समाचार
८ कात्तिक, विराटनगर । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो । […]
८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
८ कात्तिक, डोटी। असोज ३१ गतेदेखि आएको अविरल बर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ । बेमौसमी बर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट आएको पहिरोका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा झण्डै 2 सय ५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो। लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो […]
८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]
८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]
८ कात्तिक, काठमाडौं । सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको […]
८ असोज, काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले […]
८ कात्तिक, काठमाडौं । काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ । उक्त सूचना अनुसार काठमाडौं […]
८ कात्तिक, काठमाडौं। ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौं महानगरपालिकाले एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको शिलान्यास गरे । पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ […]
८ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैले योगदान गर्नुपर्ने बताएका छन् । समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने उनको दाबी छ । विज्ञापन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री […]
८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा मान्छेको बाँच्ने आशा बढेको छ भन्दा अत्युक्ति हुँदैन । यति ठूलो महामारीमा समेत मानिसले बाँच्नकै लागि अनेक तरहको संघर्ष गर्यो । कोही शहर छाडेर गाउँ गए, कोही एकदिन पनि घरबाट बाहिर ननिस्की बसे । शहरमा घरभित्र बस्दा भो खान नपाउनेहरू सडकमै निस्केर आफ्नो भोक मेटाउन उद्यत देखिए । […]
८ कात्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फाइजर खोप भन्दा फाइजर खोप के […]
८ कात्तिक, पाँचथर। फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना […]
८ कात्तिक, काठमाडौं । फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई संयुक्त रुपमा भेट्ने भएका छन् । नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलमा भोलि साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो । प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरु विहानैबाट छलफलमा जुटेका थिए । स्रोतका […]
८ कात्तिक, कैलाली । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्वीर सञ्चार माध्यममा हाल्दिनु पर्यो, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो । आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्वीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव […]
८ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनिस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो । युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए । ‘नेपाल प्राकृतिक […]
८ कात्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्तिक १ […]
८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार खाजा समय अघिसम्म इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरबाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन् । उनले आफ्ना लागि भने इजलास तोकेका छैनन् […]
८ कात्तिक, काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल […]
८ कात्तिक, काठमाडौं। चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]
८ कात्तिक, धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम […]
from समाचार – Online Khabar https://ift.tt/3nsh4Q4
via IFTTT