समाचार
१६ माघ, बुटवल । प्रदेश न ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना गरिएको छ । प्रयोगशालाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । उनले जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए । मन्त्री बरालले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित […]
१६ माघ, पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ । अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट […]
१६ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापकीय जिम्मा १ वर्ष म्याद थप गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई नै दिइएको छ । २०७२ सालमा सरकारले एक्याप व्यवस्थापनको जिम्मा ५ वर्षलाई एनटीएनसीलाई दिएको थियो । पुस मसान्तसम्ममा समुदायलाई हस्तान्तरण गर्ने सर्तसहित संरक्षण कोषलाई एक्याप व्यवस्थापनको जिम्मा लगाएको सरकारले फेरि १ वर्ष […]
१६ माघ, वीरगञ्ज । हङकङबाट आयात भएका दुईवटा टेस्ला गाडी धादिङबाट नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय फिर्ता लगिएको छ । साउथ चाइना एक्जिम लिमिटेड वीरगञ्ज भन्सारबाट मंगलबार जाँचपास भएको गाडी धादिङको आदमघाटबाट नियन्त्रणमा लिई रिचेकमा हालिएको हो । भन्सारका अधिकारीहरुले गाडी रिचेकमा हाल्ने निधोमा पुगेपछि कर्मचारीले गाडी खोजेका थिए । गाडी नियन्त्रणमा लिन सुरुवातमा एजेन्टलाई […]
१६ माघ, विराटनगर । ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । विराटनगर महानगरपालिका ८ कि ११ वर्षकी बालिकाको अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्ने २५ बर्षका अब्वास अन्सारी र १९ बर्षका चन्दु महतोलाई जिल्ला अदालत मोरङले बिहीबार आजीवन कैद सजाय सुनाएको हो । २०७५ माघ १२ […]
१६ माघ, पर्वत । पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि […]
१६ माघ, विराटनगर । विराटनगर– २ तीनपैनीका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा पनि नदेखिएपछि घटना थप रहस्यमय बनेको छ । माघ ७ गते मंगलबार सिंघिया खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण नदेखिएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पोष्टमार्टम रिपोर्टमा […]
१६ माघ, बुटवल । बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाएर विकास गर्न लागिएको हो । राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको […]
१६ माघ, वीरगञ्ज । जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा थप २ सय घर निर्माण गरिने भएको छ । विगतमा काम सुरु गरेर पुरा नभएका घर बाहेक थप २ सय घर निर्माण गर्न लागिएको हो । जनता आवास कार्यक्रमका पर्सा संयोजक एवं प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पर्सामा २ सय वटा नयाँ घर बनाइने जानकारी दिए […]
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् । जसअनुसार अध्यक्षमा राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी घर भएका ४८ वर्षीय राजीव प्रदीप […]
१६ माघ, काठमाडौं । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ । बस्नेतको […]
१६ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी […]
१६ माघ, काठमाडौं । त्यस्तो ठाउँमा जन्मिएँ, जहाँ माहोल नै क्रिकेटमय थियो । अझ बुवाले पनि क्रिकेट फलो गर्ने भएकाले त्यसको प्रभाव ममाथि हुने नै भयो । तर सानोमा रहरले क्रिकेट खेलिन्थ्यो, अहिले देशका लागि खेलिरहेको छु । जब राष्ट्रिय झण्डा अंकित जर्सी लगाएर मैदान उत्रिन्छु र नेपालको राष्ट्रिय गान्छ, मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ […]
१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको बैठकमा सरकारले असाधारण काम गरेको बताइरहँदा अर्का अध्यक्ष प्रचण्डले भने सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूला कुराहरु गरिरहँदा स-साना कामहरुमा ध्यान दिन नसकेको, विधेयकहरु बनाउँदा सरोकारवालाहरुसँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका कमजोरी प्रचण्डले औंल्याएका छन् । त्यसैगरी, पार्टीभित्र अहिले […]
१६ माघ, धनगढी । मंगलबार धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स आफ्नै डेरामा मृत भेटिइन् । दाङ घोराहीकी २३ बर्षकी स्टाफ नर्स देविका श्रेष्ठको मृत्युको यकीन कारण खुल्न सकेको छैन । गत पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १० कि २० […]
पत्रकार बन्नका लागि परीक्षा दिनुपर्ने भन्ने प्रस्ताव संविधानको मर्म र भावना विपरीत छ । प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता भन्ने उल्लेख गर्ने विश्वको एकमात्र संविधान हाम्रो मात्रै हो । संविधानको प्रस्तावना हतपत संशोधन पनि हुँदैन । जस्तो– अमेरिकामा सन् १७८७ मा संविधान बन्यो र त्यसको चार वर्ष १७९१ मा संविधानको पहिलो संशोधन गरेर प्रेस स्वतन्त्रतामा सम्झौता […]
व्यक्तिगत हिसावले भन्नुहुन्छ भने म आफूलाई पत्रकारिता आफ्नो प्राण ठान्छु । म रुकुमको मान्छे । द्वन्द्वकालमा रुकुम विद्रोही र सरकार दुबै पक्षबाट समस्यामा थियो । त्यसबेला अरु सुरक्षाकर्मी लिएर जान्थे म पत्रकार लिएर जान्थेँ । कसैले हतियारलाई आफ्नो सुरक्षा ठान्थे होला म आफुलाई पत्रकार आफ्नो सुरक्षा ठान्थेँ । किनकि ममाथि हुने कुरा पत्रकारले देख्थे, हेर्थे […]
१६ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सीमा सुरक्षा बल थप्ने तयारी गरिरहेको छ । जसअन्तर्गत बाराको दक्षिण झिटकैया, धनुषाको जनक नन्दिनी गाउँपालिका-१ इनर्वामा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट ‘बीओपी’) स्थापना भइसकेको छ । पर्साको मिर्जापुर, बाराको बेनौली, सप्तरीमा बोधेबसाईन लगायत अन्य १५ स्थानमा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ । तर सशस्त्र प्रहरीले उचित […]
१६ माघ, काठमाडौँ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको शहीद सप्ताहको अन्तिम दिन अर्थात बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे । माथेमाको […]
१६ माघ, बाँके । बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ । ९२ वर्षीय गुप्ताको बुधबार राति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहेका पत्रकार गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको […]
१६ माघ, काठमाडौं । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए । उनका […]
from समाचार – Online Khabar https://ift.tt/37IoAgG
via IFTTT