्नेतर्फ संकेत गरेको छ । बिहीबार एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयमा गुटबन्दी र चरम अराजकता देखिएको बताए । न्यायाधीशहरुको […]

नाराबाजीमै सकियो संसद अधिवेशन, ५५ विधेयक जहाँको तहीँ

११ कात्तिक, काठमाडौं । नाराबाजीबाट शुरु भएको संघीय संसद (प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं) अधिवेशन नाराबाजीमै सकिएको छ । २३ भदौ २०७८ मा शुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधको नीति लियो । पहिलो दिन नै एमालेले ‘पार्टीका १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले समयमै नटाँसेको’ भनी प्रश्न उठायो र यसबारे […]

एमाले बैठकलाई घनश्याम भूसालको पत्र : १० बुँदे जे भनेर गरिएको हो, त्यही गर्नुपर्‍यो

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा तीन बुँदे राय पठाएका छन् । कोरोना संक्रमण भएकाले बिहीबारको बैठकमा अनुपस्थित भूसालले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका सबै सदस्यलाई लिखित राय पठाएका थिए । तर उनले पठाएको राय बैठकको एजेण्डा नबनेको र छलफल पनि नभएको जनाइएको छ । भूसालले १० बुँदे […]



from समाचार – Online Khabar https://ift.tt/3ElMXQU
via IFTTT
Powered by Blogger.