Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

१२ कात्तिक, बझाङ । वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट-गोलाइ-सुतिया-मालुमेला-झनाना सडक र भाँडेबगर-मेल्लेख-नौरा-चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ । केदारस्युँ-१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथीभेरा-१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक […]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका सभामुखबीच भेटवार्ता

१२ कात्तिक, काठमाडौं। स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहकी सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध […]

ललितपुर महानगरमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने

१२ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिइने जनाएको छ । खोप कार्यक्रम कात्तिक १४ गतेदेखि […]

ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो युथ भिड्ने

१२ कात्तिक, काठमाडौं । नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरेको हो । यही कात्तिक २९ गतेदेखि हुने लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब […]

सवारीको ठक्करबाट नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

१२ कात्तिक, काठमाडौं । धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेशी नगरपालिका-९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई […]

वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गरिँदै

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो । महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने […]

महोत्तरीमा बोक्सोको आरोपमा पुरुषमाथि कुटपिट, एकजना पक्राउ

१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी […]

थप अढाई लाखले भरे लाइसेन्स फारम, प्रणालीमा दैनिक १५ लाखपटक प्रवेशको प्रयास

१२ कात्तिक, काठमाडौं । सोमबारबाट शुरु भएको यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली बिहीबार बन्द भयो । प्राविधिक समस्या देखिएपछि विभागले अनलाइन प्रणाली बन्द गर्नुपर्‍यो । प्रणालीमा एकैपटक ठूलो संख्यामा ‘भिजिटर’ आएपछि सिस्टम नै सुस्त हुन पुगेको छ । यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार एकै दिनमा प्रणलीमा १५ लाखपटक ‘हिट’ भएको छ । अर्थात् […]

बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट (भिडियो)

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता […]

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने

१२ कात्तिक, काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण […]

चितवन राजनीतिको कुरुक्षेत्र बन्दैछ : प्रचण्ड

१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय […]

काठमाडौंमा बजार अनुगमन : गुलाब ब्राण्डलाई २ लाख रुपैयाँ जरिवाना

१२ कात्तिक, काठमाडौं । गुलाब मिठाइ सुन्धारालाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित समितिले गरेको अनुगमनमा गुलाबले मिठाइ बनाउन उपभोग्य म्याद सकिएको रङ्ग प्रयोग गरेको भेटिएको हो । काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएको रङ्ग, अन्य कम्पनीले […]

बाढीले टीकापुरमा हुलाकी सडकलाई बगर बनायो, सर्वसाधारणलाई सास्ती

१२ कात्तिक, धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेर बगरमा परिणत गरिदिएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । कात्तिक २ गते राति अविरल वर्षासँगै कर्णाली नदीको बाढी उर्लिएर आउँदा बर्दियाको राजापुर जोड्ने हुलाकी सडक बगाएर सिङ्गै रहेको वडा नम्बर–८ को सत्ती र वनगाउँलाई वारिपारि बनाइदिएको छ । कालोपत्रे गरिएको सत्ती खण्डको […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा शुरु भएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । आजको केन्द्रीय […]

नेपाल बारको बैठक जारी, आन्दोलन घोषणा गर्ने तयारी

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।  सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ । प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको […]

मादल बनाउने पेशा संकटमा

१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे। तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल […]

प्रचण्ड भन्छन् : मलाई डेढ लाखको खाटमा सुत्यो भनियो, ओलीले त करोडौंको सामान ल्याएका रहेछन्

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएको तर ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौं करोडौंको सामान ल्याएर प्रयोग गरेको प्रचण्डको भनाइ […]

‘नयाँ महसुलले इन्डक्सन प्रयोग बढाउँछ, विद्युतको शुल्क घटाउँदै जाने हो’

विद्युत्को महसुल जति माथि गयो, उति धेरै बढ्यो भन्ने गुनासो रहँदै आएको छ । पहिलो कुरा चाहिँ हामीले यसपटक ‘लाइफलाइन ट्यारिफ’लाई ध्यान दियौं । अब २० युनिटसम्म इनर्जी शुल्क निःशुल्क नै बनायौं । अब २० युनिटसम्म न्युनतम् चार्ज ३० रुपैयाँ तिर्दा हुन्छ । यसबाट लाभ लिने २२ लाख ग्राहक छन् । मिनिमम (डिमान्ड) चार्ज हामीले […]

आर्मी सेमिफाइनलमा

१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे । राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता […]

माधव नेपालको प्रस्ताव- खर्च धेरै भयो, सबै चुनाव एकैपटक गरौं

१२ कात्तिक, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]



from समाचार – Online Khabar https://ift.tt/3mx9Aw1
via IFTTT
Powered by Blogger.