Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । खनालले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै खनालले दिएको राजीनामा प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको […]

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाने, यस्तो छ भ्रमण तालिका

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट […]

गृह मन्त्रालयका १३ उपसचिवको काज सरुवा

१० कात्तिक, काठमाडौं । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय […]

२० महिनापछि कोरिया जान पाए ‘प्रतिवद्ध श्रमिक’, परीक्षा पास गरेकाहरु अन्योलमै

१० कात्तिक, काठमाडौं । ईपीएस प्रणालीमार्फत फेरि नेपाली श्रमिक कोरिया जान शुरु गरेका छन् । पहिलो चरणमा कोरियाले ११९ जना ‘प्रतिवद्ध श्रमिक’ लिने गरी निर्णय गरेअनुसार बुधबार ४८ जना श्रमिक कोरिया उडेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । […]

एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।

पोखरा महानगरको भवनमा स्थानीयको विरोध, भन्छन्- भवन होइन, पार्क बनाऊ

१० कात्तिक, पोखरा । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ प्रशासकीय भवन बनाउने निर्णय गर्‍यो । त्यसका लागि जग्गा खोज्न वडा नम्बर १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनायो । समितिले वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गर्‍यो । तर […]

कांग्रेस निर्वाचन समितिको प्रस्ताव : १४ औं महाधिवेशन २७ मंसिरदेखि

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ […]

एन्फासँग नयाँ सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल […]

५९ सांसदको समर्थनसहित बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी

१० कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।  पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई […]

मंसिरदेखि विजुलीको भाउ घट्दै, २० युनिटको ३० रुपैयाँमात्रै

१० कात्तिक, काठमाडौं । मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने […]

बृहत् नागरिक आन्दोलनले भन्यो- प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

१० कात्तिक, काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो । ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी […]

स्वास्थ्यमा प्रतिकूल हुने खाद्यवस्तु नबेच्न व्यापारीलाई प्रशासनको निर्देशन

१० कात्तिक, काठमडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै […]

डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकालगायत तराई तथा पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले कोरोनासँग मिल्दोजुल्दो लक्षण हुने डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल आउने क्रम बढेको बताए । डा. […]

स्वावलम्बन लघुवित्तका कर्मचारीहरु ८० दिनदेखि आन्दोलनमा

१० कात्तिक, काठमाडौं । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वावलम्बन लघुवित्त संस्था व्‍यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्‍दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो । संगठनले श्रम सम्बन्धी कानूनले दिएको अधिकार प्रयोग गर्न बन्‍देज लगाउन नहुने, ट्रेड युनियन सञ्‍चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गर्न […]

बेमौसमी वर्षा पीडित किसानलाई प्रतिहेक्टर ९० हजार रुपैयाँ राहत प्रस्ताव

१० कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षापछिको बाढी, पहिरो र डुबान पीडित धान कृषकलाई प्रति हेक्टर ९० हजार रुपैयाँ राहतको प्रस्ताव गरेको छ । क्षतिको अन्तिम विवरण प्राप्त भएपछि वितरण गर्नेगरी राहत उपलब्ध गराउने प्रस्तावमा सहमति भएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो । बाढी, पहिरो र डुबानका कारण किसानले व्यहोरेको क्षति र […]

व्यक्तिगत चाहना पूरा गर्न राजनीतिक दबाब आउन थाल्यो : मन्त्री पौडेल

१० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माथिल्लो तहबाटै व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाब आफूमाथि आउने गरेको बताएका छन् । माथिल्लो तहबाट शैक्षिक प्रणाली सुधार्ने भन्दा पनि विभिन्न समूहका व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको उनको भनाइ छ । सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा […]

२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी

१० कार्तिक, बुटवल। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो । अस्पतालका […]

ओलीलाई देउवाको जवाफ : परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले […]

अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ : प्रधानमन्त्री देउवा

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा […]

रेसुङ्गामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो । नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा […]

नेपाल बारले भन्यो : केही दिन सुनुवाइ स्थगित हुनसक्छ, धैर्यधारण गरौं

१० कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/3ClvR5n
via IFTTT
Powered by Blogger.