समाचार
१६ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-११ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी […]
१६ कात्तिक, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साह रहेका छन् । लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो । पुल […]
१६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन अब दुई दिन मात्र टाढा छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । पछिल्लो चार वर्षको ट्रम्पको कार्यकालमा अमेरिकाको राजनीतिक तथा रणनीतिक हिसाबमा धेरै परिवर्तन भएका छन् । विश्वकै शक्तिराष्ट्र भएकाले अमेरिकामा हुने परिवर्तनको असर संसारभर देखिन्छ । […]
१६ कात्तिक, काठमाडौं । चाडपर्वको समयमा बजारमा महंगी अत्यधिक बढे पनि नियन्त्रण गर्ने सरकारी निकाय र अनुगमन गर्ने संसदीय समितिहरु निष्क्रिय रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । बजारमा चामल, दाल, गेडागुडी, तरकारी, चिउराजस्ता खाद्यवस्तुको भाउ बढे पनि नियन्त्रण र अनुगमन गर्ने निकाय निष्क्रिय रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘व्यापारीले सरकारलाई प्रभावमा […]
१६ कात्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ६० वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई अस्पतालको […]
१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ । आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा […]
१६ कात्तिक, काठमाडौं । दशैं अघिको तुलनामा काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको भाउमा केही उतारचढाव देखिएको छ । दशैं सुरु भएको पहिलो साताको तुलनामा दशैं सकिँदा २७ प्रकारका तरकारी तथा फलफूलको भाउ घटेको छ । हरियो खुर्सानी, धनीया, च्याउ, रायो साग, बरेला, हरियो फर्सी लगायतको तरकारीको भाउ धेरै घटेको छ । यस अवधिमा घिरौंलाको भाउ […]
१६ कात्तिक, जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ । शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ […]
१६ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । प्रदेश […]
१६ कात्तिक, कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आइतबार एकजनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा […]
१६ कात्तिक, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका वडानम्बर १ का ६० वर्षीय पुरुषको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी यही कात्तिक १४ गते भेरी अस्पतालमा भर्ना भएका थिए । १५ गते कोरोना संक्रमण पुष्टि भएका […]
काठमाडौं । नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा यसपटक एकैरातमा आउने सम्भावना छैन । हुलाकमार्फत गरिएका मतदानको संख्या अभूतपूर्व रुपमा धेरै भएसँगै चुनावको नतिजा आउन ढिला हुनेछ र मतदान सकिएसँगै पूर्ण नतिजा आउन हप्तौँसमेत लाग्नसक्ने अनुमान गरिएको छ । र, पूर्ण नतिजा आइनसकेको उक्त अनिश्चयपूर्ण अवधिमा अमेरिकामा आम अशान्ति अर्थात् सिभिल अनरेस्ट हुनसक्ने […]
१६ कात्तिक, काठमाडौं । कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको हो । यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ […]
१६ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर […]
१६ कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् । सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट […]
१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफूलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको बताएका छन् । मन्त्री रावलले आज बिहान सामाजिक सञ्जाल मार्फत् आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत दिएका छन् । मन्त्री रावलले लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई […]
१६ कात्तिक, काठमाडौं । पर्यटन व्यवसायीहरुले विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा गर्ने भएका छन् । यही कात्तिक १७ गते सुदूरपश्चिमको महेन्द्रनगरबाट सुरु हुने साइकल यात्रा पूर्वको काँकडभिट्टा पुगेर २४ औं दिनमा समापन हुने कार्यक्रम संयोजक शाहले जानकारी दिए । यो कार्यक्रमलाई ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिएको […]
१६ कात्तिक, काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा […]
१६ कात्तिक, काठमाडौं । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् । ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । गत जेठ महिनामा ललितपुर […]
१६ कार्तिक, काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । कैलालीका पुरक्ष कार्तिक […]
१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ । बैंकिङ कसुरमा परेका खड्कबहादुर […]
from समाचार – Online Khabar https://ift.tt/3oKmXrB
via IFTTT





















