समाचार
८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]
८ कात्तिक, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश […]
८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन ५ चैत २०७८ भित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री देउवालाई भेटेर आयोग पदाधिकारीहरुले राष्ट्रियसभा सदस्यका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तयारीबारे छलफल गरेको छ । बालुवाटारमा भएको भेटमा आयोग पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन चैत ५ भित्र गरिसक्नुपर्ने बाध्यता रहेको […]
८ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)को ठूलो भर्याङ कार्यालय स्थानान्तरण गर्ने तयारी गरिएको छ । पाँच वर्षदेखि नागार्जुन नगरपालिका–१० मा भाडाको घरमा यातायात कार्यालय सञ्चालन हुँदै आएको थियो । आगामी पुस महिनामा करार अवधि सकिन लागेपनि कार्यालयले नवीकरण गरेको छैन । कार्यालय स्थानान्तरणका लागि नयाँ घर खोजिएपछि स्थानीयहरुले कार्यालय स्थानन्तरण […]
८ कात्तिक, काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् । नेपालको न्यायपालिकाको इतिहासमा नै अभूतपूर्व चिन्ताजनक वातावरण देखिएको भन्दै उनीहरुले यो परिस्थितिको अविलम्ब पटाक्षेप हुनुपर्ने बताएका छन् । […]
८ कात्तिक, दाङ । गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य […]
८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका कार्यपालिका बैठकले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वडा नम्बर १६ का […]
८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा मान्छेको बाँच्ने आशा बढेको छ भन्दा अत्युक्ति हुँदैन । यति ठूलो महामारीमा समेत मानिसले बाँच्नकै लागि अनेक तरहको संघर्ष गर्यो । कोही शहर छाडेर गाउँ गए, कोही एकदिन पनि घरबाट बाहिर ननिस्की बसे । शहरमा घरभित्र बस्दा भो खान नपाउनेहरू सडकमै निस्केर आफ्नो भोक मेटाउन उद्यत देखिए । […]
८ कात्तिक, डोटी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण डोटीमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–१ का बिरे रोकाया, वडा नम्बर ४ […]
८ कात्तिक, काठमाडौं । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पक्की पुल गत वैशाखमा निर्माण सम्पन्न भयो । तीन वर्षमा सक्ने गरी २०७१ असार ३० ठेक्का लगाइएको उक्त पुल ७ वर्ष लगाएर पूरा त भयो तर सञ्चालनमा भने आउन सकेन । १५ करोड ११ लाख ३५ हजार लागतको १९२ मिटर लामो पक्की पुलको धादिङतर्फको क्षेत्रमा […]
८ असोज, काठमाडौं । विदेशबाट भित्रने रेमिट्यान्स यस वर्ष मूख्य सिजनमा नै घटेको छ । दशैं अघि विदेशबाट हरेक वर्ष ठूलो मात्रामा रेमिट्यान्स भित्रने गरेको थियो । हरेक वर्ष दशैंको बेला वृद्धि हुने रेमिट्यान्स यस वर्ष भने घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार दशैं अघिको महिना अर्थात भदौमा […]
८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो तीन महिनामै ६५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन–असोजसम्म कुल ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै […]
८ कात्तिक, काठमाडौं । महाधिवेशनबारे कायम अन्यौलताबारे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो । ‘महाधिवेशन गराउने जिम्मेवारी निर्वाचन समितिको हो तर पार्टीको सहयोग नभई समितिले मात्रै सम्भव हुँदैन,’ समिति सदस्य तेज रावलले भने, ‘अधिवेशन […]
८ कात्तिक, काठमाडौं । कोरोना महामारीबीच पनि वायुमण्डलमा पृथ्वीको तापमान बढाउने ग्यासको मात्रा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार गत वर्ष तापमान बढाउने ग्यासको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको हो । विगत १० वर्षको अवधिमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा वार्षिक औसतभन्दा बढी दरले बढेको बीबीसीले जनाएको छ […]
८ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय […]
८ कात्तिक, कर्णाली (सुर्खेत) । मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका-४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा छन् । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उनको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ । सोही वडाका लालबहादुर सार्की र […]
८ कात्तिक, काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय […]
८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलमा पक्राउ परेका ११ अफगानी नागरिकलाई अध्यागमन विभागमा बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाइएको डीआईजी धिरज प्रताप सिंहले बताए । ’11 जना अफगानी अवैध रुपमा नेपाल प्रवेश गरकेाले अध्यागमन ऐन अनुसार कारबाही अगाडी बढ्नेछ।’ डीआईजी सिंहले भने । […]
८ असोज, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका […]
८ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा गरेका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । उनका अनुसार मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । निगमका अध्यक्ष घिमिरेले यसअघि नै राजीनामा […]
८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित […]
from समाचार – Online Khabar https://ift.tt/3GninbG
via IFTTT