समाचार
८ कात्तिक, फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो । वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक […]
८ कात्तिक, खोटाङ । जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको […]
८ कात्तिक, तम्घास । गुल्मीको इस्मा गाउँपालिका-६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काटे । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो । लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही कात्तिक […]
८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ । विश्व ओमकार एकता महाभियानको आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् । सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक […]
८ कात्तिक, पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा. अनुप गुरुङले घरायसी समस्यालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ । २०७६ फागुन २३ मा नियुक्त गुरुङले कात्तिक ५ गते राजीनामा दिएका थिए । राजीनामा पत्रमा […]
८ कात्तिक, काठमाडौं । चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि कानून बनाएको यो पहिलो पटक हो । चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको […]
८ कात्तिक, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो । उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन […]
८ कात्तिक, गुल्मी । गुल्मीका ७ वटा वडामा नेकपा (एमाले)को अधिवेशन भएको छैन । जिल्लाका ९३ वडाहरू मध्ये ७ वटा वडामा वडा अधिबेशन हुन नसकेको नेकपा (एमाले) गुल्मीमा उपसचिव धर्म विश्वकर्माले जानकारी दिए । वडाअधिवेशन हुँन बाँकी रहेका वडाहरुमा मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र सत्यवति गाउँपालिकाका केही वडामा अधिवेशन हुँन बाँकी रहेको बिश्वकर्माले […]
काठमाडौं । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । हालसम्म विश्वकपमा भारत […]
७ कात्तिक, सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ । चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कात्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । […]
७ कात्तिक, काठमाडौं । ‘अरु लेनदेन त टाढाको कुरा, अहिलेसम्म केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवासँग प्रत्यक्ष भेटेको छैन । नेतृत्वले प्रमुख दलका नेताहरुसँग उठबस, पदको सौदाबाजी र भागवण्डा गर्यो भन्दैमा अदालतमा बसेर न्याय निरुपण गर्ने म जस्ता न्यायाधीशले पनि सेटिङ र मिलेमतोको आरोप खेप्नुपर्ने ?’ सर्वोच्च अदालतका १४ जना न्यायाधीश किन एकाएक […]
७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना […]
७ कात्तिक, काठमाडौं । बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए । ‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले […]
७ कात्तिक, काठमाडौँ । विप्लव समूहले ०७७ फागुन २० गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको छ । गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र विभिन्न घटनामा पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई कानुनसम्मत रुपमा रिहाइ गर्ने तथा मुद्दा फिर्ता अगाडि बढाउन सहमत भएका […]
७ कात्तिक, वीरगञ्ज । तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् । आफ्ना लागि केही चाहिन्न […]
७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण […]
७ कात्तिक, काठमाडौं । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् । एमाले केन्द्रीय सदस्य रवीन कोइराला भन्छन्, ‘उहाँलाई के हैसियत दिने भन्ने पछि छलफल होला, अहिले पार्टी प्रवेश गर्नुभएको छ ।’ आइतबार पार्टी प्रवेश गरेका […]
७ कात्तिक, विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । […]
७ कात्तिक, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक एक साता पछि सरेको छ । विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाएका थिए । तर बैठक बस्नुअघि […]
७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताइएको हो । नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. […]
७ कात्तिक, डोटी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरोबाट र डुबानबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौषमी बर्षाका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रदेश सरकारले राहात स्वरुप एक लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिइन् […]
from समाचार – Online Khabar https://ift.tt/3vE9XYt
via IFTTT






















