समाचार
७ साउन, काठमाडौं । गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सोमबार राति पहिरो जाँदा एकै घरका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय […]
७ साउन, जनकपुरधाम । सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । एक किशोरीको समेत चट्याङ् लागेर मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको थियो । तिलाठी-कोइलाडी गाउँपालिकामा पनि एक किशोरीको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी […]
७ साउन, काठमाडौं । निजी आवास पुनर्निर्माणका लागि सम्झौता नगर्ने र पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो किस्ता नलिनेहरुको नाम लाभग्राहीको सूचीबाटै हटाएको हो । प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परे पनि ५७ […]
७ साउन, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपलिकाबाट प्रहरीले पाँच किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् । उनीहरुलाई ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा मंगलबार बिहान लक्ष्मीनिया गाउँपालिका […]
७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् । राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको सुनाउँदै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको बताएका हुन् । एक वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलबार सिंहदबारमा आयोजित […]
७ साउन, काठमाडौं । समयमा काम सम्पन्न नगर्ने एक हजार ८ सय ४८ जना ठेकदार अख्चियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायरामा परेका छन् । ‘कामचोर’ ठेकदारमाथि गृह मन्त्रालयले थालेको कारबाही विवादमा परेपछि सेलाएको थियो । तर, अख्तियारले उनीहरुमाथि छानविन गरिरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताए । अख्तियारको प्रारम्भिक अध्ययनअनुसार विभिन्न आयोजनामा काम नगरी २३ अर्ब […]
७ साउन, सप्तरी । राजगढ गाउँपालिका– ६ का फूलमान शेखले (४५) ले वैदेशिक रोजगारीका लागि कतार जान छिन्नमस्ता गाउँपालिका– ६, लालापट्टीका एजेन्ट युसुफ मियाँलाई १ लाख ६० हजार रुपैयाँ र पासपोर्ट बुझाए । शेख भन्छन्, “घरघडेरी बन्धकी राखेर पोहोर कात्तिकमा रकम बुझाएँ, तर न विदेश जान पाएँ न त रकम फिर्ता ।” युसुफले काठमाडौं लगेर […]
७ साउन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्रबाट कर्मचारी व्यवस्था गरिदिन मागसमेत गरे । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीलाई ३ हजारदेखि ३५ सय कर्मचारी आवश्यक रहे पनि […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट जोगाउन विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन् । मंगलबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट स्वतन्त्र बनाउन विज्ञापन नियमनसम्बन्धी विधेयकमा क्लिनफिड आवश्यक भएको बताए । ‘देश राजनीतिक रुपले स्वतन्त्र छ । तर आर्थिक रुपले धेरै नै […]
७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो बर्षको तुलनामा यस्तो सेवा लिने विरामीको संख्या झण्डै ५ सय जना घटेको हो । लक्षित […]
७ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको एनएल०१डी ८०३१ नम्वरकाे भारतीय ट्रक ९लहरी०ले ना१ह ८८२४ नम्बरको अटाे र बा६६प ६२१३ नम्बरको माेटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकाे थियाे । दुर्घटनामा अटाे चालक बसामाडी […]
७ साउन, काठमाडौं । टी–२० विश्कपको ग्लोबल छनोट पुग्ने लक्ष्यका साथ सिंगापुर पुगेको नेपालले पहिलो खेलमा कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्यो । पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनायो, जसलाई कतारले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । खेलपछि कप्तान पारसलले हारको कारण राम्रो व्याटिङ गर्न नसक्नु भएको बताएका छन् । उनले […]
७ साउन, जनकपुरधाम । सप्तरीमा चट्याङ् लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको हनुमाननगर-कंकालनी नगरपालिकामा एक महिला र सुरुङ्गा नगरपालिकामा एक पुरुषको मंगलबार चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालनी नगरपालिका- ११ निवासी ४५ वर्षीया शिबशतीदेवी पण्डित रहेको प्रहरीले जनाएको छ […]
७ साउन, काठमाडौं । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सोमबार साँझ शीर्ष नेताहरुबीच सहमति नजुटेपछि सचिवालय बैठक अनिश्चित भएको हो । पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी […]
७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । […]
७ साउन, काठमाडौं । ढुवानी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएपछि एक सातादेखि ठप्प रहेको ढुवानी सेवा सञ्चालन भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र व्यवसायीबीच भएको छलफलमा सहमति जुटेको नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । सोमबार भएको छलफलमा ढुवानीका साधनलाई पूर्ववतरुपमै […]
७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको बताएका छन् । उनले देशमा शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनुपर्ने महसुस गरिएको उनले बताए । गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले भने, ‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ । […]
७ साउन, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र कार्यकर्ताहरु पुष्पलाल श्रेष्ठका सन्तान र उत्तराधिकारी भएको बताएका छन् । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घषमार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको […]
७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् । एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको […]
७ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् । मंगलबार दक्षिण […]
७ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणको राजनीतिकरण भएको भन्दै असन्तुष्टि जनाएका छन् । गृह जोडिएको छ, अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद भएको उनले बताए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भएको बताए । तर यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसक्ने भन्दै उनले […]
from समाचार – Online Khabar https://ift.tt/2MbTPsB
via IFTTT





















