Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एसएसपीलाई धम्की दिने विप्लव समूहको ललितपुर सेक्रेटरी पक्राउ

१६ कात्तिक, काठमाडौं । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेतृ पक्राउ परेकी छन् । ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । गत जेठ महिनामा ललितपुर […]

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु

१६ कार्तिक, काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । कैलालीका पुरक्ष कार्तिक […]

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

१६ कात्तिक, काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी यो पटकको […]

गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

१६ कात्तिक, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले […]

आईपीएल क्रिकेटमा हैदरावाद ५ विकेटले विजयी

१६ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन […]

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

१६ कात्तिक, काठमाडौं । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आलम भारतबाट […]

फ्रान्समा फेरि आक्रमण, गोली प्रहारबाट पादरी गम्भीर घाइते

१६ कात्तिक, काठमाडौं । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन […]

ओलीलाई प्रचण्डको प्रस्ताव : सचिवालय बैठक बोलाऔं

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । कात्तिक ४ मा भएको सहमति तोडिएको भन्दै प्रचण्डले अर्का अध्यक्षसँग भेट्न मानिरहेका थिएनन् । दुई अध्यक्षबीच सम्वाद गराउन भन्दै […]

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

१५ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु भएको छ । यस्तै सुसनरी, उदपयपुर, बारा कास्की, बाँके र प्युठानका एकएक जना संक्रमितको पनि ज्यान गएको […]

कोरोना उपचार : जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क !

१५ कात्तिक, काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ । लक्षित समूहमा नपरेका सर्वसाधारणले खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे उपचार खर्च व्यहोर्ने सरकारले भनेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी […]

राप्ती प्राविधिक शिक्षालय : बन्ला त लुम्बिनी प्रदेशको ‘सिंहदरबार’ ?

१५ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानको तयारी भइरहेको छ । यो बैठकलाई ‘ऐतिहासिक’ बनाउन मुख्यमन्त्रीको कार्यालय र संसद सचिवालय गृहकार्यमा जुटेका छन् । स्थायी राजधानी दाङ देउखुरीमा तिहारलगत्तै प्रदेशसभाको पहिलो बैठक बसाल्ने तयारी उनीहरुको छ । यही तयारीअनुसार सभामुख पूर्णबहादुर घर्ती नेतृत्वको टोलीले दाङ देउखुरीका भौतिक पूर्वाधारको अवस्थाबारे शुक्रबार स्थलगत अनुगमन […]

टेकु अस्पतालले पनि माग्यो कोरोना संक्रमितसँग धरौटी

१५ कात्तिक, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ । अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ […]

केरुङबाट सामान छुटाउन चिनियाँ एजेन्टलाई घुस !

१५ कात्तिक, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारी सुरु भएपछि रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । चिनियाँ पक्षले दैनिक जम्मा पाँच कन्टेनर सामान नाकासम्म ल्याउने गरी कोटा तोकेको छ । सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको बताएका छन् । ‘लामो समयसम्म […]

क्लिन फिडलाई देखाएर केवल सेवाको शुल्क बढाउन प्रस्ताव

१५ कात्तिक, काठमाडौं । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि मासिक रुपमा ग्राहकले तिर्ने शुल्क बढ्ने केवल सेवा प्रदायकहरूले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले टेलिभिजन हेरेबापतको शुल्क बढ्नसक्ने तर्क उनीहरुको छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापनरहित (क्लिन फिड) लागू भएको एक साता […]

कांग्रेस नेता मीन विश्वकर्मामा भेन्टिलेटरमा

१५ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ । पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । ५४ वषीर्य विश्वकर्माको १ कात्तिक कोरोना परीक्षण […]

कोरोना संकटमा राष्ट्रिय आविष्कार केन्द्रको भरथेग

१५ कात्तिक, काठमाडौं । नेपालमा गत चैत १० गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा भयो । तर, सरकारको पूर्वतयारी निकै कमजोर थियो । यो अवस्थाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई चैनसँग बस्न दिएन । पुनको नेतृत्वमा रहेको केन्द्रले देशमा कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक मेडिकल सामग्रीको अभाव सिर्जना हुने सम्भावना ठम्याएर […]

अर्थतन्त्रको संकुचन हटाउनु चुनौतीपूर्ण : अर्थमन्त्री

१६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९को महामारीका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउनु चुनौतीपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसाग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको […]

दाङका थप एक कोरोना संक्रमितको मृत्यु

१५ कात्तिक, बुटवल । दाङका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका- १८ का ७० वर्षीय पुरुषको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताए । कात्तिक १३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको शनिबार बिहान मात्र पुष्टि भएको थियो । […]

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

१५ कात्तिक, वीरगञ्ज । बाराका एक जना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको हो । उनको उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए ।  डाक्टर अन्सारीका अनुसार आईसोलेसन भर्ना गर्दा […]

थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि

१५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार […]

तिहारमा भारतबाट फूल नल्याइने

१५ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।  बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् । तिहारमा प्रयोग हुने सयपत्री,  मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा […]



from समाचार – Online Khabar https://ift.tt/35VoQZZ
via IFTTT
Powered by Blogger.