समाचार
१० कात्तिक, काठमडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै […]
१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकालगायत तराई तथा पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले कोरोनासँग मिल्दोजुल्दो लक्षण हुने डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल आउने क्रम बढेको बताए । डा. […]
१० कात्तिक, काठमाडौं । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वावलम्बन लघुबित्त संस्था व्यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो । संगठनले श्रम सम्बन्धी कानुनले दिएको अधिकार प्रयोग गर्न बन्देज लगाउन नहुने, ट्रेड युनियन सञ्चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गर्न […]
१० कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबान पीडित धान कृषकलाई प्रति हेक्टर ९० हजार रुपैयाँ राहतको प्रस्ताव गरेको छ । क्षतिको अन्तिम विवरण प्राप्त भएपछि वितरण गर्नेगरी राहत उपलब्ध गराउने प्रस्तावमा सहमति भएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो । बाढी, पहिरो र डुबानका कारण किसानले व्यहोरेको क्षति र […]
१० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माथिल्लो तहबाटै व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाब आफूमाथि आउने गरेको बताएका छन् । माथिल्लो तहबाट शैक्षिक प्रणाली सुधार्ने भन्दा पनि विभिन्न समूहका व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको उनको भनाइ छ । सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा […]
१० कार्तिक, बुटवल। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो । अस्पतालका […]
१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो । नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा […]
१० कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ । […]
१० कात्तिक, सुर्खेत । सल्यानको कुमाख गाउँपालिका–२ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ । दुर्घटना भएको जीप […]
१० कात्तिक, काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।
१० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन महिनाभित्र पार्टीका सबै कमिटी गठन गरिसक्न अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । त्यसका लागि जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुबीच संघीय र प्रदेश निर्वाचन क्षेत्र हेर्नेगरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अपानिमा उल्लेख छ । एकीकृत समाजवादीले गत असोज ५–७ मा बसेको पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ […]
१० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]
जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।
१० कात्तिक, सिरहा । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका-५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० […]
१० कात्तिक, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो । उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद […]
१० कात्तिक, काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको छ । सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो । नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन् । […]
१० कात्तिक, जाजरकोट। नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो […]
१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा […]
१० कात्तिक, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै […]
१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्यामा संलग्न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ ललितपुर महानगरपालिका-९ बस्दै आएका २४ वर्षीय जय सिंगार रहेका छन् । उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले २०७६ साल साउन २४ गते […]
१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा […]
from समाचार – Online Khabar https://ift.tt/3ml3Wgm
via IFTTT