Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन […]

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

९ कात्तिक, कास्की । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी […]

एसिडपीडित मुस्कान खातुनलाई प्रदेश-२ सरकारद्वारा पुनः ५ लाख सहयोग

९ कात्तिक, जनकपुरधाम । दुई वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । […]

सिरहामा वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद

९ कात्तिक, जनकपुरधाम । सिरहामा एक जना वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ । सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए […]

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ । उनीहरुबीच न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल भएको हो । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ । सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा […]

प्रदेश-२ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस

९ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ । राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी दुबै विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न […]

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीको अध्यक्षमा पराजुली

९ कात्तिक, बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीषमगर (रुपन्देही), उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके) र […]

धापासीको कुरकुरे गोदाममा प्रशासनको छापा

९ कात्तिक, काठमाडौं। म्‍याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको को आधारमा काठमाडौंको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ । धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख बराबरको सामान बरामद गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ […]

सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलायो, ७ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै […]

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या

९ कात्तिक, विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ […]

निकास नदिए न्यायपालिकालाई थप क्षति पुग्छ : न्यायाधीश समाज

९ कात्तिक, काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ । न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको […]

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने […]

समाचार ! समाचार !! समाचार !!!

हिजो हो कि अस्ति टि्वटरको टाइमलाइनमा टहल्दै थिएँ, एकजना प्रतिष्ठित अर्थशास्त्री नूरिअल रौबिनीले ‘वालस्ट्रिट जर्नल इकोनोमिक्स’ को एउटा आर्टिकल रि-टि्वट गरेका रहेछन् । आर्टिकलको हेडलाइनमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले अर्थतन्त्रको पूर्ति पक्षका बाधाहरूले मुद्रास्फीतिको जोखिमलाई अझै बढाइरहेको उल्लेख छ । आर्टिकल भित्र गएर हेर्दा शुरुमै सब्स्क्राइब गर् भन्छ । ‘स्पेशल […]

प्रधानन्यायाधीश विवादबारे ओलीले भने- एमालेलाई गुटबन्दीमा पस्नु छैन

९ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्षधरता नलिने बताएका छन् । सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् […]

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

सर्वोच्च अदालतकै न्यायाधीशहरूको सामूहिक निष्कर्ष- प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ । ‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ सर्वोच्च अदालत उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तपाईंबाट अब […]

पाँचथरमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो, ३ जना अझै बेपत्ता

९ कात्तिक, पाँचथर । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी […]

टिकट नपाउँदा हुम्ला विमानस्थलबाटै फिर्ता भए बिरामी

९ कात्तिक, सिमकोट (हुम्ला) । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा […]

नेकपा एकीकृत समाजवादी लुम्बिनीमा कार्यविभाजन

९ कात्तिक, बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख […]

पाल्पाली ढाकाको नाममा मेसिनबाट उत्पादित कपडा बेच्दा व्यवसायी मारमा

९ कात्तिक,रामपुर (पाल्पा) । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो-कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन […]

प्रधानन्यायाधीशले अन्तरिम आदेश दिए, भाइले ऋण लिए

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अन्तरिम आदेशबाट पद थमौती गरिदिएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले मातहतको शाखामा निर्देशन दिएर प्रधानन्यायाधीशका भाइ प्रभु शम्सेरलाई कानूनको आधारभूत पक्ष समेत पालना नगरी ऋण दिलाएको भेटिएको छ । 



from समाचार – Online Khabar https://ift.tt/2ZmyW6Z
via IFTTT
Powered by Blogger.