Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका चौमालामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ३ ख ५९४२ नम्बरको ट्रकले सुदूरपश्चिम प्रदेशको ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका ४ का २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित सेती प्रादेशिक […]

बानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार ठोक्किए

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन् । गएराति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् । गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय […]

नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

१० मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् । नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया […]

हरिबोधनी एकादशी बुधबार र बिहीबार

१० मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा […]

म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात

१० मंसिर, काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचना पुगेको थियो । टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो । म्यानपावर सञ्चालक, कर्मचारी सहित अन्तरवार्तास्थलमा रहेका विदेशी नागरिक पनि हतार-हतार भवननभित्र छिरे । ढोका बन्द गरे । बाहिर […]

बर्दिवास घटना : न्यायप्रतिको आश मरेपछिको परिणाम

९ मंसिर, जनकपुरधाम । बर्दिवास नगरपालिका-१४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझदेखि हराइरहेकी थिइन् । चकलेट किन्न भनेर घरबाट गएकी उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो । बलिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयको आंशका छ । तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे केही […]

प्रभावशाली १०० मा परेकी सपना : मर्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु रहेछ

९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे […]

बंगलादेशबाट मल ल्याउने प्रक्रियामा मन्त्रिपरिषद्कै भाँजो 

९ मंसिर, काठमाडौं । कृषि बिकास मन्त्रालयको तयारी बिपरित मन्त्रिपरिषद्बाट निर्णय भएपछि बंगलादेशबाट मल नेपाल ल्याउने प्रक्रिया अन्तिममा आएर बिथोलिएको छ । अब मन्त्रालयले अगाडि बढाएको सबै प्रक्रिया रोकेर नयाँ थाल्नुपर्ने भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर त्यसमा मन्त्रालय सहमत रहेको भन्दै एक अधिकारीले भने, ‘हालकै अवस्थामा बंगलादेशबाट मल ल्याउने अवस्था टर्‍यो ।’ मन्त्रालयले […]

वीरगञ्जमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

९ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बलरा नगरपालिका– १० सुदामा घर भई वीरगञ्ज– ११ दुर्गा टोल बस्ने ४९ वर्षीय जितेन्द्र प्रसाद सिंह पक्राउ परेका हुन् । सिंहले आफ्नो घरमा अवैध हात–हतियार लुकाइ छिपाइ राखेको सूचनाको आधारमा साँझ ७ बजे वडा प्रहरी […]

भारतीय पाहुनामाथि प्रश्न : सिमाना र ईपीजीको प्रतिवेदन के गर्ने ?

९ मंसिर, काठमाडौं ।  हिन्दीमा एउटा आहान छ, ‘मान न मान मैं तेरा मेहमान !’ अर्थात्, कसैले माने पनि, नमाने पनि जबरजस्ती पाहुना लाग्नु । दिल्लीबाट काठमाडौंमा भारतीय पाहुनाको आगमन यसैगरी बाक्लिएको छ । नेपालको सीमा अतिक्रमण गरेर वार्तामा बस्न अटेर गर्दै आएको भारतले लगातार ‘मेहमान’हरु पठाइरहेको छ । यही सिलसिलामा विहीबार भारतीय विदेश सचिव […]

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको ‘साइत’

९ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला औपचारिक नेपाल भ्रमण सकेर दिल्ली फर्केको पर्सिपल्ट, आइतबार चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हे काठमाडौं उत्रँदैछन् । समाचार स्रोतका अनुसार काठमाडौँंमा उच्चस्तरीय भेटघाटका लागि केही घण्टा खर्चेर उनी बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियाँ रक्षामन्त्रीको काठमाडौं भ्रमणको कार्यसूची के हो ? यस विषयमा परराष्ट्र मन्त्रालय […]

कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, भक्तपुर र चितवनका २÷२, काभ्रे, ललितपुर, मोरङ र तेह्रथुमका १÷१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् । काठमाडौंका ७१ वर्षका पुरुषको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण […]

बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता

९ मंसिर, काठमाडौं । गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भूमिका खेले । त्यसबेला डा. भट्टराईले दसैं भत्तासँग जोडिएर तीनवटा ट्वीट गरेका थिए । जहाँ उनले सांसदको मात्रै […]

बुटवलमा पौडेललाई प्रश्न : अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए । सञ्चारकर्मीहरुको केही […]

सीसीएमसीको निष्कर्ष : उपत्यकामा कोरोनाको उच्च जोखिम, निषेधाज्ञा भने नलगाइने

९ मंसिर, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ । उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने भएको छ । सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भएपनि […]

कर्णालीमा तिहारपछि कोरोनाका गम्भीर बिरामी बढे, परीक्षण भने घट्यो

९ मंसिर, सुर्खेत । कर्णालीमा पछिल्लो समय कोरोना परीक्षणको दर घट्दो छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा प्रदेशभर १ हजार ८३ वटा मात्रै स्वाब परीक्षण गरिएको छ । कात्तिक पहिलो सातासम्म प्रदेशमा दैनिक एक हजार पीसीआर परीक्षण हुने गरेकामा अहिले एक सातामा मात्र एक हजार वटा पीसीआर परीक्षण हुने गरेको […]

प्रचण्डको सचिवालयले केपी ओलीको चिठीसमेत समावेश गरेर तल्ला कमिटीमा पठाउँदै

९ मंसिर, काठमाडैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेस भएका पत्रहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले तल्ला कमिटीमा पठाएको छ । कात्तिक २३ मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच नेताले बुझाएको पत्र, त्यसको जवाफमा ओलीले कात्तिक २८ मा लेखको पत्र, प्रचण्डले लेखेको प्रतिउत्तर पत्र र कात्तिक २८ मा […]

रोकी राखेको बसमा ट्रक ठोक्किँदा ट्रक चालकको मृत्यु

९ मंसिर, काठमाडौं । कपिलवस्तुमा सडकमा रोकी राखेको बसमा भारतीय नम्बर प्लेटको ट्रक एक्कासी ठोक्किन पुग्दा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रकका चालक भारत अयोध्या दर्शननगर बस्ने ६० वर्षीय मुन्नीलाल चौहान रहेका छन् । बुद्धभूमि नगरपालिका-२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना.८ ख २५२५ नम्बरको रोकी राखेको बसमा […]

२५ बुँदे घोषणापत्र जारी गर्दै सकियो अदालतका कर्मचारीको राष्ट्रिय सम्मेलन

९ मंसिर, काठमाडौं । विभिन्न तहका अदालतमा कार्यरत रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन  २५  बुँदे घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । भर्चुअल माध्यमबाट गरिएको सम्मेलनले अदालतमा कार्यरत कर्मचारीलाई न्यायाधीश नियुक्तिमा भेदभाव नगर्न माग गरेको छ । हाल जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा अदालतका कर्मचारीमाथि सम्मानजनक व्यवहार र समानुपातिक प्रतिनिधित्व नभएको […]

दुना-टपरी उद्योगबाटै टुक कुमारीले जोडिन् दुई बिघा खेत

९ मंसिर, वीरगञ्ज । ‘पातको काम गर्नु अगाडि एक जोर चप्पल किन्न, बालबच्चाको कापी कलम जुटाउन समस्या थियो, दुना टपरी बनाएर बेच्न थालेपछि दुई बिघा खेत जोडेको छु । ’ महिला उद्यमी टुक कुमारी कार्कीले वीरगञ्जमा आयोजित एक कार्यक्रममा आफ्नो अनुभव सुनाइन् । ‘५ वटा छोराछोरी थिए, उनीहरुलाई पढाएँ, तीन वटाको विवाह समेत गरिसकेको छु,’ […]

देउवासंग सत्ता समीकरणको कुरा भएको होइन : विष्णु पौडेल

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सत्ता समीकरणका विषयमा छलफल नभएको दावी गरेका छन् । प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सुविधाजनक वहुमत भएकाले प्रमुख विपक्षी दलसंग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता […]



from समाचार – Online Khabar https://ift.tt/362bQCS
via IFTTT
Powered by Blogger.