Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित

काठमाडौं । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । हालसम्म विश्वकपमा भारत […]

जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु

७ कात्तिक, सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ । चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कात्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । […]

रुग्ण बने चिलिमेका चार वटै आयोजना

७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना […]

१८ रुपैयाँको रुटमा २० रुपैयाँ भाडा, खुद्रा फिर्ता माग्नेलाई चकलेट !

७ कात्तिक, काठमाडौं । बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए । ‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले […]

विप्लव समूह र गृहमन्त्रीबीच छलफल

७ कात्तिक, काठमाडौँ । विप्लव समूहले ०७७ फागुन २० गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको छ । गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र विभिन्न घटनामा पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई कानुनसम्मत रुपमा रिहाइ गर्ने तथा मुद्दा फिर्ता अगाडि बढाउन सहमत भएका […]

पर्सामा बाल विवाह र दाइजोको विरोधमा नाटक देखाइँदै

७ कात्तिक, वीरगञ्ज । तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् । आफ्ना लागि केही चाहिन्न […]

४ वर्षपछि पुन: मतगणना हुँदा वडाध्यक्षको नतिजा उल्टियो

७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण […]

एमालेमा दुर्गा प्रसाईं : पहिले विधान महाधिवेशन प्रतिनिधि, अहिले पार्टी प्रवेश

७ कात्तिक, काठमाडौं । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् । एमाले केन्द्रीय सदस्य रवीन कोइराला भन्छन्, ‘उहाँलाई के हैसियत दिने भन्ने पछि छलफल होला, अहिले पार्टी प्रवेश गर्नुभएको छ ।’ आइतबार पार्टी प्रवेश गरेका […]

प्रदेश १ मा विश्वासको मतमाथि मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

७ कात्तिक, विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । […]

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

७ कात्तिक, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक एक साता पछि सरेको छ । विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाएका थिए । तर बैठक बस्नुअघि […]

संयुक्त राष्ट्रसंघ दिवस : शान्ति सेनाको गुणात्मक वृद्धिमा जोड

७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताइएको हो । नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. […]

सुदूरपश्चिम सरकारले बाढीपहिरोमा ज्‍यान गुमाउनेका परिवारलाई एक लाख दिने

७ कात्तिक, डोटी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरोबाट र डुबानबाट ज्‍यान गुमाउने व्‍यक्तिका परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौषमी बर्षाका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रदेश सरकारले राहात स्वरुप एक लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिइन् […]

डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

७ कात्तिक, सुर्खेत । डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल […]

सरकारले भन्यो : मध्यपहाडी लोकमार्गको निर्माण सक्न ४/५ वर्ष समय थप्नुपर्छ

७ कात्तिक, काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग २०७९/८० सम्म नसकिने बताएको छ । आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सक्ने लक्ष्य थियो । तर, ०७४/७५ मा रुट परिवर्तन गर्दै २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्यअनुसार २०७९/८० सम्ममा पनि निर्माण सम्पन्न हुने सम्भावना नरहेको भन्दै […]

हमाल नियुक्ति प्रकरण : प्रधानन्यायाधीशको दाबीमा बार आश्वस्त भएको हो ?

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग नखोजेको र गजेन्द्र हमाल आफ्नो सिफारिसमा मन्त्री नभएको दोहोर्‍याएका छन् । आइतबार विहान भएको भेटमा नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा  भागवण्डा लिएको विषय उठाएका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफ्नो पहिलो श्रीमती (हमालकी बहिनी) को २०४१ सालमा मृत्यु भएको र त्यसयता सो परिवारसँग आउजाउ नभएको […]

पैसाको कारण नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरी […]

फुलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशको निचोड : नेतृत्वले आफू जोगिन हामीलाई मोहरा बनाउन खोज्यो

७ कात्तिक, काठमाडौं । आइतबार चिया समयपछि सर्वोच्च अदालतमा कुनै पनि इजलास बस्न सकेन । असन्तुष्ट १४ न्यायाधीश एक ठाउँमा भेला भए र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको काम कारवाहीमाथि छलफल गर्न थाले । छलफल चलिरहेकै बेला प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीबीचको भेटघाट टुंगिएको र र सोमबार पूर्ण बैठक (फुलकोर्ट) बोलाई बार पदाधिकारीहरुलाई आमन्त्रण गरेको […]

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

७ कात्तिक, काठमाडौं । संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी […]

मोहन वैद्य किरण अस्पतालबा‍ट डिस्चार्ज

७ कात्तिक, काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ । दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा […]

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलन घोषणा

७ कात्तिक, जनकपुरधाम। आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम […]

‘आबुधाबी डाइलग’ मा सहभागी हुन मन्त्री श्रेष्ठ दुबई प्रस्थान

७ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ संयुक्त अरब इमिरेट्समा सोमबार शुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आइतबार दुबई प्रस्थान गरेका छन् । कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव […]



from समाचार – Online Khabar https://ift.tt/3b5DErI
via IFTTT
Powered by Blogger.