समाचार
१२ माघ, पोखरा । प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ । सांसद राजीव गुरुङको हर्कतदेखि प्रदेशसभामा सांसदले उठाएका सवालको जवाफ दिन सरकारले ढिलाइ गरेको भन्दै भएको नियमापत्तिसम्मले आइतबारको संसद बैठक रोचक बन्यो । विशेष समयमा बोल्ने सांसदहरुले राजीव गुरुङले संसदकै गरिमामाथि ठेस पुर्याएको भन्दै घटनाबारे नेपाल कम्युनिस्ट पार्टी -नेकपा) र सरकारसँग जवाफसमेत मागे । विकास […]
१२ माघ, सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ । पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’ यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा […]
१२ माघ, काठमाडौं । ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’ सभामुख चुन्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद मिनेन्द्र रिजालले भने, ‘हाम्रो निर्णय यति मात्र हो […]
१२ माघ, काठमाडौं । मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन हेर्ने जिम्मा आफूलाई दिन प्रतिनिधिसभाको कानुन न्याय ता संसदीय मामिला मन्त्रालयले सरकारसँग माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हालै मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाको मस्यौदा ल्याएको छ । जसमा मानवअधिकार कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मा तीन तहका सरकारले आफैं लिने प्रस्ताव छ । कार्ययोजनाको मस्यौदामा सुझाव […]
१२ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले क्रसर उद्योग बन्द गर्ने जनाएपछि ट्रक व्यवसायीले पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । खोला उत्खननको बिरोध गर्ने क्रममा धनुषाको मिथिला नगरपालिका ५ का दिलिप महतोको क्रसर व्यवसायीकै अगुवाइमा गत पुस २५ गते विहान हत्या भएपछि प्रदेश सरकारले खोला उत्खननमा रोक लगाएको छ । खोला उत्खनन नहुँदा आफूहरुको […]
१२ माघ, पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) धरौटीमा रिहा भएका छन् । मनाङेको झापड खाएका मिलन भने प्रहरी हिरासतमा छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका […]
१२ माघ, बर्दिबास (महोत्तरी) । बर्दिबासको एउटा पार्टी प्यालेसमा शनिबार दिउँसो नेकपा महोत्तरीको जिल्ला कमिटीको ब्यानरमुनि उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलकै लहरमा निम्त्याइएका थिए– राजपाका वरिष्ठ उपाध्यक्ष शेखर सिंह र मृगेन्द्रकुमार सिंह । आफ्नो पार्टीको ब्यानरमुनि राजपा नेताहरुलाई राखेर नेकपा नेताले प्रदेश २ को सरकारको समीकरण चाँडै फेरिने उद्घोष गरे । मुख्यमन्त्री लालबाबु […]
१२ माघ, काठमाडौं । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा […]
१२ माघ, झापा । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको सिलगुडीतर्फ लागेका छन् । पछिल्लो समय झापामा रहेका पूर्वराजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् । परिवारसहित गएका पूर्वराजाको भ्रमण चार दिने भएको बताइएको छ ।
१२ माघ, विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद अवस्थामा सिंघिया खोलामा शव भेटिएपछि प्रहरीले उनीसँगै होटलमा खानपान गरेका चारजना व्यावसायीमाथि अनुसन्धान सुरु गरेको छ । मगंलबार विहान विराटनगर– २ का ५० वर्षका प्रवल घिमिरेको शव सिंघिया खोलामा भेटिएको थियो । सोमबार राति अबेरसम्म होटलमा सँगै बसेका चारजना व्यावसायीलाई तारेखमा राखेर प्रहरीले अनुसन्धान सुरु […]
१२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिपक्षको अभिभावक बन्न सुझाव दिएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएकै दिन आइतबार डा. भट्टराईले सभामुख सापकोटालाई यस्तो सुझाव दिएका हुन । सामाजिक सञ्जाल ट्विटरमा बधाई तथा शुभकामना दिँदै डा. भट्टराईले लेखेका छन्, ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प […]
१२ माघ, काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिकैचामा जन्मेकी हुमाकुमारी बखिम फागुनमा ५० वर्ष पुग्दैछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका रुपमा कार्यरत उनलाई सजिलो गरी चिन्न खाद्य वैज्ञानिक भन्दा हुन्छ । घाँस दाउरा, गोठालो र भान्साको जोहोसँगै गाउँकै सरकारी स्कुलमा पढेर हुर्किएकी हुमाले बेल्जियमबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर र […]
१२ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवनबीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । अब कामदारले श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु पर्नेछैन। अनलाइन बीमाका लागि वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । यो बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन […]
१२ माघ, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासामु व्यवस्थापिकालाई निष्पक्ष बनाउने चुनौती रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाले सापकोटालाई सभामुख चयन गरेपछि बाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना विषयमा भएका आलोचनालाई ध्यान दिएर संसद अगाडि बढाउन सापकोटालाई आग्रह गरे । नेताहरुमा आलोचना […]
१२ माघ, पोखरा । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए । हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन […]
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, […]
१२ माघ, बुटवल । लुम्बिनी विकास कोषमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन सुरु भएको छ । लुम्बिनी विकास कोषकै परिषद् सदस्य बैजनाथ साहनीले कोषमा व्यापक आर्थिक अनियमितता भएको भन्दै विभागीय मन्त्री योगेश भट्टराईलाई पत्र लेखेर उजुरी गरेका थिए । कोषभित्र विदेशी र नेपालीहरुले दिएको दानबाट प्राप्त रकमले महंगो विलासी गाडी खरिद गर्न लागेको, […]
१२ माघ, पोखरा । कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश […]
१२ माघ, पोखरा । बैंकिङ कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो । खातामा पैसा नदिएको चेक दिएको […]
१२ माघ, काठमाडौं । जीवन बीमा कम्पनीहरुले ६ महिनामा नै करिब ४७ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिना अर्थात पुस मसान्तसम्म ४७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिले दिएको जानकारी अनुसार यि कम्पनीहरुले वैदेशिक […]
from समाचार – Online Khabar https://ift.tt/30VU4wX
via IFTTT






















