समाचार
९ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा पर्ने भोडाहा–खमवा सडक नबन्दा सर्वसाधरण मर्कामा परेका छन् । ७ किलोमिटर सडक ठेक्का लागेको पाँच वर्ष बितिसक्दा समेत नबनेको स्थानीय बताउँछन् । ०७३/७४ सालमा टेन्डर भएको सडक नबन्दा सर्वसाधरणलाई आवागमनमा समस्या रहेको सवरदिनाका गणेश यादव बताउँछन् । ‘सवरदिनाका बालबालिका भोडाहा पिलुवा, मनहर्वा पढ्न जान्छन् । स्कुल बस गाउँसम्म […]
९ माघ, काठमाडौं । डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख […]
९ माघ, काठमाडौं । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्यो । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल […]
९ माघ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६:५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर […]
९माघ, काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ । बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रब्ाार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी […]
९ माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँदैछ । यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको थियो । मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका […]
९ माघ, काठमाडौं । कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय तत्काल फिर्ता लिन किसानसम्बद्ध १८ वटा संघ संस्थाले सरकारलाई आग्रह गरेको छ । सरकारी निर्णय नसच्चिए सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने नीति संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्य सम्प्रभुताको व्यवस्था प्रतिकूल भएको समेत उनीहरुको […]
९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् रामजी । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र […]
९ माघ, काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटमा आज पनि सुनुवाइ हुन सकेन । शुक्रबारका लागि पेसी तोकिएका रिटहरू स्थगनमा परेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले चाहेको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका थिए । त्यही अध्यादेशको आधारमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभाका […]
९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विकसित घटनाक्रमले आर्थिक सुधारका कार्यक्रममा नकारात्मक असर नपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुअल बैठकमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो बनाएका हुन् । बिहीबार भएको बैठकमा कोषद्धारा प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे छलफल भएको अर्थ […]
९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको पाइएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ । संसद विघटनविरुद्ध परेका रिटहरुमाथि बिहीबार बहसका क्रममा […]
९ माघ, झापा । झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । झापाको दमक नगरपालिका-८ सेतुमारी सडकखण्डबाट मोरङको रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० वर्षीय राजकुमार गनगाई पक्राउ परेका हुन् । उनीहरुको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद भएको झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले […]
९ माघ, काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) लगेर रोजगारी दिलाउने भन्दै सिराहाका ९ युवकलाई अलपत्र पारेपछि गत पुस २० गते वैदेशिक रोजगार विभागले बेबीस्टार इन्टरनेसनल प्रालिमा छापा पार्यो । त्यहाँ कागजात फेला नपरेपछि अनुगमन टोलीले अलपत्र युवालाई राखिएको गौशालाको रोयल सिराहा होटल एण्ड गेष्ट हाउस पुगेर भिजिट भिसा लागेका २ वटा पासपोर्ट […]
९ माघ, काठमाडौं । काठमाडौंको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ । कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ । समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला […]
९ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बागमती प्रदेशमा सत्तारुढ नेकपाको कुन समूहसँग सत्ता साझेदारी गर्ने भन्ने अझै टुंगो लगाउन सकेन । नेकपा विभाजनसँगै प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । तर दुबै समूहसँग बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्छ, उसको बहुमत पुग्ने अवस्था छ । प्रदेशमा […]
९ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् । प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्राको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गरे । ‘उहाँले जनताको […]
९ माघ, काठमाडौं । दश वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरिएको […]
९ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित रहेको बताए । लोकतन्त्रलाई धरापमा पार्दै प्रतिगमनतिर लम्केर नै ओलीले संसद […]
९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले […]
९ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसबमा पनि भाग्यमानी २ जनाले भने ११÷११ […]
९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । ‘चुनाव […]
from समाचार – Online Khabar https://ift.tt/394JDNh
via IFTTT