समाचार
१० कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ । […]
१० कात्तिक, सुर्खेत । सल्यानको कुमाख गाउँपालिका–२ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ । दुर्घटना भएको जीप […]
१० कात्तिक, काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।
१० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन महिनाभित्र पार्टीका सबै कमिटी गठन गरिसक्न अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । त्यसका लागि जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुबीच संघीय र प्रदेश निर्वाचन क्षेत्र हेर्नेगरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अपानिमा उल्लेख छ । एकीकृत समाजवादीले गत असोज ५–७ मा बसेको पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ […]
१० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]
जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।
१० कात्तिक, सिरहा । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका-५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० […]
१० कात्तिक, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो । उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद […]
१० कात्तिक, काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको छ । सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो । नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन् । […]
१० कात्तिक, जाजरकोट। नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो […]
१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा […]
१० कात्तिक, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै […]
१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्यामा संलग्न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ ललितपुर महानगरपालिका-९ बस्दै आएका २४ वर्षीय जय सिंगार रहेका छन् । उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले २०७६ साल साउन २४ गते […]
१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा […]
१० कात्तिक, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल […]
१० कात्तिक, धनगढी । कैलालीमा नेकपा एकीकृत समाजवादीसँगको विवादका कारण नेकपा एमालेको नगर पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिकाको नगर पार्टी कार्यालय आफ्नो दाबी गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि भएको विवादले झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले तत्काल कसैले पनि प्रयोग गर्न नपाउने गरी कार्यालय नियन्त्रणमा लिइएको जनाएको छ […]
१० कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ । बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित […]
१० कात्तिक, काठमाडौं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ-आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ । त्यस्तै, कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । […]
१० कात्तिक, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा […]
१० कात्तिक, कञ्चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना थारु गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो । गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका राना थारुको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज […]
१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश लोकसेवा आयोग ऐन संशोधन गरेको छ । प्रदेशसभा सञ्चालन नभएकाले अध्यादेशमार्फत दोस्रो पटक संशोधन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा आयोग ऐन–२०७५ संशोधन गर्न बनेको अध्यादेश–२०७८’ जारी गरेका हुन् । प्रदेश सरकारले कात्तिक ७ गते ऐन संशोधन […]
from समाचार – Online Khabar https://ift.tt/3EkHbPx
via IFTTT