Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

१० कात्तिक, जाजरकोट। नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो […]

साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्त २ वर्षपछि पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ ललितपुर महानगरपालिका-९ बस्‍दै आएका २४ वर्षीय जय सिंगार रहेका छन् । उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले २०७६ साल साउन २४ गते […]

ताप्लेजुङमा कोरोनाका सक्रिय संक्रमित शून्य

१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा […]

एमाले र एकीकृत समाजवादीबीच विवाद बढेपछि गौरीगंगाको पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा

१० कात्तिक, धनगढी । कैलालीमा नेकपा एकीकृत समाजवादीसँगको विवादका कारण नेकपा एमालेको नगर पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिकाको नगर पार्टी कार्यालय आफ्नो दाबी गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि भएको विवादले झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले तत्काल कसैले पनि प्रयोग गर्न नपाउने गरी कार्यालय नियन्त्रणमा लिइएको जनाएको छ […]

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार

१० कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ । बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित […]

अष्ट्रेलियामा बजार खुल्न थाले, विदेशी विद्यार्थी नफर्किँदा कामदार अभाव

१० कात्तिक, काठमाडौं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि  ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ-आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ । त्यस्तै,  कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । […]

शाक्यले बुझाइन् राजीनामा, बागमतीमा अर्को सरकारको बाटो खुल्यो

१० कात्तिक, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा  उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा […]

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकजना गम्भीर घाइते

१० कात्तिक, कञ्‍चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना थारु गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो । गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका राना थारुको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज […]

कर्णाली लोकसेवा आयोग ऐन अध्यादेशमार्फत संशोधन

१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरेको छ । प्रदेशसभा सञ्चालन नभएकाले अध्यादेशमार्फत दोस्रो पटक संशोधन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन–२०७५ संशोधन गर्न बनेको अध्यादेश–२०७८’ जारी गरेका हुन् । प्रदेश सरकारले कात्तिक ७ गते ऐन संशोधन […]

गोरखाका ११ मध्‍ये ९ पालिकामा एमालेको सर्वसम्‍मत नेतृत्व चयन

१० कात्तिक, गोरखा। नेकपा एमालेको १०औ महाधिवेशन अन्तर्गत जिल्लाको पालिका अधिवेशन सम्पन्‍न भएको छ । मंगलवार चुमनुव्री र शहिद लखन गाउँपालिका वाहेक अन्य पालिकामा अधिवेशन सम्पन्न भएको उक्त पार्टीले जनाएको छ । गोरखा नगरपालिकामा देवी बहादुर बस्नेत अध्यक्ष रहेको नयाँ कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिव शम्भु थापा, उपसचिव मान बहादुर […]

मंसिरदेखि विजुलीको भाउ घट्दै, २० युनिटको ३० रुपैयाँमात्रै

१० कात्तिक, काठमाडौं । मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने […]

राजीनामा दिंदै मुख्यमन्त्री शाक्यले भनिन् : प्रदेश बनाउन मिलेरै काम गरौं

१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व […]

स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक पठाएको विद्यालयहरुको भनाई छ […]

‘चोलेन्द्र’हरू कसरी जन्मिन्छन्, कसरी जोगिन्छन् ?

१० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता गणेशराज शर्मा अधिकांश सार्वजनिक समारोहमा बारम्बार एउटै अभिव्यक्ति दोहोर्‍याउँदै भन्थे, ‘नियुक्त भएपछि न्यायाधीशलाई उत्तरदायित्वले यसरी थिच्छ कि उनीहरू दायाँबायाँ गर्नै सक्दैनन्, त्यसैले न्यायाधीश बन्नुअघिको उनीहरूको राजनीतिक पृष्ठभूमि आपत्तिको विषय होइन ।’ बीपी कोइरालाका वकिल समेत रहेका शर्माको १० कात्तिक २०७२ मा निधन भयो । तर अदालतमा आफू अनुकूल न्यायाधीश […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गोपाल पराजुली

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर राजीनामा दिनुपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सीसँग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी (राजीनामा) रहेको बताएका हुन् । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा […]

बृहत् नागरिक आन्दोलनले भन्यो- प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

१० कात्तिक, काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो । ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी […]

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस 

१० कात्तिक, काठमाडौं । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर/बायोइन्टेक खोप लगाउनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ । सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले […]

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए । मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग […]

हावाहुरीले सप्तरीमा केरा बगानमा २५ लाखको क्षति

१० कात्तिक, सप्तरी। अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए । अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो […]

शे-फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

१० कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका […]

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा […]



from समाचार – Online Khabar https://ift.tt/3vP6hTA
via IFTTT
Powered by Blogger.