Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीको पहिचान […]

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : ४-५ दिनमै सरकार ढल्छ

१८ जेठ, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ता र नेकपा अध्यक्ष प्रचण्डलाई फर्काएको जवाफलाई प्राथमिकताका साथ छापेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसको जवाफ ओलीले दिल्लीबाटै दिएका छन् । ओलीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो कार्यकाल […]

डडेल्धुरामा साढे दुई हजार बढीले अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित

१८ जेठ, डडेल्धुरा । डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित रहेका छन् । २०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराा अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार हालसम्म २ […]

अष्ट्रियाको भ्रमण सकेर उपराष्ट्रपति स्वदेश फर्किँदै

१८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ […]

नयाँ बजेटको प्राथमिकताः पुरानै लक्ष्य र योजना

१७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको पुरानै नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका योजनालाई आधार मानेको नयाँ बजेट ल्याउने बताएको छ । प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका अधिकांश कार्यक्रम र लक्ष्यलाई आत्मसात गरेर नयाँ बजेट ल्याउने बताएका हुन् । ‘चालु आर्थिक वर्षलाई प्रादेशिक […]

चिउरा अड्किएर बालकको ज्यान गयो, स्कुलमा लापरवाही गरेको आरोप

१७ जेठ, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर बालकका आफन्तले भने समयमै अस्पताल नपुर्‍याउनु विद्यालयको लापरवाही मान्छन् । मकालु मोरङ स्कुलको कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालक आर्यन माझीको मृत्यु भएको हो । घटना मंलगबारको हो […]

बाबुराम र उपेन्द्रको दावी : अबको चुनावमा पहिलो शक्ति

१७ जेठ, बुटवल । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन् । पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे । समाजवादी […]

विकास समितिमा ‘ठेकदार’ सांसदमाथि घोचपेच !

१७ जेठ, काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनका सम्बन्धमा छलफल चल्दै थियो । त्यसक्रममा निर्माण व्यवसायी पृष्ठभूमिका सांसद जीपछिरिङ लामाले सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीको विरोध गरे । ‘यहाँ मन्त्रीज्यू हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल ज्यु हुनुहुन्छ । यहाँहरुमार्फत सरकारलाई केही […]

सप्तरीमा हात्ती आतंकबारे प्रदेश सांसदको चासो

१७ जेठ, जनकपुरधाम । सप्तरीमा हात्तीले व्यापक क्षति गर्न थालेपछि प्रदेश सांसदहरुले यसबारे चासो व्यक्त गरेका छन् । प्राकृतिक स्रोत तथा वातावरण समितिमा आबद्व प्रदेश सांसदहरुले कोशी टप्पु वन्यजन्तु आरक्ष पुगी हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् । सांसदहरुको टोली शुक्रबार कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीसँग हात्ती आतंकको बिषयमा जानकारी लिएका हुन् । […]

लेबी बुझाउन जनप्रतिनिधिलाई राजपाको पुनः निर्देशन

१७ जेठ, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई तत्काल लेबी बुझाउन पुनः निर्देशन दिएको छ । यसअघि दिएको निर्देशन पालनामा अटेरी भएको भन्दै राजपाले पुनः निर्देशन दिएको हो । राजपाको जेठ १४ देखि १६ गतेसम्म बसेको अध्यक्ष मण्डल बैठकले लेबी संकलन गरी पार्टी कोषमा जम्मा गराउन निर्देशन दिएको छ […]

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, विमानस्थलमा पत्रकारसँग बोलेनन्

१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो । प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार […]

नाकाबन्दीका योजनाकारलाई किन बनाइयो विदेशमन्त्री ?

