Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस 

१० कात्तिक, काठमाडौं । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर/बायोइन्टेक खोप लगाउनुपर्ने सिफारिस गरेको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ । सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले […]

हावाहुरीले सप्तरीमा केरा बगानमा २५ लाखको क्षति

१० कात्तिक, सप्तरी। अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए । अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो […]

शे-फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

१० कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका […]

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा […]

ओलीलाई देउवाको जवाफ : परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले भने, परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले […]

अजबैजानका नुर्लान र सदिकले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

१० कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रबाट लिग खेल्न नेपाल आएका हुन् । मछिन्द्रले दुवै खेलाडी बुधबार काठमाडौं आइपुगेको जनाएको छ । ए […]

अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ : प्रधानमन्त्री देउवा

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा […]

प्रधानन्यायाधीश जबराले हेर्न थाले मुद्दा

१० कात्तिक, काठमाडौं । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशहरूले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफू भने इजलासमा बसेका छन् । जबराले बुधबार संवैधानिक र आफ्नो एकलसहित १२ वटा इजलास गठन गरेका थिए । अरु इजलासका न्यायाधीश नआए पनि जबराले एकल इजलास राखेका छन् र अदालतको अवहेलना, बन्दी प्रत्यक्षीकरण र कालोबजार तथा अन्य केही कसुर […]

पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत हस्तान्तरण

१० कात्तिक, कालिकोट । कालिकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु.दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका-४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका-७ का २३ वर्षीय […]

सुडानका प्रधानमन्त्री नजरबन्द मुक्त, कडा सुरक्षाबीच घर फर्किए

१० कात्तिक, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् । सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित […]

डोटी, अछाम र बाजुरामा औषधि अभाव

१० कात्तिक, डोटी। एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ । यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या […]

चीनबाट १० लाख डोज खोप नेपाल आइपुग्यो

१० कात्तिक, काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो […]

९४ तोला चाँदीसहित मोरङबाट एकजना पक्राउ

१० कात्तिक, मोरङ। मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ […]

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

१० कात्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । बुधबार […]

मुलुकलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा छ : अध्यक्ष बस्नेत

१० कात्तिक, काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । बुधबार तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले युवाहरुको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आर्थिक समृद्धिमा पनि युवाहरुको आवश्यकता औंल्याएका हुन् । ‘हाम्रो पटकपटकको […]

काठमाडौं प्रहरी प्रमुख सरुवा : गृहको निर्णय बालुवाटारले उल्ट्यायो !

१० कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ । सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा […]

गाडीको ठक्करबाट निलगाईको मृत्यु

१० कात्तिक, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक […]

नेपाली फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले  गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् । दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा […]

मकवानपुर, सप्तरी र महोत्तरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

१० कात्तिक, काठमाडौं । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ […]

रुकुमको सोती घटना : आजबाट साक्षीको बकपत्र सुरु

१० कात्तिक, काठमाडौं । अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । श्रेष्तेदार बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ […]

एमाले पालिका अधिवेशन : दाङ र पाल्पाका २० पालिकामा सर्वसम्मत

१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]



from समाचार – Online Khabar https://ift.tt/3mpIXJn
via IFTTT
Powered by Blogger.