समाचार
७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे । मजदुरहरू काममा खटिएका छन् भने फाउण्डेसनको साइट कार्यालय पनि खुलेको छ । मंगलबार […]
७ साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रातहसहित प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह-सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवालीसहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् । त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल औषधि, टेन्ट […]
७ साउन, काठमाडौं । बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री हुने भएका छन् । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा उनले बाजी मारेका हुन् । उनले जेरेमी हन्टलाई पराजित गरे । जोनसनले ९२ हजार १५३ मत पाए भने हन्टले मात्र ४६ हजार ६५६ मत पाएका छन् । हन्ट टेरिजा मे सरकारका विदेशमन्त्री […]
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गरेका छन् । त्यसो गरे उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि नछाड्ने उनले बताएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको […]
७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ […]
७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार शर्माले महोत्तरी सहइन्चार्ज बस्न अस्वीकार गरेका छन् । उनी इन्चार्जको दाबेदार थिए । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजना गरिएको कार्यक्रममा भाग लिन पुगेका प्रचण्डलाई भेटेर आफूले दुई पृष्ठ लामो हस्तलिखित राजीनामा बुझाएका उनले बताए आफूलाई जिल्ला कमिटीको भन्दा पनि प्रदेश स्तरीय जिम्मेवारी दिइयोस् […]
७ साउन, काठमाडौं । गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सोमबार राति पहिरो जाँदा एकै घरका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय […]
७ साउन, जनकपुरधाम । सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो । तिलाठी-कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी […]
७ साउन, काठमाडौं । निजी आवास पुनर्निर्माणका लागि सम्झौता नगर्ने र पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो किस्ता नलिनेहरुको नाम लाभग्राहीको सूचीबाटै हटाएको हो । प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परे पनि ५७ […]
७ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपलिकाबाट प्रहरीले पाँच किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् । उनीहरुलाई ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा मंगलबार बिहान लक्ष्मीनिया गाउँपालिका […]
७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् । राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको सुनाउँदै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको बताएका हुन् । एक वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलबार सिंहदबारमा आयोजित […]
७ साउन, काठमाडौं । समयमा काम सम्पन्न नगर्ने एक हजार ८ सय ४८ जना ठेकदार अख्चियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायरामा परेका छन् । ‘कामचोर’ ठेकदारमाथि गृह मन्त्रालयले थालेको कारबाही विवादमा परेपछि सेलाएको थियो । तर, अख्तियारले उनीहरुमाथि छानविन गरिरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताए । अख्तियारको प्रारम्भिक अध्ययनअनुसार विभिन्न आयोजनामा काम नगरी २३ अर्ब […]
७ साउन, सप्तरी । राजगढ गाउँपालिका– ६ का फूलमान शेखले (४५) ले वैदेशिक रोजगारीका लागि कतार जान छिन्नमस्ता गाउँपालिका– ६, लालापट्टीका एजेन्ट युसुफ मियाँलाई १ लाख ६० हजार रुपैयाँ र पासपोर्ट बुझाए । शेख भन्छन्, “घरघडेरी बन्धकी राखेर पोहोर कात्तिकमा रकम बुझाएँ, तर न विदेश जान पाएँ न त रकम फिर्ता ।” युसुफले काठमाडौं लगेर […]
७ साउन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्रबाट कर्मचारी व्यवस्था गरिदिन मागसमेत गरे । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीलाई ३ हजारदेखि ३५ सय कर्मचारी आवश्यक रहे पनि […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट जोगाउन विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन् । मंगलबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट स्वतन्त्र बनाउन विज्ञापन नियमनसम्बन्धी विधेयकमा क्लिनफिड आवश्यक भएको बताए । ‘देश राजनीतिक रुपले स्वतन्त्र छ । तर आर्थिक रुपले धेरै नै […]
७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो बर्षको तुलनामा यस्तो सेवा लिने विरामीको संख्या झण्डै ५ सय जना घटेको हो । लक्षित […]
७ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको एनएल०१डी ८०३१ नम्वरकाे भारतीय ट्रक ९लहरी०ले ना१ह ८८२४ नम्बरको अटाे र बा६६प ६२१३ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकाे थियाे । दुर्घटनामा अटाे चालक बसामाडी […]
७ साउन, काठमाडौं । टी–२० विश्कपको ग्लोबल छनोट पुग्ने लक्ष्यका साथ सिंगापुर पुगेको नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्यो । पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनायो, जसलाई कतारले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । खेलपछि कप्तान पारसलले हारको कारण राम्रो व्याटिङ गर्न नसक्नु भएको बताएका छन् । उनले […]
७ साउन, जनकपुरधाम । सप्तरीमा चट्याङ् लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका- ११ निवासी ४५ वर्षीया शिबशतीदेवी पण्डित रहेको प्रहरीले जनाएको छ […]
७ साउन, काठमाडौं । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सोमबार साँझ शीर्ष नेताहरुबीच सहमति नजुटेपछि सचिवालय बैठक अनिश्चित भएको हो । पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी […]
७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/2JLEL3i
via IFTTT





















