Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन […]

घरमा ताल्चा ठोकेर भारतमा चौकीदारी

८ असार, काठमाडौं । बझाङका बासिन्दा घरमा ताल्चा ठोकेर भारतमा चौकीदारी गर्न बाध्य छन् । हुलका हुल तन्नेरी भारत पसेपछि गाउँघर पुरुषविहीन बन्दै गएका छन् । आजको नेपाल साप्ताहिकले कामको खोजीमा भारत पलायन भएका बझाङका बासिन्दाको व्यथालाई समेटेर विशेष रिपोर्ट प्रकाशित गरेको छ । भारत जाँदै गरेका परिवारका सदस्यलाई बिदाइ गर्दा भावविह्वल अभिभावक र आफन्तहरुको […]

वेष्ट इन्डिजमाथि न्युजिल्यान्डको रोमाञ्चक जित

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट इन्डिजको जित सुनिश्चित जस्तै थियो । किनभने दुई ओभरमा मात्र ८ रनको आवश्यकता थियो । क्रिजमा थिए, कार्लोस ब्राथवोइट […]

त्रिभुवन विमानस्थलभित्रै करिब ५० हजार बोट गाँजा !

७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । […]

हायातमा आन्दोलनको नेतृत्व गर्नेमाथि कारवाही

७ असार, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारवाही गरेको छ । होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर […]

चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा बिरुवा रोपिने   

७ असार, काठमाडौं ।  वन तथा भू-संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, […]

असार १० भित्रै बजेट ल्याइसक्न स्थानीय तहलाई निर्देशन

७ असार, काठमाडौं । संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो […]

सुकुम्बासी बस्तीमा डोजरः विस्थापितलाई वैकल्पिक व्यवस्था गर्न ६ दलको माग

७ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काएपछि विस्थापित भएका १६ परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न ६ दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ समाजवादी पार्टीसहितका ६ दलका नगर समितिले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गरेका हुन् । उनीहरुले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म मस्जिद निर्माणको […]

क्लेशाः एउटा नाटक, एउटा सत्यवोध

एउटा नाटकभित्र के-के अटाउन सक्छ ? ‘क्लेशा’ मा धेरै कुरा अटाएको छ । हाँसो, रोदन, आक्रोश, कुण्ठा, द्वन्द्व, संयोग, बियोग आदि । पञ्चायतकालिन कथा हो यो । सामन्ती परिवारको युवकले सामान्य परिवारकी युवतीसँग प्रेम गर्छ । पेट बोकाउँछ । र, अन्त्यमा धोका दिन्छ । बदलाको भावमा युवतीको दाजुले युवकको भाउजु भूमीलाई अपहरण गर्छ । भूमीका […]

‘छुवाछुत उन्मुलनमा राज्य असफल’

७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले सनिबार राजधानीमा गरेको अन्र्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलनसम्बन्धी नीति तर्जुमा गर्न असफल भएको बताउका हुन् । छुवाछुतसम्बन्धी विद्यमान ऐन देखाउनका लागि मात्रै ल्याइएको उनको टिप्पणी छ । […]

अभियोग सावित गर्न नसक्ने देखेपछि इन्काउन्टर हुन्छः शर्मा

७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टर संस्कृति बढे कानुनी राज्यको उपहास हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले प्रहरीलाई कुनै पनि अभियुक्त पक्राउ परेपछि प्रमाण संकलन गरेर मुद्दा दायर गर्दा सफल भइन्न भन्ने लागेपछि इकाउन्टर गर्ने क्रम बढेको बताएका हुन् । उनले भने, ‘इन्काउन्टर सजिलो उपाय रहेछ […]

तुरुन्तै निर्वाचन भए कांग्रेस पहिलो पार्टी : महामन्त्री कोइराला

बार्सिलोना । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी […]

पिके डाँडा अर्थात् लुकेको हिरा

८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ । हामी कुरा गर्दैछौं, सोलुखुम्बु जिल्लास्थित पिके डाँडाको । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिन्छ पिके डाँडा । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर […]

अमेरिकामा ‘नेपाल दिवस’ मनाएको त्यो दिन

नयाँ वर्ष ०७६ को कार्यक्रम । बैशाख ७ गते । (२०१९ अप्रिल २०) हामी अमेरिका थियौँ । तर, सबै झकिझकाऊ नेपालका थिए, नेपालका पोष्टर टाँसिएका थिए । हाम्रा बालबालिका अंग्रेजीमा कुरा गरिरहेका थिए । तर, मञ्चमा उभिएर तिनीहरुले नै नेपालको राष्ट्रिय गाना गाए । अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाल दिवस मनाउने परम्परा सन् २०१७ बाट सुरु […]

प्रधानमन्त्रीको निर्देशन : रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्नू

७ असार, काठमाडौं । वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई […]

मूल्य आकासिएसँगै सुन पसलमा पुराना गहना बेच्नेको भीड

७ असार, काठमाडौं । सुनको मूल्यले बिहीबार र शुक्रबार लगातार नयाँ रेकर्ड राख्यो । यससँगै राजधानीका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको संख्या बढ्दो छ । नयाँ बानेश्वर, दरबारमार्ग, न्यूरोड, बागबजार क्षेत्रका सुन पसलहरुमा सुन बेच्न चाहनेहरुको सानोतिनो भीड नै छ । बिहीबार र शुक्रबार औसत २० जना भन्दा धेरै ग्राहकले पुरानो सुन फिर्ता गर्न आएको […]

‘नेपाल साँच्चै नै विचित्रको देश हो’

७ असार, काठमाडौं । उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका […]

कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें । हतार–हतारमा खोज्दै जाँदा […]

नेकपा सचिवालय बैठक बस्दै

७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ ।  जिल्ला […]

वडाअध्यक्षसहित २१ कृषि कर्ममा, कमाइ मनग्य, युवालाई रोजगारी

७ असार, रामेछाप । स्थानीय तह चुनावका लागि गाउँ आएका खाँडादेवी गाउँपालिका–१ का युवा सकिएलगत्तै सहर फर्किए । कतिपय त विदेश नै हानिए । चुनावको बेलामा चहल–पहल भएको गाउँ एकाएक सुनसान, चकमन्न भयो । गाउँ युवाविहीनजस्तै बन्न पुगेपछि वडाध्यक्षमा विजयी विष्णुबहादुर श्रेष्ठको मन खिन्न भयो । मनमा युवालाई गाउँमै रोक्नेबारे अनेक तर्कना चले । यहीबीच […]

जोवनको फूल बचाएरै राखेकी छु : शान्ति ठटाल

७ असार, काठमाडौं । ‘सम्हालेर राख, संगालेर राख, फेरि फूल्ने हो कि होइन जोवनको फूल’ गीतले ख्यातिको शिखरमा पुगेकी संगीतकार शान्ति ठटाल उनको समयकी चर्चित संगीतज्ञ मध्येकी एक हुन् । हाल ८१ वर्षमा यात्रा गरिरहेकी दार्जिलिङकी यी मूर्धन्य संगीतकार यतिबेला नेपाल आएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना मदनमा नयाँ संगीत भरिरहेकी छिन् । उतिबेलै तत्कालीन […]



from समाचार – Online Khabar http://bit.ly/2ZKBKFx
via IFTTT
Powered by Blogger.