समाचार
१० कात्तिक, काठमाडौं । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ […]
१० कात्तिक, काठमाडौं । अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । श्रेष्तेदार बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ […]
१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस […]
कस्तो अक्कासे रैछ ! पश्चिम पहाडको गाउँले परिवेशमा बाल्यकाल बिताउनुभएको भए तपाईंका दाइ-दिदी, बुबा-आमा, हजुरबा-हजुरआमा, काका-काकीले प्रकटमा अलिकति रिसाएर तर भित्रभित्र शायद आहृलादित हुँदै बोलेको यो वाक्य तपाईंका कानमा पटक-पटक ठोक्कियो कि ? ठोक्किएन भने मेरा दुई थोपा आँसु स्वीकार्नोस् किनभने तपाईं साह्रै ‘ज्ञानी’ बालक हुनुहुँदोरहेछ । चराचुरूङ्गी जस्तो फुर्रफुर्र गर्दै ‘उड्ने’ एउटा उमेर हुन्थ्यो […]
१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थियो । बागमती प्रदेशको मुख्यमन्त्री […]
१० कात्तिक, काठमाडौं । विहानको ३ बज्नै लाग्दा जुरुक्क उठ्यो । अनि मर्दी भ्यू प्वाइन्टतिर खुट्टा लम्किन्छ । एक हातमा १५ लिटरको पानीको गिलेन अर्को हातमा चियाको पोको । पदयात्रीहरु मर्दी हिमालतिर लम्कदै गर्दा बिच बाटोमै उछिन्यो । पदयात्रीहरु भ्यू क्याम्प पुग्दा तातो चिया तयार भइसकेको हुन्छ । मर्दी हिमाल रुटको हाई क्याम्पमा बस्ने टंक […]
‘कृषि मुलश्च: जीवनम्’ अर्थात् जीवनको मूल आधार नै कृषि हो । यसमा कुनै शंका छैन । आदि मानवहरूले अनाजलाई काँचै खान्थे । पछि प्राकृतिक प्रकोप हुँदा आगोको उत्पत्ति भयो । आगोमा पोलेको अन्न खाँदा स्वादिष्ट भयो । यसैले गर्दा अन्न पोलेर, उसिनेर वा पकाएर खाने चलनको विकास भयो । हरेक मानवको लागि चाहिने आवश्यक खाना कृषिबाटै […]
१० कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक सुडानमा सत्तापलट भएको छ । सोमबार भएको ‘कु’पछि प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सैनिक ‘कु’ लगत्तै सडकमा पुन: विरोध प्रदर्शन सुरु हुन थालेको छ । रोइटर्सका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच […]
काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ […]
९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेटे । र, राजीनामा दिएर समाधानको बाटो खोज्न सुझाव दिएका छन् । सोझै राजीनामा भन्ने शब्द प्रयोग नगरेका उनीहरुले ‘न्यायपालिकाको गरिमा र मर्यादा कायम राख्नका लागि निकास दिन’ भन्ने शब्दावली प्रयोग गरेका छन् । नेतृत्वकै राजीनामा मागेका उनीहरुले त्यसको आधार र औचित्य […]
९ कात्तिक, काठमाडौं । राजीनामा दिन चौतर्फी दबाव दिनेहरुलाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले मंगलबार जवाफ फर्काएका छन्, ‘प्रधानन्यायाधीश नियुक्त गर्ने र हटाउने संवैधानिक प्रक्रिया छ । त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर सडकबाट दबाव दिएर हट्नुपर्छ भन्न जानु अराजकता हो, गैरसंवैधानिक हो । यो मलाई पटक्कै स्वीकार्य छैन ।’ करिव तीन वर्षअघि ठीक […]
९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । र राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘…वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ […]
९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अनुपस्थित रहेका तीन न्यायाधीशहरुले अरु न्यायाधीशहरुले सुरुवात गरेको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अनि खप्तड भ्रमणमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले इमेलमार्फत न्यायाधीशहरुको अभियानमा ऐक्यवद्धता जनाएका हुन् । ‘ईश्वर श्रीमानले हामी सबैजनालाई इमेल लेखेर तपाईंहरुले शुरु गरेको शुद्धीकरण अभियानमा भौतिक […]
९ कात्तिक, काठमाडौं । सँधै लुगा किन्ने ग्राहकको भिड हुने मंगलबजार हौगलको ‘कृष्ण पाटी’ मंगलबारबाट खाली छ । करिब डेढ वर्ष वर्ष पुरानो ऐतिहासिक यो फल्चा वर्षौंदेखि दुई जना व्यापारीको कब्जामा थियो । तर, मंगलबारबार ललितपुर नगरपरहरीले हस्तक्षेप गरेर पाटीको पसलहरू हटाएको छ । सँधै रेडिमेड लुगाले ढाकिने पाटी मंगलबजारबाट आफ्नो वास्तविक स्वरुपमा देखिन थालेको […]
न्यायपालिकाको नेतृत्व गर्न नसकेको र न्यायिक गरिमा कायम गर्न नसकेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि राजीनामाको माग आएपछि विवाद उठेका सबै न्यायाधीशले ‘राजीनामा दिनुपर्ने’ भनेर विषयाान्तर गर्न खोजिएको छ । ९ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्वमा बसेर आधारभूत मूल्यमान्यताको समेत पालना गर्न नसकेको निष्कर्षसहित सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर ‘न्यायपालिकाको […]
९ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका-१० का उमेशप्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङको लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । उनी २०५७ सालदेखि अस्थायी दरबन्दीमा गणित विषय पढाइरहेका थिए । २०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी […]
९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले छठी माताको महिमा झल्कने सिक्का ल्याउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै कांग्रेस पर्साले यस्तो माग गरेको हो । कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मंगलबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र पठाएको सचिव श्याम पटेलले जानकारी दिए […]
९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ । त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् । तिहार नजिकिने बेलामा माटाको पालाको […]
९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले […]
from समाचार – Online Khabar https://ift.tt/3bbXZvE
via IFTTT