Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुर्खेतमा अर्गानिक कृषि, उद्योग र पर्यटन लक्षित कर्णाली एक्स्पो हुने

१६ माघ,सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना […]

गुठी विधेयकबाट शिक्षा लिनु जरुरी : नेकपा

१६ माघ, काठमाडौं । चर्को विरोधपछि गत असारमा सरकारले संसदमा प्रस्तुत गरेको गुठीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लियो । गुठी विधेयक धर्म, संस्कृति र परम्परा विरोधी रहेको भन्दै सरोकारवालाले काठमाडौंमा विशाल प्रदर्शन गरेका थिए । गुठी विधेयक फिर्ता लिनुपर्ने यो निर्णयबाट शिक्षा लिनुपर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठहर छ […]

राष्ट्रपतिबाट वसन्त श्रवण, उपराष्ट्रपति अनुपस्थित

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गरेकी छन् । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । […]

‘ए’ डिभिजन लिगमा आज नवौं चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज नवौं चरणका अन्तिम दुई खेल हुँदैछन् । अंक तालिकामा मध्य स्थानतिर रहेको चार टोली आज मैदान उत्रँदैछन् । मध्याह्न १२ बजे हुने खेलमा च्यासल युथ क्लब र फ्रेण्ड्स कलब भिड्नेछन् । यस्तै, दिउँसो ३ बजे एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ […]

साउना गएका दम्पत्ति मृत भेटिए

१६ माघ, काठमाडौं । ललितपुरकाे फिट एण्ड फाइन जिमखानास्थित साउनामा  वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् । प्रहरीका अनुसार गर्बुजा मगर […]

प्राधिकरणलाई २६ करोड नतिरी फिर्ता भए २० विदेशी वायुसेवा कम्पनी

१६ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले करिब साढे २ सय कम्पनी, निकाय तथा एजेन्सीबाट २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८० रुपैयाँ वक्यौता उठाउन बाँकी छ । त्यसमध्ये २० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २६ करोड रुपैयाँ वक्यौता राखी नेपाल उडान बन्द गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार […]

कोरोनाबाट चीनमा १७० को मृत्यु, डब्लूएचओले भन्यो– विश्व समुदाय सतर्क रहौं

१६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ । कोरोना भाइरसको फैलावट रोक्न मिलेर काम गर्न पनि डब्लु एचओले विश्व समुदायलाई आह्वान गरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ । कोरोना भाइरसका कारण निमोनियाको […]

शहीदको सपना पूरा गर्न लागौं : प्रकाशमान सिंह

१६ माघ, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदका सपना पूरा गर्न सबै लाग्नुपर्ने बताएका छन् । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उदघाटन गर्दै उनले प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए । ‘२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको […]

वीर सपूतहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने […]

मानव बेचबिखन आरोपमा दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ जना पक्राउ

१६ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो । एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले […]

निकुञ्ज क्षेत्रको भूमिगत विद्युत लाइनमा फेरि पनि समस्या, माडीमा बिजुली बन्द

१६ माघ, चितवन । चितवनको माडी नगरपालिका क्षेत्रमा गएरातिदेखि फेरि विद्युत सेवा अवरुद्ध भएको छ । माडीमा विद्युतीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि विद्युत सेवा बन्द भएको विद्युत प्राधिकरण चनौली सबस्टेशनले जनाएको छ । विद्युत लाइन सप्लाइमा अवरोध भएको ठाउँको पहिचान र मर्मतका लागि टोली खटिएको चनौली सबस्टेशनका प्रमुख शिशिर पौडेलले […]

बंगलादेशीको हत्या आरोपी मिया पक्राउ

१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी १ जना पक्राउ परेका छन् । अहमदको हत्या गरी फरार रहेको भनिएका दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गएराति नै काठमाडौंतर्फ ल्याइएको छ । नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलन गरेर बंगलादेशी नागरिक हत्यामा संलग्न […]

वृद्धालाई बलात्कार गरेको आरोपमा ३ युवा पक्राउ

१६ माघ, चितवन । चितवनको माडीमा एक वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । माडी नगरपालिका वडा नं. २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सामूहिक बलात्कारको आरोप लागेका माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २८ वर्षका रमेश […]

जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् । शहीद दिवस ०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती […]

हनुमानढोकामा आज वसन्त श्रवण

१६ माघ, काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा आज हनुमानढोका दरबारमा वसन्त श्रवण कार्यक्रम राखिएको छ । हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए । वसन्त […]

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ […]

नेकपाको ‘समुद्र मन्थन’

१५ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका चार सयबढी नेताहरुले बुधबारबाट एउटै सभाहलमा बसेर पहिलोपटक विचार मन्थन सुरु गरेका छन् । ‘पार्टीको दोस्रो पूर्ण बैठक’ ०७५ साल जेठ ३ गते तत्कालीन माओवादी र एमालेका केन्द्रीय नेताहरुले संयुक्त बैठक गरेयता बसेको यो पहिलो बैठक हो । माघ २२ गतेसम्म चल्ने भनिएको यस […]

दुई वर्षमा असाधारण काम भयो : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । सरकारले गरेका राम्रा कामबारे लेख्ने मुटु भएका सम्पादक पाइएनन् भनेर गुनासो गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको बैठकमा आफ्नै सरकारको प्रशंसा गरे । कम्युनिष्ट सरकारले दुई वर्षमा कुनै पनि मानकहरु ऋणात्मक हुन नदिएको भन्दै प्रधानमन्त्रीले विभिन्न डाटाहरुसहित सरकारले असाधारण कामहरु गरेको बताए । ‘म कमरेडहरुलाई भन्न चाहन्छु, हामीले […]

काठमाडौंमा बंगलादेशी नागरिकको हत्या, मियाँ पुगे सीमापारि !

१५ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् । पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा भएको रेकर्डले देखाउँछ । क्यासिनो खेलेर […]

नेकपा केन्द्रीय कमिटी : प्रधानमन्त्री ओली बाँकी बैठकमा सहभागी नहुने

१५ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा दुई घन्टा उद्घाटन मन्तव्य राखे । सरकारको कारबाही, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यती समूहसँगको निकटताबारे स्पष्टीकरण दिनमा खर्चिएका थिए । सम्बोधन सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रियसभा गृहको बैठक स्थलबाट बाहिरिएका थिए । नेकपा उच्च स्रोतका अनुसार […]

कोरोना फोबिया : नेपालमा ‘भाइरस प्रतिरोधी’ मास्कको अभाव

१५ मंसिर, काठमाडौं । सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा बिरामीको चाप अरु दिन भन्दा बढी थियो । चीनबाट सुरु भएको नोभल कोरोना भाइरसको संक्रमणको आशंका गर्दै अधिकांश मानिसहरु अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरेर अस्पताल पुग्नेहरु चीनबाट फर्किएकाहरु मात्र नभएर नेपालमै रहेका र चीनबाट आएका मानिससँग संगत नगर्नेहरु पनि थिए । चीनबाट […]



from समाचार – Online Khabar https://ift.tt/2vyG5Sm
via IFTTT
Powered by Blogger.