समाचार
१२ कात्तिक, काठमाडौं । सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा […]
१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् । जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ […]
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदै छन् । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ […]
१२ कात्तिक, काठमाडौं । डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै जितेको […]
११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादको निकास खोज्ने जिम्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकै भएको बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा जानु अघिल्लो दिन बिहीबार आफू निकट नेताहरुसँग छलफल गरेका थिए । त्यसक्रममा नेताहरुले प्रधानन्यायाधीश प्रकरणमा के गर्ने भनेर सोधेका थिए । जवाफमा देउवाले ‘यो विषय प्रधानन्यायाधीश […]
भीम रावलको राजीनामा यस्तो बेलामा आएको छ, जतिबेला उनको शक्ति सम्पूर्ण रुपमा क्षीण भएको छ, शक्तिका स्रोतहरु तितरबितर भएका छन् । पछिल्लो राजनीतिक घटना क्रममा ओलीसँग सम्झौता गरेर एमालेमै रहेका रावलसँग विगतमाझै शक्तिको स्रोतका रुपमा न माधव नेपाल छन्, न सुदूरपश्चिम ।
११ कात्तिक, गुल्मी । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो । एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा […]
११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]
११ कात्तिक, काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका […]
११ कात्तिक, काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजनाहरु स्वीकृत गरेको छ । अक्टोबर ३१ देखि स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६)को पूर्वसन्ध्यामा नीतिगत दस्ताबेजहरु स्वीकृत गरेको हो । नेपालको राष्ट्रिय अनुकुलन योजना २०२१–२०५०, हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्याढाँचा र […]
११ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको भन्दै उसले जबरालाई हटाउने भए महाअभियोग ल्याउनुपर्नेतर्फ संकेत गरेको छ । बिहीबार एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयमा गुटबन्दी र चरम अराजकता देखिएको बताए । न्यायाधीशहरुको […]
११ कात्तिक, काठमाडौं । नाराबाजीबाट शुरु भएको संघीय संसद (प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं) अधिवेशन नाराबाजीमै सकिएको छ । २३ भदौ २०७८ मा शुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधको नीति लियो । पहिलो दिन नै एमालेले ‘पार्टीका १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले समयमै नटाँसेको’ भनी प्रश्न उठायो र यसबारे […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा तीन बुँदे राय पठाएका छन् । कोरोना संक्रमण भएकाले बिहीबारको बैठकमा अनुपस्थित भूसालले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका सबै सदस्यलाई लिखित राय पठाएका थिए । तर उनले पठाएको राय बैठकको एजेण्डा नबनेको र छलफल पनि नभएको जनाइएको छ । भूसालले १० बुँदे […]
११ कात्तिक, काठमाडौं । सरकारले अघिल्लो साता बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत प्रतिपरिवार दुई लाख रुपैयाँ दिने दिने निर्णय गर्यो । एकै घरमा एक जनाभन्दा बढीको मृत्यु भएमा मृतक संख्या अनुसार थप एक लाख रुपैयाँ दिने निर्णय पनि सरकारको छ । बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितलाई थप राहत […]
११ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको दावी गरेको छ । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् । मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेजमाथि छलफल गर्न भन्दै बिहीबार […]
११ कात्तिक, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका […]
११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका […]
११ कात्तिक, काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ । अहिलेको शताब्दीको लागि आवश्यक दक्ष शिक्षकहरुको कमी देखिएकोले शिक्षकहरुलाई दक्ष बनाउने तालिम सञ्चालनको लागि यी दुई शैक्षिक संस्थाबीच शिक्षक तालिमको लागि सम्झौता भएको युलेन्स फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् । भूगोलबाट १,१९६ […]
११ कात्तिक, काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण भएर सञ्चालन भएको तीन हप्ता बितेको छैन । तर, आकाशेपुलको सुरक्षाको सन्दर्भमा प्रश्न उब्जिएको छ । काठमाडौंमा सबैभन्दा धेरै पैदलयात्रुको चाप हुने स्थानमा बनेको स्टिल स्ट्रक्चरको आकाशेपुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट कसिएको छैन । कतिपय प्लेटका ‘प्वाल (होल)हरु त्यसै खाली छाडिएका छन् । स्ट्रक्चरल इन्जिनियर डा. […]
from समाचार – Online Khabar https://ift.tt/3BmTwkp
via IFTTT