समाचार
१२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकले ‘मार्ग परिवर्तन’ दस्तावेजलाई स्वीकृत गरेपछि संयोजक मिलन पाण्डेको प्रतिक्रिया थियो, ‘रवीन्द्र मिश्रले दोस्रो पटक पार्टी फुटाए, अब निर्वाचन आयोगमै भेट हुनेछ ।’ तर शुक्रबार संयोजक पाण्डे पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय हेर्ने हो भने विवेकशील साझा पार्टी तत्काल […]
१२ कात्तिक, काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् । प्राध्यापक संघका नौ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् । जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा. डा. कमलकृष्ण जोशी, प्रा. […]
१२ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा गरेको नेपाल आयाल निगम त्यसको ठिक एक वर्षपछि ठूलो घाटामा फसेको छ । पाक्षिक पेट्रोलियम बिक्रीबाट आयात गर्न समेत रकम अभाव भएपछि निगमले मुद्धती निक्षेपमा राखेको नाफाको रकम झिक्ने प्रक्रिया शुरु गरेको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार […]
१२ कात्तिक, गुल्मी । नौ दिनदेखि बन्द गुल्मीको रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन भएको छ । रुरुक्षेत्र गाउँपालिका-२ को साँघुरेमा अवरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोली खटाइएको हो । कात्तिकको शुरुमा भएको बेमौसमी वर्षाले सडकका विभिन्न स्थनमा ठूलो पहिरो खसेको थियो । अवरुद्ध सडक […]
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ । बिहीबारको स्थायी कमिटीले प्रस्ताव गरेको संख्यामा थप चार सय प्रतिनिधि बढाउने निर्णय केन्द्रीय कमिटीले गरेको हो । नयाँ मापदण्ड बनाउँदा सबै क्लस्टरबाट प्रतिनिधि संख्या […]
१२ कात्तिक, काठमाडौं । सरकारले कर घटाएपछि विद्युतीय (इलेक्ट्रिक) सवारीको आयात बढेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीको करमा व्यापक वृद्धि गरेपछि विद्युतीय सवारीको आयात प्रभावित भएको थियो । तर, चालु आर्थिक वर्षमा कर कम गरिएपछि विद्युतीय सवारीको दिन फर्किएको देखिएको छ । महामारीपछि विद्युतीय सवारीको उत्पादन खस्किएका बेला नेपालमा माग अस्वाभाविक […]
विद्युत्को महसुल जति माथि गयो, उति धेरै बढ्यो भन्ने गुनासो रहँदै आएको छ । पहिलो कुरा चाहिँ हामीले यसपटक ‘लाइफलाइन ट्यारिफ’लाई ध्यान दियौं । अब २० युनिटसम्म इनर्जी शुल्क निःशुल्क नै बनायौं । अब २० युनिटसम्म न्युनतम् चार्ज ३० रुपैयाँ तिर्दा हुन्छ । यसबाट लाभ लिने २२ लाख ग्राहक छन् । मिनिमम (डिमान्ड) चार्ज हामीले […]
१२ कात्तिक, वीरगञ्ज । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् । उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास […]
१२ कात्तिक, वीरगञ्ज। प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् । बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै आएकी १९ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो । यस्तै […]
१२ कात्तिक, काठमाडौं। नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो । केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको […]
१२ कात्तिक, काठमाडौं । विना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित भएका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अम्बारसिनाग विश्वास र हीरक सिन्हालाई महावाणिज्य दूत ईश्वरराज पौडेलले सम्मान गरेका हुन् । विश्वास वेष्ट बंगाल रेडियो क्लबका सचिव हुन् भने सिन्हा उच्च अदालत कोलकाताका वकिल हुन् […]
१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]
१२ कात्तिक, धनुषा। धनुषाका विद्यार्थीले प्रधानाध्यापकमाथि दुर्व्यहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजुप्रसाद साहलाई विद्यालय जाने क्रममा विद्यार्थी दुर्व्यहार भएको हो । विभिन्न माग राख्दै विद्यार्थीहरुले विद्यालयमा चार दिनदेखि ताला लगाएका थिए । सोही विषयमा विद्यालयमा नै मेयर विजय शंकर प्रसाद साहसहित हुने छलफलका लागि विद्यालय […]
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व समावेशी हुनुपर्ने माग गरिएको छ । केन्द्रीय सदस्य प्रकाश शाहले केन्द्रीय पदाधिकारी समावेशी हुनुपर्ने माग राखेका हुन् । नेपाली कांग्रेस जति पनि एमाले समावेशी बन्न नसकेको उनको भनाइ थियो । ३० सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य एक्लै हुनुले विधानबाटै समावेशी व्यवस्था गर्नुपर्ने शाहले माग […]
१२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष रवीन्द्र मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो […]
१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता […]
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए । अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले […]
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् । एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । […]
१२ कात्तिक, काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ । कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र […]
१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]
from समाचार – Online Khabar https://ift.tt/3nHIbqs
via IFTTT