समाचार
काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल […]
काठमाडौं । बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५-० को पराकिलो अन्तरले पराजित भएको छ । सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो । हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ । मोन्चेनग्लाडबाको जितमा ब्रिल […]
काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीले रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर भने गुमाएको छ । बराबरीपछि पनि रियल १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । तर अन्य तीन टोलीको पनि समान […]
११ कात्तिक, काठमाडौँ । बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने सम्झौता-पत्रमा हस्ताक्षर गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ […]
काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो । खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके । भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले बराबरी […]
काठमाडौं । पहिलो पटक आईसीसी टी-२० विश्वकप खेलिरहेको अफ्रिकन राष्ट्र नामिबियाले सुपर १२ चरणको पहिलो खेलमै स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । लो स्कोरिङ खेलमा स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । सुपर १२ को ग्रुप २ मा रहेको नामिबियाले जितपछि एक खेलबाट २ अंक जोडेको […]
१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । खनालले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै खनालले दिएको राजीनामा प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको […]
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट […]
१० कात्तिक, काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय […]
१० कात्तिक, काठमाडौं । ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । […]
१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।
१० कात्तिक, पोखरा । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ प्रशासकीय भवन बनाउने निर्णय गर्यो । त्यसका लागि जग्गा खोज्न वडा नम्बर १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनायो । समितिले वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गर्यो । तर […]
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ […]
१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल […]
१० कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई […]
१० कात्तिक, काठमाडौं । मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने […]
१० कात्तिक, काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो । ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी […]
१० कात्तिक, काठमडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै […]
१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकालगायत तराई तथा पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले कोरोनासँग मिल्दोजुल्दो लक्षण हुने डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल आउने क्रम बढेको बताए । डा. […]
१० कात्तिक, काठमाडौं । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वावलम्बन लघुवित्त संस्था व्यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो । संगठनले श्रम सम्बन्धी कानूनले दिएको अधिकार प्रयोग गर्न बन्देज लगाउन नहुने, ट्रेड युनियन सञ्चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गर्न […]
from समाचार – Online Khabar https://ift.tt/3nARZlV
via IFTTT