Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोनाबाट चीनमा १७० को मृत्यु, डब्लूएचओले भन्यो– विश्व समुदाय सतर्क रहौं

१६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ । कोरोना भाइरसको फैलावट रोक्न मिलेर काम गर्न पनि डब्लु एचओले विश्व समुदायलाई आह्वान गरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ । कोरोना भाइरसका कारण निमोनियाको […]

शहीदको सपना पूरा गर्न लागौं : प्रकाशमान सिंह

१६ माघ, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदका सपना पूरा गर्न सबै लाग्नुपर्ने बताएका छन् । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उदघाटन गर्दै उनले प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए । ‘२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको […]

वीर सपूतहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने […]

निकुञ्ज क्षेत्रको भूमिगत विद्युत लाइनमा फेरि पनि समस्या, माडीमा बिजुली बन्द

१६ माघ, चितवन । चितवनको माडी नगरपालिका क्षेत्रमा गएरातिदेखि फेरि विद्युत सेवा अवरुद्ध भएको छ । माडीमा विद्युतीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि विद्युत सेवा बन्द भएको विद्युत प्राधिकरण चनौली सबस्टेशनले जनाएको छ । विद्युत लाइन सप्लाइमा अवरोध भएको ठाउँको पहिचान र मर्मतका लागि टोली खटिएको चनौली सबस्टेशनका प्रमुख शिशिर पौडेलले […]

बंगलादेशीको हत्या आरोपी मिया पक्राउ

१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी १ जना पक्राउ परेका छन् । अहमदको हत्या गरी फरार रहेको भनिएका दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गएराति नै काठमाडौंतर्फ ल्याइएको छ । नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलन गरेर बंगलादेशी नागरिक हत्यामा संलग्न […]

वृद्धालाई बलात्कार गरेको आरोपमा ३ युवा पक्राउ

१६ माघ, चितवन । चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश […]

जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् । शहीद दिवस ०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती […]

हनुमानढोकामा वसन्त श्रवण, राष्ट्रपति सहभागी हुँदै

१६ माघ, काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा आज हनुमानढोका दरबारमा वसन्त श्रवण कार्यक्रम राखिएको छ । हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए । वसन्त […]

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ […]

नेकपाको ‘समुद्र मन्थन’

१५ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका चार सयबढी नेताहरुले बुधबारबाट एउटै सभाहलमा बसेर पहिलोपटक विचार मन्थन सुरु गरेका छन् । ‘पार्टीको दोस्रो पूर्ण बैठक’ ०७५ साल जेठ ३ गते तत्कालीन माओवादी र एमालेका केन्द्रीय नेताहरुले संयुक्त बैठक गरेयता बसेको यो पहिलो बैठक हो । माघ २२ गतेसम्म चल्ने भनिएको यस […]

दुई वर्षमा असाधारण काम भयो : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । सरकारले गरेका राम्रा कामबारे लेख्ने मुटु भएका सम्पादक पाइएनन् भनेर गुनासो गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको बैठकमा आफ्नै सरकारको प्रशंसा गरे । कम्युनिष्ट सरकारले दुई वर्षमा कुनै पनि मानकहरु ऋणात्मक हुन नदिएको भन्दै प्रधानमन्त्रीले विभिन्न डाटाहरुसहित सरकारले असाधारण कामहरु गरेको बताए । ‘म कमरेडहरुलाई भन्न चाहन्छु, हामीले […]

काठमाडौंमा बंगलादेशी नागरिकको हत्या, मियाँ पुगे सीमापारि !

१५ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् । पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर […]

नेकपा केन्द्रीय कमिटी : प्रधानमन्त्री ओली बाँकी बैठकमा सहभागी नहुने

१५ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा दुई घन्टा उद्घाटन मन्तव्य राखे । सरकारको कारबाही, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहसँगको निकटताबारे स्पष्टीकरण दिनमा खर्चिएका थिए । सम्बोधन सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहको बैठक स्थलबाट बाहिरिएका थिए । नेकपा उच्च स्रोतका अनुसार […]

कोरोना फोबिया : नेपालमा ‘भाइरस प्रतिरोधी’ मास्कको अभाव

१५ मंसिर, काठमाडौं । सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा बिरामीको चाप अरु दिन भन्दा बढी थियो । चीनबाट सुरु भएको नोभल कोरोना भाइरसको संक्रमणको आशंका गर्दै अधिकांश मानिसहरु अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरेर अस्पताल पुग्नेहरु चीनबाट फर्किएकाहरु मात्र नभएर नेपालमै रहेका र चीनबाट आएका मानिससँग संगत नगर्नेहरु पनि थिए । चीनबाट […]

विदेशमा कोमामा रहेका बिरामी फर्काउन किन डराउँछ परिवार ?

१५ माघ, काठमाडौं । दक्षिण कोरियाबाट ‘कोमा’मा नेपाल फर्किएका झापाका ओमनाथ ढकाल आजभोलि घरैमा परिवारको हेरचाहमा छन् । थेरापीलगायतका उपचारले उनी बिस्तारै तंग्रिन पनि थालेका छन् । तर, विदेश कामको सिलसिलामा गम्भीर घाइते वा बिरामी भई अस्पतालको कोमामा पुगेका सबैको भाग्य ओमको जस्तो छैन । अझै पनि २२ जना नेपाली कामदार विदेशका अस्पतालमै अचेत अवस्थामा […]

नेकपाका तीन दस्ताबेज (पूर्ण पाठसहित)

१५ माघ, काठमाडौं । राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा तीवटा लिखित दस्तावेजहरु प्रस्तुत भएका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्तरािष्ट्रय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, […]

काठमाडौंमा बंगलादेशी व्यापारीको हत्या

१५ माघ, काठमाडौं । काठमाडौंमा बंगलादेशी नागरिक ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको हो । अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् । एक साताअघि उनको हत्या भए पनि ढिला गरी सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको […]

नेकपा बैठकमा डराए प्रधानमन्त्री !

१५ माघ, काठमाडौं । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्‍यो । सरकारको बचाउमा बोल्न पाउनुपर्‍यो । सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दियो । तर, सचिवालयकै […]

‘राज्यले व्यवसायीको समस्या बुझेन’

१५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले व्यापारीहरुको समस्या सुनेर कसरी हुन्छ समाधान गर्नुपर्ने बताएका छन् । बुधबार रञ्जना व्यापार संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकको आर्थिक विकासमा उद्योगी/व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले त्यो विषय नबुझेको बताए । मुलुकमा धेरै उद्योग धन्दाको विकास भइनसकेकाले आयातमूखी व्यापारलाई […]

सुर्खेत घटनामा टिपरधनीविरुद्ध किटानी जाहेरी दिने तयारी

१५ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव टिपरधनीविरुद्ध किटानी जाहेरी दिने सहमतिपछि साम्य भएको छ । पहिलो पटक ठक्कर दिँदा हात भाँचिएर सडकमा लडेका महावै गाउँपालिका–३ का २० वर्षीय केशवबहादुर सिंहलाई टिपर पछाडि सारेर हत्या गरिएको दाबी गर्दै परिवारले किटानी जाहेरी दिने तयारी गरेको हो । यद्यपि, […]

१२ लाख अवैध भारुसहित भारतीय नागरिक पक्राउ

१५ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १२ लाख अवैध भारतीय रुपियाँ सहित एक जनालाई पक्राउ गरेको छ । भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ बर्षका सुभाष चन्द पक्राउ परेका हुन् । चन्दको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका नोेट ६ सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र […]



from समाचार – Online Khabar https://ift.tt/2Gwhu2G
via IFTTT
Powered by Blogger.