१७ जेठ, काठमाडौं । ०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउँदा विदेशसचिव रहेका एस जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले आफ्नो दोस्रो कार्यकालमा विदेश मन्त्री बनाएका छन् । ५८ सदस्यीय मन्त्रिमण्डलमा जयशंकर मात्रै गैर–राजनीतिक पृष्ठभूमिका मन्त्री हुन् । उनले लोकसभा निर्वाचन लडेका थिएनन् । विनाशकारी भूकम्पले थिल्थिलो भएका बेला भूपरिवेष्ठिट छिमेकीमाथि लगाइएको नाकाबन्दी गलत थियो भनेर भारतमै […]

भरतपुरको अस्पताल रोडमा डोजर चल्यो

१७, जेठ, चितवन । भरतपुर अस्पताल रोड अगाडि रहेका सटरले सडक मिचेर संरचना निर्माण गरेको भन्दै भत्काउन भरतपुर महानगरपालिकाले डोजर चलाएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेका तथा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले भाडामा लगाएका सटरले सटरभन्दा अगाडिसमेत आई विभिन्न संरचना खडा गरी व्यापार गर्दै आएका थिए । प्रहरीकै सटर अगाडि बसेर मनलाग्दी ढंगले […]

वेरोजगारलाई खैरहनी नगरपालिकाले काम दिने

१७, जेठ चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका बेरोजगारहरुलाई काम दिने भएको छ । नगरपालिकाको वेरोजगार सूचीमा सूचीकृत भएका व्यक्तिलाई सार्वजनिक विकास निर्माणको काममा सहभागीता गराउने योजना नगरपालिकाले अगाडि सारेको छ । त्यसका लागि नगरपालिकाले स्थायी वसोवास गर्ने सम्वन्धित वडामा गई नाम दर्ता गर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए […]

सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन् ?

१६ जेठ, काठमाडौं । नेपाली सेनाले २०७५ सालमा दुई हजार ९१६ क्याडेटका लागि दर्खास्त आह्वान गर्दा ७७३ जना मात्र छनौट परीक्षामा उत्तीर्ण भए । यो संख्या मागभन्दा ८० प्रतिशत कम हो । लेखा, मेडिकल, सिग्नल, चालक लगायतका लागि गरिएको दरखास्त आह्वानमा आवेदक संख्या पनि ११ हजार ९३१ मात्र थियो । त्यसअघि २०७४ सालमा सेनाले चार […]

निर्मला पन्तको हत्यारा बालुवाटारमै छ : शेखर कोइराला

१७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’ कार्यक्रममा बोल्दै […]

समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति पाउँदैन : मन्त्री महासेठ

१७ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले समयमा काम नसक्ने ठेकदारको ठेक्का सम्झौता खारेज गर्ने बताएका छन् । शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा उनले विकास निर्माणमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद नियमावली सशोधन गरिएको भन्दै समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति नपाउने बताएका हुन् । ‘नेपाल सरकार, सम्बन्धित विभागको निर्देशन नमान्ने, राजनीतिक पावरका […]

कांग्रेस र कम्युनिस्टलाई विश्राम गर्न दिनुपर्छ : बाबुराम भट्टराई

१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नरहेको दावी गरेका छन् । कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनताले चाहेको समृद्धि र सुशासन प्राप्त नहुने तर्क गरे । ‘कांग्रेस […]

कांग्रेसले गर्‍यो सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सांसदलाई ६ करोड बाँड्ने योजनाको विरोध गरेको छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला पूर्वाधार विकास कोष सुरु भएको थियो । स्थानीय जनप्रतिनिधि नभएकाले यो कार्यक्रम सुरु गरिएको भन्दै कांग्रेसले अहिले आवश्यक नभएको बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘छाया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालले भने, ‘यो बेलामा […]

नेपालका कम्युनिस्ट पनि इतिहास बन्न सक्छन् : उपेन्द्र यादव

१७ जेठ, बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार अग्नि परीक्षामा रहेको बताएका छन् । संसारभरिबाट कम्युनिस्टहरु बढारिएको र भारतमा हालै सम्पन्न चुनावमा बीउ पनि नरहेको उदाहरण दिदै यादवले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र विभेदमा परेकालाई न्याय दिन नसके नेपालमा पनि कम्युनिस्ट इतिहासमै सीमित हुने दावी गरे । ‘संसारभरी कम्युनिस्ट […]

गाडी भाडाको विषयमा चालकबाटै कुटिए यात्रु

१७ जेठ, कैलाली । धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक […]



from समाचार – Online Khabar http://bit.ly/30Vpmnm
via IFTTT
Powered by Blogger.