Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सर्वोच्चमा अनुपस्थित ३ न्यायाधीशको सन्देश : हामी तपाईंहरुको साथमा छौं

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अनुपस्थित रहेका तीन न्यायाधीशहरुले अरु न्यायाधीशहरुले सुरुवात गरेको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अनि खप्तड भ्रमणमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले इमेलमार्फत न्यायाधीशहरुको अभियानमा ऐक्यवद्धता जनाएका हुन् । ‘ईश्वर श्रीमानले हामी सबैजनालाई इमेल लेखेर तपाईंहरुले शुरु गरेको शुद्धीकरण अभियानमा भौतिक […]

वर्षौंपछि कृष्णपाटी भयो खुला, हटे अतिक्रमित पसलहरू

९ कात्तिक, काठमाडौं । सँधै लुगा किन्ने ग्राहकको भिड हुने मंगलबजार हौगलको ‘कृष्ण पाटी’ मंगलबारबाट खाली छ । करिब डेढ वर्ष वर्ष पुरानो ऐतिहासिक यो फल्चा वर्षौंदेखि दुई जना व्यापारीको कब्जामा थियो । तर, मंगलबारबार ललितपुर नगरपरहरीले हस्तक्षेप गरेर पाटीको पसलहरू हटाएको छ । सँधै रेडिमेड लुगाले ढाकिने पाटी मंगलबजारबाट आफ्नो वास्तविक स्वरुपमा देखिन थालेको […]

शिक्षण छाडेर कृषिमा लागेका उमेशलाई पहिलो गाँसमै ढुंगा !

९ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका-१० का उमेशप्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङको लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । उनी २०५७ सालदेखि अस्थायी दरबन्दीमा गणित विषय पढाइरहेका थिए । २०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी […]

छठी माताको महिमा झल्कने सिक्का ल्याउन कांग्रेस पर्साको माग

९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले छठी माताको महिमा झल्कने सिक्का ल्याउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै कांग्रेस पर्साले यस्तो माग गरेको हो । कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मंगलबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र पठाएको सचिव श्याम पटेलले जानकारी दिए […]

तिहारका लागि धमाधम बन्दैछ माटाको पाला (फोटो फिचर)

९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ । त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् । तिहार नजिकिने बेलामा माटाको पालाको […]

ओलीले मागे परमादेश दिने पाँच न्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले […]

ओलीको शक्ति घट्यो, संकट उस्तै

झण्डै दुई तिहाइ नजिकको संसदीय बहुमतको सरकार अनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गुमाउनुबाहेक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र शक्ति सन्तुलन मिलाउनुपर्ने संकटमा कुनै फेरबदल छैन ।

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । […]

कांग्रेसमा महाधिवेशनको सकस : मिति तोकिन्छ तर हुँदैन

९ कात्तिक, काठमाडौं । ‘विधानको व्यवस्था अनुसार महाधिवेशन गर्न नसकेर थपिएको ६ महिनामा पनि घिसिपिटी गर्ने लोकतान्त्रिक पार्टी पनि छ यो मुलुकमा’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसप्रति गरेको व्यंग्य हो यो । शनिबार भर्चुअल माध्यमबाट एमालेको वडा अधिवेशन उद्घाटन गर्ने क्रममा ओलीले गरेको यो व्यंग्य यतिबेला कांग्रेसभित्र […]

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने […]

वीरगञ्जमा सवारी दुर्घटनामा परी महिलाको मृत्यु

९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परी मंगलबार एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । वीरगञ्ज–१६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५/६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । घटना स्थलबाट प्रहरीले उद्धार […]

प्रधानन्यायाधीश जबरा पदमा बसिरहे न्याय सम्पादन क्षतविक्षत हुन्छ : शम्भु थापा

९ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानन्यायाधीश जबराले गरेका काम न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने बताए । कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजीनाको पक्षमा रहेको उनको भनाइ छ । […]

‘न धानमा दाना लाग्ने भो, न बारीको कोदो नै रह्यो’   

९ कात्तिक, बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुर्‍याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘फुल खेल्दै […]

न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो […]

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरण : यत्रो चर्चा हुनुपर्ने विषय नै थिएन

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धुलिखेलमा चढेको जिपलाइनबारे नकारात्मक टिप्पणी भएकामा असन्तुष्टि जनाए । ‘म एक रातका लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि यहाँ चढ्न रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढे । नेपाली जनताले बुझ्ने कुरा हो’ चितवनमा पत्रकारसँगको कुराकानीमा उनले भने । देश बाढीपहिरोमा डुबेको […]

प्रचण्डको टिप्पणी : एमालेले मलाई कति धेरै महत्व दिने रहेछ !

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् । आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको भन्दै प्रचण्डले यसले आफूलाई फाइदा पुग्ने बताएका हुन् । ‘उहाँहरुले यहाँ महाधिवेन गरेर मलाई विजयी बनाउने सुरुवात गर्नुभएको छ भन्ने लागेको […]

नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

९ कात्तिक, काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा […]

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

रुपन्देहीको विभिन्‍न स्थानबाट ३ लाख बराबरको पटाका बरामद

९ कात्तिक, रुपन्देही। रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न वडाबाट ३ लाख ३ हजार ८ सय बराबरको अवैध रुपमा ल्‍याइएका पटाका बरामद गरेको छ। जिल्लाका विभिन्‍न इकाइ प्रहरीहरुले कात्तिक ८ र ९ गते आ आफ्नो वडाबाट अवैध रुपमा ल्याइएका पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । उनका […]

चीनमा बर्डफ्लूको त्रास, २१ जना संक्रमित भेटिएपछि विज्ञहरु चिन्तित

९ कात्तिक, काठमाडौं । चीनमा बर्डफ्लूबाट संक्रमित हुने मानिसको संख्या बढ्न थालेपछि विज्ञहरु चिन्तित हुन थालेका छन् । यो वर्ष चीनमा बर्डफ्लूबाट संक्रमित हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ । गत वर्ष केबल पाँच जनामा बर्डफ्लू देखिएको थियो । तर यो वर्ष एच५एन६ नामक बर्डफ्लूको प्रजातिबाट २१ जना संक्रमित भएको छ । सन् […]

प्रधानन्यायाधीशमाथि महाअभियोगबारे छलफल भएको छैन : प्रचण्ड

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएका छन् । मंगलबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको बताए । ‘गठबन्धनमा त्यस्तो छलफल भएको छैन, हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै […]



from समाचार – Online Khabar https://ift.tt/3mgQqub
via IFTTT
Powered by Blogger.