समाचार
९ साउन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागमा आफ्नो दावी रहेको बताएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको नवौं महाधिवेशनदेखि नै स्कुल विभागमा आफ्नो दावी रहेको बताएका हुन् । त्यतिबेला गुटबन्दीका कारण आफूले जिम्मेवारी नपाएको भुसालको भनाइ […]
९ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनेहरुमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् । लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक […]
९ साउन, काठमाडौं । एक महिना अगाडि नेपाल र बंगलादेशबीच प्रसारण लाइन निर्माण गरेर विद्युत ब्यापार गर्ने सैद्धान्तिक सहमति भयो । तर, अहिले भारतले आफ्नो भूमिबाट अरु देशलाई ‘डेडिकेटेड’ अन्तरदेशीय प्रसारणलाइन बनाउन नदिने गरी नियम ल्याउन आँटेको छ । भारतले प्रस्ताव गरेको अन्तरदेशीय विद्युत ब्यापारको ‘कन्डक्ट अफ बिजनेश रुल’ मा छिमेकी देशबाट भारत हुँदै अन्य […]
९ साउन, काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै नभएको दाबी गरेका छन् । उनले नेकपाले मात्रै समृद्ध नेपालको सपना साकार पार्ने पनि बताए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता नेपालले सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी सही […]
९ साउन, पोखरा । पोखरा पुरानोधारा बस्ने रवीनलाई श्वासप्रश्वासको समस्या छ । धुलो र धुवाँको नजिक पर्नै नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । तर, जब बाटोमा निस्किन्छन्, कालो धुँवा पुत्पुताउँदै आएको बसदेखि भने टाढा भाग्नै सक्दैनन् । उनको गुनासो छ, ‘बाँच्न काम गर्नैप¥यो । कामका लागि बाहिर निस्किनै प¥यो, बाहिर निस्केपछि धुवाँसँग जम्काभेट भइहाल्छ । […]
९ साउन, काठमाडौं । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर […]
९ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिका विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । धेरै उद्योगी व्यवसायीले मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरिरहँदा बैंकिङ क्षेत्र भने खुसी देखिएको छ । बजारमा निकै चर्चा भएको ठूला बैंकहरूको मर्जर (बिग मर्जर)लाई मौद्रिक नीतिले खासै महत्त्व दिएन । यसलाई बाध्यकारी नबनाएर […]
९ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली […]
९ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको छ । […]
९ साउन, काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले वर्तमान सरकारबाट सामाजिक फासीवादको अभ्यास भरहेको बताएका छन् । मानवअधिकारकर्मीविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्रीको किचन क्याबिनेटबाटै मान्छे र पैसा परिचालन भएको अर्यालको आरोप छ । ‘यो निर्वाचित सामाजिक फासीवाद हो । र, यसको प्राक्टिस हुँदैछ’ मानवअधिकार अभियन्ता अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘यो सरकार मानव अधिकारकर्मीलाई […]
९ साउन, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । […]
९ साउन, तनहुँ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले […]
९ साउन, काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि […]
९ साउन, बारा । नक्कली चालक अनुपतिपत्रको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले मंगलबार जितपुर बजारबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले जीतपुर सिमरा उपमहानगरपालिका–७ का एक दर्जन स्थानीयलाई झुक्याएर अर्यालले सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) […]
९ साउन, रामेछाप । रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको […]
८ साउन, काठमाडौं । ‘मेरो खिलाफमा लेख्छ कि पक्षमा लेख्छ, मतलव छैन, तर विचार र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ’, सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ६ असारमा संसदमा भनेका थिए । सामाजिक सञ्जालमार्फत ‘धम्क्याउने, होच्याउने, जिस्काउनेलाई १५ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद सजायँ हुने’ प्रस्तावित विधेयक […]
९ साउन, काठमाडौं । बलात्कारपछि मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी अनुसन्धान कहाँ पुग्यो ? राष्ट्रिय मानव अधिकार आयोगले यसबारे सरकारसँग जवाफ माग्ने भएको छ । आयोगकी सदस्य मोहना अन्सारीले अनलाइनखबरसँगको अन्तरवार्तामा भनिन्– ‘आयोगले दिएको सिफारिसबमोजिम त्यो घटनाको अनुसन्धान के भयो ? सरकारसँग अब यसको प्रगति विवरण मागिन्छ ।’ निर्मला हत्या प्रकरणमात्र नभएर अन्य विषयमा […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
९ साउन, काठमाडौं । अपरिचित विदेशका नम्बरबाट तपाईंका ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल्ड आउने गरेका छन् ? यदि छन् भने यस्ता फोनहरू हत्तपत्त नउठाउनुहोला । यसले तपाईंलाई नोक्सान पुर्याउन सक्नेछ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक […]
९ साउन, काठमाडौं । पूर्वकप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट टिमको छनोटमा प्रश्न उठाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘अब समय आइसक्यो । भारतीय क्रिकेट टिमको छनोटकर्ताले यस्तो खेलाडी छनोट गर्न आवश्यक छ जसले खेलको हरेक फर्म्याटमा खेल्न सकोस् । ताकि भरोसा बनिरहोस् । कुनै यस्ता खेलाडी छन् जो हर फर्म्याटमा खेलिरहेका छन् । […]
९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना […]
from समाचार – Online Khabar https://ift.tt/2YqH0Rx
via IFTTT





















