समाचार
५ माघ, काठमाडौं । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन)को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा […]
५ फागुन, सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै […]
५ फागुन, काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक […]
५ फागुन, काठमाडौं । सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो । असार ५ गतेपछि […]
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद […]
५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताएका छन् । संवैधानिक इजलासमा बुधबार बहस गर्दै खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताए । उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ […]
५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन् । बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् । उनका चार प्रश्न यस्ता छन्– पहिलो प्रश्न : वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित […]
५ फागुन, गुल्मी । गुल्मीमा झण्डै २ हजार ८ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो […]
५ फागुन, काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् […]
५ फागुन, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट […]
५ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज दुई महिना पुगेको छ । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गरिएपछिका यी दुई महिना राजनीतिक दलहरुवीच शक्ति प्रदर्शन एवं राजनैतिक/संवैधानिक अन्योलमै बितेका छन् । संसद् विघटन विरुद्ध परेको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको […]
५ फागुन, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ । आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ । रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले […]
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर […]
५ फागुन, जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको […]
४ फागुन, काठमाडौं । उपत्यका भित्रिने आयातित वस्तुको भन्सार जाँचपास आगामी वैशाखपछि काठमाडौंबाटै हुने भन्सार विभागले जनाएको छ । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट उपत्यका भित्रिने सवारीको भन्सार जाँचपासका लागि पूर्वतयारी सुरु गरिएको विभागका अधिकारीको भनाइ छ । बन्दरगाह सञ्चालनमा आएपछि वीरगञ्ज, भैहरवा र विराटनगरबाट काठमाडौं आउने दैनिक ३७५ भन्दा बढी मालबाहक सवारी साधनको भन्सार […]
५ फागुन, काठमाडौं । भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो। दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना […]
५ फागुन, काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फागुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको […]
५ फागुन, हेटौंडा । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो । तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ […]
५ फागुन, काठमाडौं । भारतले नेपाललगायत छिमेकी मुलुकहरुसँग कोरोना संकट, खोप लगायतका विषयहरुमा छलफल गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् । बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन । बैठकमा खोप लगायत […]
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्यो, स्थानीय पनि खोजीमा निस्किए । बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै […]
५ फागुन, काठमाडौं । खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका संरचना हटाइएको जानकारी दिइन् । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । साथै त्यहाँ काम गर्ने […]
from समाचार – Online Khabar https://ift.tt/3qzwHWk
via IFTTT





















