समाचार
११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]
११ कात्तिक, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार […]
११ कात्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ । यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका […]
११ कात्तिक, बार्सिलोना । सात बुँदे घोषणापत्र पारित गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको विश्व भेला आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ। संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गर्दै विश्व भेला सम्पन्न भएको हो । संघका केन्द्रीय अध्यक्षकुमार पन्तले आफू भेलामा सहभागी नबन्ने र अरुलाई पनि […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दैछन् । त्यहाँ हुने साइड लाइन […]
काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल […]
काठमाडौं । बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५-० को पराकिलो अन्तरले पराजित भएको छ । सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो । हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ । मोन्चेनग्लाडबाको जितमा ब्रिल […]
काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीले रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर भने गुमाएको छ । बराबरीपछि पनि रियल १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । तर अन्य तीन टोलीको पनि समान […]
११ कात्तिक, काठमाडौँ । बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने सम्झौता-पत्रमा हस्ताक्षर गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ […]
काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो । खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके । भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले बराबरी […]
काठमाडौं । पहिलो पटक आईसीसी टी-२० विश्वकप खेलिरहेको अफ्रिकन राष्ट्र नामिबियाले सुपर १२ चरणको पहिलो खेलमै स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । लो स्कोरिङ खेलमा स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । सुपर १२ को ग्रुप २ मा रहेको नामिबियाले जितपछि एक खेलबाट २ अंक जोडेको […]
१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । खनालले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै खनालले दिएको राजीनामा प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट […]
१० कात्तिक, काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय […]
जनमत रिझाउने एजेण्डा र अडानमा आँखा चिम्लिएर उभिने एमाले यसपटक फरक भूमिकामा नदेखिनुमा भने अध्यक्ष ओली र प्रधानन्यायाधीश जबराको सम्बन्ध कारक भएको नेताहरू बताउँछन् ।
१० कात्तिक, काठमाडौं । ‘म आफ्नो मुख कोपरेर कुरूप बनाएर जानुपर्ने अवस्था आउन दिन्नँ । तपाईं (सांसदहरू) ले गौरवमय अदालत देख्न पाउनुहुनेछ । यो मेरो प्रतिबद्धता हो र यसबाट कदापि भाग्दिनँ ।’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १७ पुस २०७५ मा संसदीय सुनुवाइ समितिको बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए । तर अहिले प्रधानन्यायाधीश जबराले आफ्नो मात्रै […]
१० कात्तिक, काठमाडौं । ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । […]
१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।
१० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता गणेशराज शर्मा अधिकांश सार्वजनिक समारोहमा बारम्बार एउटै अभिव्यक्ति दोहोर्याउँदै भन्थे, ‘नियुक्त भएपछि न्यायाधीशलाई उत्तरदायित्वले यसरी थिच्छ कि उनीहरू दायाँबायाँ गर्नै सक्दैनन्, त्यसैले न्यायाधीश बन्नुअघिको उनीहरूको राजनीतिक पृष्ठभूमि आपत्तिको विषय होइन ।’ बीपी कोइरालाका वकिल समेत रहेका शर्माको १० कात्तिक २०७२ मा निधन भयो । तर अदालतमा आफू अनुकूल न्यायाधीश […]
१० कात्तिक, पोखरा । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ प्रशासकीय भवन बनाउने निर्णय गर्यो । त्यसका लागि जग्गा खोज्न वडा नम्बर १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनायो । समितिले वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गर्यो । तर […]
from समाचार – Online Khabar https://ift.tt/3vVAws7
via IFTTT