Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पार्टी नेतृत्वले महाधिवेशन गर्न ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

७ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए । चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने उनको भनाइ छ । ‘सभापति र पदाधिकारीले पार्टीलाई […]

इलाममा प्रधानमन्त्रीले भेटे बाढीपहिरोबाट मृतकको परिवार

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित सुदूरपश्चित क्षेत्रको भ्रमण गरेका थिए, आइतबार भने उनी पूर्वतर्फ गएका हुन् । आइतबार प्रदेश […]

अफगानिस्तानमा मानव अधिकारको रक्षा गर्न शान्ति समाजको माग

७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यान जानुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले आइतबार बुटवलमा गरेको प्रदर्शनमा  समाजका सभापति गोविन्द खनालले अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै त्यहाँका नागरिकको मानव अधिकारमाथि प्रश्न उठेको बताए । अफगानिस्तानमा मानवअधिकारको रक्षा र शान्ति कायम […]

अफगानिस्तानमा मानव अधिकारको रक्षा गर्न शान्ति समाजको माग

७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले बुटवलमा गरेको प्रदर्शनमा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै त्यहाँका नागरिकको मानव अधिकारमाथि प्रश्न उठेको बताए । अफगानिस्तानमा मानवअधिकारको रक्षा र शान्ति कायम […]

मुख्यमन्त्रीमा आलोपालो हुनुपर्छ : राजीव कोइराला

७ कात्तिक, विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म […]

माटोको ढिस्कोले पुरिएर ५ वर्षीया बालिकाको मृत्यु

७ कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी ५ वर्षीया छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ । अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको […]

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

७ कात्तिक, बुटवल । रुपन्देहीमा एम्बुलेन्ससँग ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक […]

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको पनि माग

७ कात्तिक, विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक […]

कपुरकोट दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

७ कात्तिक, सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए । आइतबार विहान करीब ७: ५० बजेतिर भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

७ कात्तिक, काठमाडौं ।  भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं ३-०२-०१७ प ७९४२ नं को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका-५ छालङका सुरज तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूर्ण शनिबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका […]

टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

७, कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, […]

धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

७ कात्तिक, जनकपुरधाम । प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा […]

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन

७ कात्तिक, काठमाडौं । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

फ्लोरक्रस गर्ने सूचनाले तरङ्ग, बैठक रोक्न कांग्रेसको निवेदन

७ कात्तिक, विराटनगर । नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ । प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको छ । […]

टाउकाको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागूऔषध तस्कर पक्राउ

७, कात्तिक, काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ परेका छन् । शनिबार प्रहरीले गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको हो । ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका […]

बढ्यो सुन-चाँदीको मूल्य

७ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका […]

मखमली मौसम (फोटो फिचर)

७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् । गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल […]

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते

७ कात्तिक, सल्यान । सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो । गम्भीर घाइते भएका अन्दाजी ३५ […]

वडाध्यक्ष अधिकारीको निधन

७ कात्तिक, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि […]

तालिबानप्रति सकारात्मक बन्दै भारत

७ कात्तिक, काठमाडौं । तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर हालसम्म अन्तर्राष्ट्रिय समुदायले नयाँ तालिबान सरकारलाई मान्यता दिएको छैन । वैधता र मान्यता पाउनुपूर्व तालिबानले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने अमेरिका लगायतका मुलुकले बताउँदै आएका छन् । नेटो गठबन्धनसँगको २० वर्षे युद्धपछि पुन: सत्तामा आएको तालिबानले अन्तर्राष्ट्रिय समर्थन र वैधताका लागि प्रयास […]

बागलुङमा खोलामा बगेर बालक बेपत्ता, एक जनाको शव भेटियो

७ कात्तिक, बलेवा (बागलुङ) । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन- ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् । उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास […]



from समाचार – Online Khabar https://ift.tt/2ZogWsO
via IFTTT
Powered by Blogger.