समाचार
७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । […]
७ असार, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारवाही गरेको छ । होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर […]
७ असार, काठमाडौं । वन तथा भू-संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, […]
७ असार, काठमाडौं । संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो […]
७ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काएपछि विस्थापित भएका १६ परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न ६ दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ समाजवादी पार्टीसहितका ६ दलका नगर समितिले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गरेका हुन् । उनीहरुले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म मस्जिद निर्माणको […]
एउटा नाटकभित्र के-के अटाउन सक्छ ? ‘क्लेशा’ मा धेरै कुरा अटाएको छ । हाँसो, रोदन, आक्रोश, कुण्ठा, द्वन्द्व, संयोग, बियोग आदि । पञ्चायतकालिन कथा हो यो । सामन्ती परिवारको युवकले सामान्य परिवारकी युवतीसँग प्रेम गर्छ । पेट बोकाउँछ । र, अन्त्यमा धोका दिन्छ । बदलाको भावमा युवतीको दाजुले युवकको भाउजु भूमीलाई अपहरण गर्छ । भूमीका […]
७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले सनिबार राजधानीमा गरेको अन्र्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलनसम्बन्धी नीति तर्जुमा गर्न असफल भएको बताउका हुन् । छुवाछुतसम्बन्धी विद्यमान ऐन देखाउनका लागि मात्रै ल्याइएको उनको टिप्पणी छ । […]
७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टर संस्कृति बढे कानुनी राज्यको उपहास हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले प्रहरीलाई कुनै पनि अभियुक्त पक्राउ परेपछि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइन्न भन्ने लागेपछि इकाउन्टर गर्ने क्रम बढेको बताएका हुन् । उनले भने, ‘इन्काउन्टर सजिलो उपाय रहेछ […]
बार्सिलोना । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी […]
८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ । हामी कुरा गर्दैछौं, सोलुखुम्बु जिल्लास्थित पिके डाँडाको । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिन्छ पिके डाँडा । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर […]
नयाँ वर्ष ०७६ को कार्यक्रम । बैशाख ७ गते । (२०१९ अप्रिल २०) हामी अमेरिका थियौँ । तर, सबै झकिझकाऊ नेपालका थिए, नेपालका पोष्टर टाँसिएका थिए । हाम्रा बालबालिका अंग्रेजीमा कुरा गरिरहेका थिए । तर, मञ्चमा उभिएर तिनीहरुले नै नेपालको राष्ट्रिय गाना गाए । अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाल दिवस मनाउने परम्परा सन् २०१७ बाट सुरु […]
७ असार, काठमाडौं । वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई […]
७ असार, काठमाडौं । सुनको मूल्यले बिहीबार र शुक्रबार लगातार नयाँ रेकर्ड राख्यो । यससँगै राजधानीका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको संख्या बढ्दो छ । नयाँ बानेश्वर, दरबारमार्ग, न्यूरोड, बागबजार क्षेत्रका सुन पसलहरुमा सुन बेच्न चाहनेहरुको सानोतिनो भीड नै छ । बिहीबार र शुक्रबार औसत २० जना भन्दा धेरै ग्राहकले पुरानो सुन फिर्ता गर्न आएको […]
७ असार, काठमाडौं । उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका […]
श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें । हतार–हतारमा खोज्दै जाँदा […]
७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ । जिल्ला […]
७ असार, रामेछाप । स्थानीय तह चुनावका लागि गाउँ आएका खाँडादेवी गाउँपालिका–१ का युवा सकिएलगत्तै सहर फर्किए । कतिपय त विदेश नै हानिए । चुनावको बेलामा चहल–पहल भएको गाउँ एकाएक सुनसान, चकमन्न भयो । गाउँ युवाविहीनजस्तै बन्न पुगेपछि वडाध्यक्षमा विजयी विष्णुबहादुर श्रेष्ठको मन खिन्न भयो । मनमा युवालाई गाउँमै रोक्नेबारे अनेक तर्कना चले । यहीबीच […]
७ असार, काठमाडौं । ‘सम्हालेर राख, संगालेर राख, फेरि फूल्ने हो कि होइन जोवनको फूल’ गीतले ख्यातिको शिखरमा पुगेकी संगीतकार शान्ति ठटाल उनको समयकी चर्चित संगीतज्ञ मध्येकी एक हुन् । हाल ८१ वर्षमा यात्रा गरिरहेकी दार्जिलिङकी यी मूर्धन्य संगीतकार यतिबेला नेपाल आएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना मदनमा नयाँ संगीत भरिरहेकी छिन् । उतिबेलै तत्कालीन […]
७ असार, काभ्रे । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ । शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् । उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको […]
७ असार, डोटी । जिल्ला कारागारका कैदी प्लास्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लास्टिक राखेर सुत्ने गरेका छन् । […]
७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सचेतना कार्यक्रम अघि बढाएको हो । मन्त्रालयले कानूनी बहस, छलफल, […]
from समाचार – Online Khabar http://bit.ly/2ZDPcL9
via IFTTT






















