समाचार
१५ माघ, काठमाडौं । अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणा अनुरुप नेपाल प्रहरीले नेपाल स्काउटसँग समझदारी गरेको छ । ‘समुदाय प्रहरी साझेदारी’ अभियान अन्तरगत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा कार्यक्रमको कार्यान्वयन, श्रोत व्यक्तिको आदानप्रदान, एकीकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना […]
१५ माघ, काठमाडौं । चीन बाहिर मात्रै विश्वका १४ देशमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि नेपालमा पनि यसको डर बढेको छ । भाइरस नसरोस् भनेर सर्वसाधारणले व्यक्तिगत रुपमा सतर्कता अपनाउन थालेका छन् । भीडभाडमा होस् या बाटोमा, अस्पतालमा होस् या विमानस्थलमा मास्क लगाउने मानिसहरु बढेका छन् । मास्क लगाउनेहरु बढेका कारण बजारमा अभाव हुन थालेको […]
१५ माघ, वीरगञ्ज । ट्रेडमार्क दर्ता अनिवार्य र स्थायी हुने व्यवस्था ल्याउन वीरगञ्जका उद्योगीले माग गरेका छन् । उनीहरुले दर्ता अनिवार्य नहुँदा र नविकरण गर्नुपर्ने बाध्यताले विविध समस्या आइरहेको बताएका छन् । विभागले वीरगञ्जमा बुधबार आयोजना गरेको औद्योगिक सम्पत्ति सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले त्यस्तो बताएका हुन् । उनीहरुले ट्रेडमार्कका सवालमा उद्योग […]
१५ माघ, काठमाडौं । २०७२ सालको भूकम्पमा परी क्षति भएको पाटन दरवार क्षेत्रको १६ औं शताब्दीको मल्लकालीन चारनारायण मन्दिर जीर्णोद्दार भएको छ । जीर्णोद्दार भएको मन्दिरको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले संयुक्त रूपमा उद्घाटन गरे । अमेरिकी राजदूत सांस्कृतिक […]
१५ माघ, विराटनगर । चिट्ठाको नाममा ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा योजना सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली नगरपालिका– ६ नयाँटोल बस्ने २२ वर्षीय कम्लेशकुमार मण्डल, जहदा गाउँपालिका – ७ बस्ने […]
१५ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर निर्वाचन प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् । यही फागुन ९ गते भएको मतदानबाट ०७६ साल फागुन […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई बुधबार उक्त रकमको चेक हस्तान्तरण गरे । करीब १७ रोपनी जमिनमा १३ करोडको लगानीमा बन्ने सो […]
१५ माघ, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रधानमन्त्रीसँग झगडा गरेरै भए पनि जिल्ला समन्वय समितिलाई शक्तिशाली बनाउने बताएका छन् । जिल्ला समन्वय समिति पर्साको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रमा बुधबार सांदस यादवले जिल्ला समन्वय समिति ‘डिष्पोजल गिलास’ जस्तै भएको टिप्पणी गरे । ‘जहाँ चिनी हुन्छ, त्यहीँ कमिला झुम्मिने हो, पहिलाको जिल्ला विकास समिति र […]
१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिबाट भारतीय सेना हटाउने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल सुरु भइसकेको बताएको छ । राजधानीमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ ।’ […]
१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले शहिदहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक निर्माण गरेको छ । महानगरपालिकालेउनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको शालिक निर्माण गरेको हो । गत वर्ष काठमाडौँ महानगरपालिकाले नम्बर–१२ टेकुमा शहीद शुक्रराज शास्त्रीको शालिक निर्माण गरेको थियो । शास्त्रीलाई त्यहि खरीको बोटमा झुण्ड्याएर […]
१५ माघ, बुटवल । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशमै उत्पादन वृद्धि गरी रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । उनले उत्पादन वृद्धिको लागि ठूला-ठूला उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए । रुपन्देहीको देवदह व्यापार संघको छैठौं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै उनले रोजगारी सिर्जनाका लागि सरकारले ध्यान दिनुपर्ने बताए । […]
१५ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् । कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो । राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण […]
१५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधन हुने भएको छ । महासचिव विष्णु पौडेलले बुधबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन प्रस्तावमा यो व्यवस्था गरिएको हो । सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य,अनुभवी एवं क्रियाशील व्यक्तिलाई […]
१५ माघ, काठमाडौं । वीरगञ्जबाट प्रतिबन्धित भारतीय रुपैयाँ १२ लाखसहित बुधबार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द रहेका छन् । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट चन्दलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ६ सय थान नोटसहित नियन्त्रणमा लिइएको […]
१५ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्ने गृहकार्य शुरु भएको छ । कात्तिक महिना अघिसम्म निकै चर्चाको विषय बनेको महासंघको विधान संशोधनको विषय पुनः शुरु हुने भएको छ । विधान संशोधनको विषयलाई लिएर महासंघका ठूला नेताहरुको तीब्र आलोचना समेत भएको थियो जसका कारण त्यो प्रक्रिया नै […]
१५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ १७ देखि हुने केन्द्रीय समितिको बैठकमा पेश हुने विभिन्न प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदनमाथि सघन छलफल गरी सर्वसम्मतिले पारित गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । […]
१५ माघ,काठमाडौं । सामान्यतः राजनीतिक पार्टीका केन्द्रीय कमिटी बैठकमा सञ्चारमाध्यमको प्रत्यक्ष पहुँच हुँदैन । औपचारिक फोटो खिच्ने बेलाबाहेक बैठकमा हुने छलफल र बहसहरु गोप्य रहन्छन् । त्यसमाथि पनि कम्युनिस्ट पार्टीमा त अझ कडाइ हुनुपर्ने हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले भने पार्टीका बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रसारण गर्नुपर्ने अवस्था […]
१५ माघ, बुटवल । साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएको भैरहवा-लुम्बिनी-तौलिहवा सडक समयमा काम नसकिँदा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष प्रभावित भएको छ । साथै संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० पनि प्रभावित हुने निश्चित छ । सडक निर्माणमा ढिलाइ र कामका क्रममा धुलो र हिलोले पर्यटकमा नकारात्मक असर परेको […]
१५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सरकारले मिडिया माथि अङ्कुश लगाउने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको हो । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले बुधबार प्रदेशसभा […]
१४ माघ, काठमाडौं । सरकारी तथ्यांक अनुसार नेपालबाट दिनमा औसत १ हजार ४ सयभन्दा कामदार विदेसिन्छन् । तर विदेश पुगेका कति कामदार नेपाल फर्किन्छन् त ? तथ्यांक नराखेका कारण अहिले सरकारसँग यसको जवाफ छैन । अब भने सरकारले विदशमा काम गरेर फर्किएका नेपालीको तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागसँग सहकार्य गरेर वैदेशिक रोजगार विभागले […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङलाई सरकारले लिजमा दिएको जमीन कानुनी प्रक्रिया पुर्याएर गरिएको बताएका छन् । उनले यतीमाथि भइरहेको आलोचनालाई ‘व्यापारिक घरानाको विवाद’ एवं ‘ब्ल्याकमेलरको दौडधूप’को संज्ञा दिएका छन् । यती होल्डिङसँग आफ्नो मितेरी साइनो भएजस्तो गरी प्रचार भइरहेको प्रधानमन्त्रीको गुनासो छ । यती प्रकरणलाई व्यापारिक घरानाको विवाद एवं ब्याकमेलरको […]
from समाचार – Online Khabar https://ift.tt/2RYtUph
via IFTTT