समाचार
११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादको निकास खोज्ने जिम्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकै भएको बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा जानु अघिल्लो दिन बिहीबार आफू निकट नेताहरुसँग छलफल गरेका थिए । त्यसक्रममा नेताहरुले प्रधानन्यायाधीश प्रकरणमा के गर्ने भनेर सोधेका थिए । जवाफमा देउवाले ‘यो विषय प्रधानन्यायाधीश […]
११ कात्तिक, गुल्मी । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो । एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा […]
११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]
११ कात्तिक, काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका […]
११ कात्तिक, काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजनाहरु स्वीकृत गरेको छ । अक्टोबर ३१ देखि स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६)को पूर्वसन्ध्यामा नीतिगत दस्ताबेजहरु स्वीकृत गरेको हो । नेपालको राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०, हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा र […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा तीन बुँदे राय पठाएका छन् । कोरोना संक्रमण भएकाले बिहीबारको बैठकमा अनुपस्थित भूसालले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका सबै सदस्यलाई लिखित राय पठाएका थिए । तर उनले पठाएको राय बैठकको एजेण्डा नबनेको र छलफल पनि नभएको जनाइएको छ । भूसालले १० बुँदे […]
११ कात्तिक, काठमाडौं । सरकारले अघिल्लो साता बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत प्रतिपरिवार दुई लाख रुपैयाँ दिने दिने निर्णय गर्यो । एकै घरमा एक जनाभन्दा बढीको मृत्यु भएमा मृतक संख्या अनुसार थप एक लाख रुपैयाँ दिने निर्णय पनि सरकारको छ । बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितलाई थप राहत […]
११ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको दावी गरेको छ । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् । मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेजमाथि छलफल गर्न भन्दै बिहीबार […]
११ कात्तिक, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका […]
११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका […]
११ कात्तिक, काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ । अहिलेको शताब्दीको लागि आवश्यक दक्ष शिक्षकहरुको कमी देखिएकोले शिक्षकहरुलाई दक्ष बनाउने तालिम सञ्चालनको लागि यी दुई शैक्षिक संस्थाबीच शिक्षक तालिमको लागि सम्झौता भएको युलेन्स फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् । भूगोलबाट १,१९६ […]
११ कात्तिक, काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण भएर सञ्चालन भएको तीन हप्ता बितेको छैन । तर, आकाशेपुलको सुरक्षाको सन्दर्भमा प्रश्न उब्जिएको छ । काठमाडौंमा सबैभन्दा धेरै पैदलयात्रुको चाप हुने स्थानमा बनेको स्टिल स्ट्रक्चरको आकाशेपुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट कसिएको छैन । कतिपय प्लेटका ‘प्वाल (होल)हरु त्यसै खाली छाडिएका छन् । स्ट्रक्चरल इन्जिनियर डा. […]
११ कात्तिक, जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो छन् । महतोलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय […]
११ कात्तिक, काठमाडौं । तिहारको पूर्वसन्ध्यामा पाटन दरबार क्षेत्र गुलजार बनेको छ । किनमेल गर्ने र घुम्नेहरूको घुइँचो बजार क्षेत्रमा देख्न सकिन्छ । यहीबेला पाटन दरबारबाट १० मिनेट पूर्वतिर रहेको संस्कृतिविद् सत्यमोहन जोशीको घरमा भने कर्णाली–संस्कृतिको चर्चा चलिरहेको थियो । जोशीकै आँगनबाट बिहीबार ५० वर्षअघि प्रकाशित भएको ‘कर्णाली लोक संस्कृति’को पुनः प्रकाशन र विमोचन गरियो […]
११ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद सुचारु गराउन सभामुख अग्निप्रसाद सापकोटाको पहलको आवश्यकता रहेको बताए । कोरोना महामारी, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकाले संसद सुचारु गर्न सबैले सहजीकरण गर्नुपर्ने पोखरेलले […]
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको […]
११ कात्तिक, जनकपुरधाम । पाँच महिनाअघि महोत्तरीको एक सुनचाँदी पसलमा आक्रमण गरी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान छन् । पासवानसहितको समूहले गत असार ३ गते सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले सञ्चालन गरेको राजीव ज्वेलर्समा आक्रमण गरी […]
११ कात्तिक, विराटनगर । प्रदेशसभालाई नागरिकमैत्री बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बिहीबार विराटनगरमा ‘संसदको खुलापन र पारदर्शी अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले संसदका गतिविधि आम नागरिकका लागि खुला हुनुपर्ने बताए । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशलाई नागरिकमैत्री बनाउन आफूहरु सधैं तयार रहेको बताए । संसदको खुलापनका लागि पारदर्शी अभ्यास बढाएर नागरिकमैत्री बनाउने उनले […]
११ कात्तिक, काठमाडौं । सरकारले महालेखा परीक्षकको कार्यालयका दुई नायब महालेखा परीक्षकलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महेश्वर काफ्ले र बामदेव अधिकारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
from समाचार – Online Khabar https://ift.tt/2ZzJ5ww
via IFTTT