समाचार
११ कात्तिक, महोत्तरी । महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले बिहीबार बिहान नक्कली नोटसहित पक्राउ गरेको हो । यसअघि असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार […]
११ कार्तिक, बुटवल। रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्टको उद्घाटन गर्दै मन्त्री थारुले कोरोना […]
११ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक […]
११ कात्तिक, काठमाडौं । माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको छ । फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’लाई निषेध गर्ने […]
११ कात्तिक, काठमाडौं । भक्तपुरको विद्यार्थी निकेतन माविको प्राङ्गणमा विभिन्न पुरातात्विक अवशेषहरु भेटिएको छ । पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण […]
११ कात्तिक, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति अध्यक्ष केपी शर्मा ओलीसँग नभएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्ने […]
११ कात्तिक, दमक । झापाको गौरादह- १ स्थित भित्रीपक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका-६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो । बुधबार राति भएको दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ […]
११ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका छन् । उनले विहीबार ३ जना थुनुवाको मुद्दा पेशी तोकेका छन् । साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी […]
११ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम […]
११ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौं विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेश आइडियाका लागि रकम उपलब्ध […]
११ कात्तिक, काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् । मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्। अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई […]
११ कात्तिक, विराटनगर । यमपञ्चक सुरु भइसकेको थियो । अन्तजस्तै कानेपोखरी-४ (साविक बयरवन-६) मा पनि तिहारको माहोल थियो । किनमेलका लागि भन्दै २४ वर्षीय सुनिल धिमाल दोहमना बजार गएका थिए । बजारबाट फर्किंदै गर्दा बाटोमा नेपाली सेनाको टोलीले उनलाई नियन्त्रणमा लिएर बेपत्ता बनायो । कारण उनी माओवादी आन्दोलनमा लागेका थिए र सुरक्षाकर्मीको ‘हिटलिस्ट’मा थिए । […]
११ कात्तिक, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा […]
११ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए । समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार […]
११ कात्तिक, बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ […]
११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधकै बीच बैठक दिउँसो एक बजे बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने […]
हिन्दुहरूको महान् चाड विजयादशमीलाई बिदा गरेर अर्को ठूलो चाड तिहारको प्रतीक्षामा रहेका छौं । दशैंको तुलनामा चहलपहल (शहरबजारमा किनमेल गर्नेको भीड र शहरबाट गाउँ फर्कने लहर) केही कम हुने देखिए तापनि तिहारमा पनि आर्थिक कारोबारमा भने खासै कमी हुँदैन । अधिकांशले तिहारका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो दशैंमा नै गर्ने भएका कारण पनि तिहारमा […]
११ कात्तिक, बुटवल । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् । नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ […]
११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]
११ कात्तिक, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार […]
from समाचार – Online Khabar https://ift.tt/3jMpzEm
via IFTTT