समाचार
१२ कात्तिक, काठमाडौं । धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेशी नगरपालिका-९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई […]
१२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो । महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने […]
१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी […]
१२ कात्तिक, काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण […]
१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्माननीय […]
१२ कात्तिक, काठमाडौं । गुलाब मिठाइ सुन्धारालाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित समितिले गरेको अनुगमनमा गुलाबले मिठाइ बनाउन उपभोग्य म्याद सकिएको रङ्ग प्रयोग गरेको भेटिएको हो । काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएको रङ्ग, अन्य कम्पनीले […]
१२ कात्तिक, धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेर बगरमा परिणत गरिदिएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । कात्तिक २ गते राति अविरल वर्षासँगै कर्णाली नदीको बाढी उर्लिएर आउँदा बर्दियाको राजापुर जोड्ने हुलाकी सडक बगाएर सिङ्गै रहेको वडा नम्बर–८ को सत्ती र वनगाउँलाई वारिपारि बनाइदिएको छ । कालोपत्रे गरिएको सत्ती खण्डको […]
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा शुरु भएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । आजको केन्द्रीय […]
१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ । प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको […]
१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे। तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल […]
१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको प्रचण्डको भनाइ […]
विद्युत्को महसुल जति माथि गयो, उति धेरै बढ्यो भन्ने गुनासो रहँदै आएको छ । पहिलो कुरा चाहिँ हामीले यसपटक ‘लाइफलाइन ट्यारिफ’लाई ध्यान दियौं । अब २० युनिटसम्म इनर्जी शुल्क निःशुल्क नै बनायौं । अब २० युनिटसम्म न्युनतम् चार्ज ३० रुपैयाँ तिर्दा हुन्छ । यसबाट लाभ लिने २२ लाख ग्राहक छन् । मिनिमम (डिमान्ड) चार्ज हामीले […]
१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे । राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता […]
१२ कात्तिक, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
१२ कात्तिक, काठमाडौं । दशैं अघिदेखि शुरु भएको लगानीयोग्य रकम (तरलता) संकट वित्तीय क्षेत्रमा अझै केही समय रहने देखिएको छ । ऋण लगानीमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भने कमजोर देखिदा तत्कालै तरलता अभाव टर्ने सम्भावना कम देखिएको हो । अझ नेपाल आयल निगमले १८ अर्ब रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी […]
१२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म […]
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् । […]
१२ कात्तिक, काठमाडौं । गुणस्तरहीन कामलाई प्राविधिक रूपमा स्वीकृत गर्ने, ठेक्कामा सेटिङ मिलाउने र काम सम्पन्न भएपछि पनि अल्झाएर घूस माग्ने जस्ता कामले इन्जिनियरहरू मुद्दा–मामिलामा तानिने क्रम बढेको छ । समाजमा प्रतिष्ठित मानिने इन्जिनियरहरूमा देखिएको आर्थिक विचलनको भित्री पाटो ।
१२ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा तानिएका छन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुदेखि बार र पूर्वप्रधानन्यायाधीशहरुले समेत राजीनामा मागेका बेलामा उनले अन्तर्वार्तामार्फत आफ्नो धारणा राखेका छन् । अन्तर्वार्तामा उनले आफूले तीन करोड नेपालीको प्रतिनिधित्व गर्ने भन्दै केही व्यक्तिले राजीनामा माग्दैमा नदिने बताएका छन् । प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको र सुशीला कार्कीलाई अर्काको आँखाले हेर्ने, अर्काको कानले सुन्ने व्यक्ति भएको टिप्पणीसमेत गरेका छन् ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड […]
from समाचार – Online Khabar https://ift.tt/3Cm0VSp
via IFTTT