Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

७ कात्तिक, काठमाडौं । संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी […]

मोहन वैद्य किरण अस्पतालबा‍ट डिस्चार्ज

७ कात्तिक, काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ । दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा […]

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलन घोषणा

७ कात्तिक, जनकपुरधाम। आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम […]

‘आबुधाबी डाइलग’ मा सहभागी हुन मन्त्री श्रेष्ठ दुबई प्रस्थान

७ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ संयुक्त अरब इमिरेट्समा सोमबार शुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आइतबार दुबई प्रस्थान गरेका छन् । कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव […]

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते

७ कात्तिक, बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुबाहक बस मोतीपुरको ओरालोमा सडकदेखि तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी घोराही नगरपालिका–१० का […]

कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्छ : भीम रावल

७ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको पहिचानलाई विश्वसामु पुर्‍याउन नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिबारे केही पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा दुःख लाग्ने गरेको बताए । रावलले देशको पहिचान मेटाएर आफ्नो […]

बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा विदेशी नागरिक पक्राउ

७ कात्तिक, कास्की। विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको आरोपमा प्रहरीले क्यानेडियन नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय क्‍यानेडियन नागरिक रोबर्ट किन्कले रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचनाको आधारमा किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ […]

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘प्रवेश कार्यक्रम चाँडै हुन्छ । पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ गुरुङले भने । उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत […]

४ वर्षपछि पुन: मतगणना हुँदा वडाध्यक्षको नतिजा उल्टियो

७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण […]

लगानी बोर्डको रणनीतिक योजना : ५ वर्षभित्र १० खर्ब बराबरको लगानी भित्र्याउने

७ असोज, काठमाडौं । आगामी ५ वर्षभित्र १० खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने लक्ष्यसहित लगानी बोर्डले पाँच वर्षे रणनीतिक योजना तथा व्यवसायिक योजना (२०२१–२०२६) तयार पारेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार संस्थागत संरचना मजवुत बनाउँदै मुलुकमा लगानी विस्तार गर्न रणनीतिक योजना बनाइएको जानकारी दिए । उनका अनुसार रणनीतिक तथा व्यवसायिक […]

ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यका आधारमा आलोचना गर्न सुझाव दिएका छन् । शनिबार वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले पटक-पटक मिति थप गर्दा पनि कांग्रेसले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । ओलीको आलोचनाको जवाफमा आइतबार कांग्रेस प्रवक्ता शर्माले भने, […]

माधव नेपाललाई एमालेले फेरि लिँदैन : केपी ओली

७ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापा पुगेका ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका हुन् । ‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि […]

खोप नलगाएकाभन्दा लगाएका व्यक्तिको अन्य स्वास्थ्य समस्याबाट मृत्यु हुने सम्भावना कम : अध्ययन

७ कात्तिक, काठमाडौं । कोभिड-१९ विरुद्धको खोप नलगाएकाभन्दा लगाएका व्यक्तिले अन्य स्वास्थ्य समस्याबाट ज्यान गुमाउने सम्भावना कम हुने हालैको एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को वेभसाइटमा शुक्रबार प्रकाशित एक रिपोर्टमा अन्य स्वास्थ्य समस्याबाट खोप नलगाएका व्यक्तिको तुलनामा खोप पाएका व्यक्तिले ज्यान गुमाउने सम्भावना कम हुने उल्लेख छ । […]

सामाजिक विभेद रुचाउनेले माओवादीको विरोध गरे : प्रचण्ड

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने, उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका टिप्पणी गरेका छन् । आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले पूर्वअर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन […]

गैंडाको खागसहित दुई जना पक्राउ

७ कात्तिक, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको दूधकोशी गाउँपालिका-६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका-१ का २८ वर्षीय दीपक गोतामेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम […]

बेपत्ता आयोगले जारी गरेको ‘द्वन्द्वपीडित’ परिचय पत्र देखाएर सिंहदरबार प्रवेश पाइने

७ कात्तिक,  काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश गर्न दिने सहमति बनेको हो । आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश […]

थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त

७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो […]

गुणस्तरीय र द्रूत विकासका लागि कानुनी बाधा छ : मन्त्री यादव

७ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले द्रूत विकासका लागि कानुन बाधक बनेको टिप्पणी गरेकी छन् । आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बाढी पहिरोले क्षति पुर्‍याएका सडक तथा पुलहरुको अवस्थाका विषयमा छलफल गर्न आयोजित बैठकमा मन्त्री यादवले निर्माण तथा खरीदको बोलपत्रसम्बन्धी कानुनी व्यवस्था विकासको बाधक भएको बताएकी हुन् । ‘काम […]

चन्द्रागिरि नगरपालिकामा १ अर्ब लगानीमा प्रसूति अस्पताल बन्‍ने

७ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रु. एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार […]

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

७ कात्तिक, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ । फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक […]

रुग्ण बने चिलिमेका चार वटै आयोजना

७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना […]



from समाचार – Online Khabar https://ift.tt/3jvTReH
via IFTTT
Powered by Blogger.