Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सडक बन्द गरेर सुनाकोठीमा नारा-घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !

१६ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीका स्थानीयले सुनाकोठीको सडक बन्द गराएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेर सडकमा सवारी चल्न रोक लगाएका छन् । वर्षैदेखि विस्तारका लागि भनेर भत्काइएको सडक नबनाई अलपत्र छाडेपछि स्थानीयहरु ४ महिनाअघि पनि आन्दोलित बनेका थिए । तुरुन्तै सडक कालोपत्रे हुने भनेर सहमति भएपनि काम नभएपछि फेरि आन्दोलित भएको […]

एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले भर्ना नलिएर छटपटाइरहेकी छन् । कतै कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या परेको छ । यस्ता अप्ठ्यारा आइपरेका ठाउँमा भेटिन्छन्, नरेश श्रेष्ठ । जनस्वास्थ अधिकृत श्रेष्ठ कर्मचारी समायोजन हुँदा जिल्ला स्वास्थ्य कार्यालय […]

कम्तीमा एक महिना नेपाल-भारत हवाई उडान नहुने

१६ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तीमा एक महिना सुरु नहुने भएको छ । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो । संस्कृति, पर्यटन […]

कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु

१६ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । […]

यस्तो छ स्विट्जरल्याण्ड, हेर्नुहोस् भिडियोमा

१६ कात्तिक, बार्सिलोना । नेपालजस्तै भूगोल । डाँडाकाँडा हिमाल र पहाड । क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो । एउटा संघीय, लोकतान्त्रिक,गणतान्त्रिक मुलुक हो स्वीट्जरल्याण्ड । नेपाललाई पनि स्वीट्जरल्याण्डजस्तै उन्नत मुलुक बनाउने कुरा हाम्रा राजनीतिज्ञहरुबाट पटक-पटक सुन्दै आएका छौं । हामी यीनै जिज्ञासाहरु मनमा लिएर सन् २०१९ मार्चको तेस्रो साता […]

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

१६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख […]

बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो […]

रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ । आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा […]

सरकारी अस्पताललाई स्वास्थ्यको निर्देशन : कोरोना संक्रमितको उपचारका लागि धरौटी नमाग्नू

१६ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण […]

उर्लाबारीमा अर्धनग्न अवस्थामा महिलाको शव भेटियो

१६ कात्तिक, विराटनगर । मोरङको उर्लाबारीमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार राति पूर्व पश्चिम राजमार्गको उर्लाबारी खण्डमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको हो । बेलुका करिब ८ बजे राजमार्गमा फेला परेको शवमा भित्री बस्त्र मात्र रहेको प्रहरीले बताएको छ । मृतकको पहिचान भएको छैन् । रातको अवस्थामा फेला परेको शवको पहिचान […]

काठमाडौंमा नेविसंघको विरोध प्रदर्शन

१६ कात्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले […]

केही नेता नेतृत्वको नाम बेचेर ठूलो बन्न खोजे : प्रभु साह

१६ कात्तिक, सप्तरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए । ‘म प्रचण्डको मान्छे […]

कोरोनाको नेगेटिभ रिपोर्ट नदेखाउँदा त्रिविमा कर्मचारीलाई हाजिर गर्न रोक

१६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण नभएको रिपोर्ट माग्दै कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । त्रिवि रेक्टर कार्यालय अन्तर्गतको अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट मागेर हाजिर गर्न नदिएको हो । ‘असोज २५ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कात्तिक ८ गते पुनः परीक्षण गर्दा रिपोर्ट […]

तीनकुने पुलमुनि पुरुषको शव भेटियो

१६ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । टिसर्ट र हाफ पेन्ट लगाएका व्यक्तिको शव  कम्तीमा पनि ५ दिन पुरानो रहेको प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि […]

२ पैसा जग्गामा बनेको घरले कालमोचन घाट क्षेत्रको पुनर्निर्माण प्रभावित

१६ कात्तिक, काठमाडौं । थापाथली कालमोचन घाट क्षेत्रमा एउटा सानो घर छ, यो घरका धनीले जग्गाको स्वामित्व दावी गरेपछि सो क्षेत्रमा पुनर्निर्माणका काम गर्न अड्चन परेको छ । सो २ तले घर  २ पैसा जग्गामा बनेको छ । काठमाडौंको थापाथली पुलको मुखैमा छ यो घर । पुनर्निर्माणको क्रममा खन्दै जाँदा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको […]

भाँचियो तामाकोसीको बिजुली बोक्ने प्रसारणलाइनको टावर

१६ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोड्न बनाइएको प्रसारणलाइनको एउटा टावर भाँचिएको छ । आयोजना निर्माण सकिने चरणमा पुगेका बेला २२० केभी गोंगर-खिम्ती प्रसारण लाइनको टावर भाँचिएपछि आयोजनालाई चुनौती थपिएको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सिंगटीस्थित पुटुङमा रहेको २२ नम्बर टावर भाँचिएको हो । वरपरबाट […]

प्रदेश १ का १९ हजार संक्रमितमध्ये मोरङमै ९ हजार

१६ कात्तिक, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार एक लाख ६३ हजार ९२३ जनाको पीसीआर जाँच गर्दा १९ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १० हजार ८५० जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा ८१६२ सक्रिय संक्रमित छन् […]

भक्तपुरमा उनिँदैछ मखमली फूलको माला (फोटो फिचर)

१६ कात्तिक, काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका फूल व्यापारीहरूलाई पोहोर परार जस्तो धपेडी छैन । कोरोना भाइरसका कारण खपत कम हुन्छ भनेर फूलसँगै मकै समेत लगाएका किसानहरूले यो वर्ष मलमासका कारण तिहार पछि सरेपछ ढुक्कले माला उन्ने फुर्सद पाएका छन् । पहिले धेरै फूल र कात्तिकको दोस्रो सातासम्ममा सबै बेचिसक्नुपर्ने बाध्यतामा हुने किसानहरू यो […]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी […]

पर्सामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

१६ कात्तिक, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साह रहेका छन् । लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो । पुल […]

ट्रम्पले चार वर्षमा चालेका विश्वमा तरङ्ग ल्याउने ७ कदम

१६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन अब दुई दिन मात्र टाढा छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । पछिल्लो चार वर्षको ट्रम्पको कार्यकालमा अमेरिकाको राजनीतिक तथा रणनीतिक हिसाबमा धेरै परिवर्तन भएका छन् । विश्वकै शक्तिराष्ट्र भएकाले अमेरिकामा हुने परिवर्तनको असर संसारभर देखिन्छ । […]



from समाचार – Online Khabar https://ift.tt/35QVETT
via IFTTT
Powered by Blogger.