समाचार
९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो । सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु […]
९ कात्तिक, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् निराजन सापकोटाले बताए । उनले भने, […]
९ कात्तिक, बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुर्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘फुल खेल्दै […]
९ कात्तिक, चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् । ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । […]
९ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र […]
९ कात्तिक, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको […]
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]
९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन […]
९ कात्तिक, कास्की । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी […]
९ कात्तिक, जनकपुरधाम । दुई वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । […]
९ कात्तिक, काठमाडौं । ‘विधानको व्यवस्था अनुसार महाधिवेशन गर्न नसकेर थपिएको ६ महिनामा पनि घिसिपिटी गर्ने लोकतान्त्रिक पार्टी पनि छ यो मुलुकमा’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसप्रति गरेको व्यंग्य हो यो । शनिबार भर्चुअल माध्यमबाट एमालेको वडा अधिवेशन उद्घाटन गर्ने क्रममा ओलीले गरेको यो व्यंग्य यतिबेला कांग्रेसभित्र […]
९ कात्तिक, जनकपुरधाम । सिरहामा एक जना वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ । सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए […]
९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ । उनीहरुबीच न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल भएको हो । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ । सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा […]
९ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ । राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी दुबै विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न […]
९ कात्तिक, बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीषमगर (रुपन्देही), उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके) र […]
९ कात्तिक, काठमाडौं। म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको को आधारमा काठमाडौंको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ । धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख बराबरको सामान बरामद गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ […]
९ कात्तिक, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै […]
९ कात्तिक, विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ […]
९ कात्तिक, काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ । न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको […]
९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने […]
हिजो हो कि अस्ति टि्वटरको टाइमलाइनमा टहल्दै थिएँ, एकजना प्रतिष्ठित अर्थशास्त्री नूरिअल रौबिनीले ‘वालस्ट्रिट जर्नल इकोनोमिक्स’ को एउटा आर्टिकल रि-टि्वट गरेका रहेछन् । आर्टिकलको हेडलाइनमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले अर्थतन्त्रको पूर्ति पक्षका बाधाहरूले मुद्रास्फीतिको जोखिमलाई अझै बढाइरहेको उल्लेख छ । आर्टिकल भित्र गएर हेर्दा शुरुमै सब्स्क्राइब गर् भन्छ । ‘स्पेशल […]
from समाचार – Online Khabar https://ift.tt/3GpFJx4
via IFTTT