समाचार
९ साउन, विराटनगर । प्रदेश १ का तीन जिल्लामा बिहीबार मात्र चारजनाको ज्यान गएको छ । सवरी दुर्घटना,बाढी र लडेर चारजनाको ज्यान गएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ । विशिवाटर बिहान करिब […]
९ साउन, काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ मा जाने चेतावनी दिएका छन् । रिपोटर्स् क्लब नेपालमा पत्रकार सम्मेलन गरी बर्हिगमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले पुनः स्थापनाको लागि उपयुक्त सहयोग नगरे तत्कालीन माओवादीका नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत नेताहरुलाई ‘हेग’ पुर्याउने चेतावनी दिए । ‘कि […]
९ साउन, काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेर कार्यालयमा आउन थालेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने प्रदेश सरकारको नीति कार्यान्वयन गर्न कर्मचारी साइकल चढ्न थालेका हुन् । खर्च कटौती र वातावरणमैत्री सहरको पहिचान दिने प्रदेश सरकारको नीतिअनुसार नै साइकल चढ्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका […]
९ साउन, काठमाडौं । असार दोस्रो साता गोरखाको धार्चे गाउँपालिकाका वडाध्यक्षलाई स्थानीय व्यवसायीको फोन आयो, ‘लुटेराले मसँग भएको पैसा लुटिदिए, मलाई कारबाही हुन्छ कि हुँदैन ?’ बिहान ६ बजे खच्चडमा सामान ढुवानी गर्ने व्यवसायी धनकमल गुरुङको यस्तो फोन सुनेर उनी एकछिन आत्तिए । संयमित हुँदै उनले जवाफ फर्काए, ‘तपाईंलाई किन कारबाही हुन्छ ? प्रहरीलाई चाहिँ […]
९ साउन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागमा आफ्नो दावी रहेको बताएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको नवौं महाधिवेशनदेखि नै स्कुल विभागमा आफ्नो दावी रहेको बताएका हुन् । त्यतिबेला गुटबन्दीका कारण आफूले जिम्मेवारी नपाएको भुसालको भनाइ […]
९ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनेहरुमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् । लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक […]
९ साउन, कञ्चनपुर । गर्मीले कञ्चनपुर हपक्क छ । हामी निर्मला पन्तको घरमा पुग्दा दिउँसो यो घर सुनसान देखिन्छ । निर्मलाका दुई दिदीबहिनी दिउँसै गेटमा ताल्चा लगाएर घरभित्र बस्छन् । तीनजना महिला बस्ने यो घरलाई त्रासले छाडेको छैन । दिउँसोको समय निर्मलाकी आमा दुर्गादेवी प्रायः भीमदत्त नगरपालिकाको महिला तथा वालवालिका शाखामा भेटिन्छिन् । हामीले उनलाई […]
९ साउन, काठमाडौं । एक महिना अगाडि नेपाल र बंगलादेशबीच प्रसारण लाइन निर्माण गरेर विद्युत ब्यापार गर्ने सैद्धान्तिक सहमति भयो । तर, अहिले भारतले आफ्नो भूमिबाट अरु देशलाई ‘डेडिकेटेड’ अन्तरदेशीय प्रसारणलाइन बनाउन नदिने गरी नियम ल्याउन आँटेको छ । भारतले प्रस्ताव गरेको अन्तरदेशीय विद्युत ब्यापारको ‘कन्डक्ट अफ बिजनेश रुल’ मा छिमेकी देशबाट भारत हुँदै अन्य […]
९ साउन, काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै नभएको दाबी गरेका छन् । उनले नेकपाले मात्रै समृद्ध नेपालको सपना साकार पार्ने पनि बताए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता नेपालले सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी सही […]
९ साउन, पोखरा । पोखरा पुरानोधारा बस्ने रवीनलाई श्वासप्रश्वासको समस्या छ । धुलो र धुवाँको नजिक पर्नै नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । तर, जब बाटोमा निस्किन्छन्, कालो धुँवा पुत्पुताउँदै आएको बसदेखि भने टाढा भाग्नै सक्दैनन् । उनको गुनासो छ, ‘बाँच्न काम गर्नैप¥यो । कामका लागि बाहिर निस्किनै प¥यो, बाहिर निस्केपछि धुवाँसँग जम्काभेट भइहाल्छ । […]
९ साउन, काठमाडौं । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर […]
९ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिका विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । धेरै उद्योगी व्यवसायीले मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरिरहँदा बैंकिङ क्षेत्र भने खुसी देखिएको छ । बजारमा निकै चर्चा भएको ठूला बैंकहरूको मर्जर (बिग मर्जर)लाई मौद्रिक नीतिले खासै महत्त्व दिएन । यसलाई बाध्यकारी नबनाएर […]
९ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली […]
९ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको छ । […]
९ साउन, काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले वर्तमान सरकारबाट सामाजिक फासीवादको अभ्यास भरहेको बताएका छन् । मानवअधिकारकर्मीविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्रीको किचन क्याबिनेटबाटै मान्छे र पैसा परिचालन भएको अर्यालको आरोप छ । ‘यो निर्वाचित सामाजिक फासीवाद हो । र, यसको प्राक्टिस हुँदैछ’ मानवअधिकार अभियन्ता अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘यो सरकार मानव अधिकारकर्मीलाई […]
९ साउन, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । […]
९ साउन, तनहुँ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले […]
९ साउन, काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि […]
९ साउन, बारा । नक्कली चालक अनुपतिपत्रको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले मंगलबार जितपुर बजारबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले जीतपुर सिमरा उपमहानगरपालिका–७ का एक दर्जन स्थानीयलाई झुक्याएर अर्यालले सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) […]
९ साउन, रामेछाप । रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको […]
८ साउन, काठमाडौं । ‘मेरो खिलाफमा लेख्छ कि पक्षमा लेख्छ, मतलव छैन, तर विचार र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ’, सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ६ असारमा संसदमा भनेका थिए । सामाजिक सञ्जालमार्फत ‘धम्क्याउने, होच्याउने, जिस्काउनेलाई १५ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद सजायँ हुने’ प्रस्तावित विधेयक […]
from समाचार – Online Khabar https://ift.tt/2Y1vc8Q
via IFTTT





















