Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विराटनगरमा अनलाइन ठगी प्रकरण : नक्कली फोटोकपीले बैंक खाता

१७ माघ, विराटनगर । अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् । खाता खोल्दा एउटा […]

छाउगोठ भत्काएकामा जुम्लाका सांसद आक्रोशित

१७ माघ, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं […]

सुदूरपश्चिम प्रदेशमा सञ्चारसम्बन्धी विधेयकको सञ्चार क्षेत्रद्वारा विरोध

१७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयकको आलोचना र विरोध सुरु भएको छ । प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ को पत्रकार र सञ्चार उद्यमीले विरोध गरेका छन् । सञ्चार माध्यमलाई अङ्कुश लगाउने उद्देश्यले सरकारले विधेयक ल्याएको भन्दै पत्रकार महासंघ सुदूरपश्चिम […]

सामान्य विवादमा श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु   

१७ माघ, बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको […]

भ्रमण वर्षलाई लक्षित गर्दै काठमाडाैंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने

१७ माघ, काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ हुने भएको छ । काठमाडौं उपत्यकाका पालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले आगामी असोजमा मेयर सम्मेलन गर्ने भएको हो । असोज २१ देखि २४ गतेसम्म फोरमले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । असोज २१ देखि २४ गतेसम्म चल्ले सम्मेलनका लागि २३० जना विभिन्न देशका […]

कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ

१७ माघ, कैलाली । कैलालीमा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले चेक जाँचका क्रममा धनगढी उपमहानगरपालीका-४ बाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का १९ वर्षीय विराट रावल, वडानम्बर ७ देवरीयाका फुलचन राना र अछाम मंगलसैन नगरपालिका-१ जुपुका २१ वर्षीय राजेन्ऽ […]

दाङमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

१७ माघ, काठमाडौं । दाङको लमहीमा स्कुल बसले किच्दा शुक्रबार एक जना बालिकाको मृत्यु भएको छ । दाङको लमहीस्थित गोरखा बोर्डिङ स्कुलको रा १ क १०२८ नम्बरको  स्कुल बसले किच्दा लमही नगरपालिका-६ देउपुरकी डेढ वर्षीया बालिका सखिना खातुनको मृत्यु भएको हो । विद्यार्थी ओरालेर जाने क्रममा बसले खातुनलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

बुटवलमा क्यान इन्फोटेक मेला सुरु

१७ माघ, बुटवल । बुटवलमा सूचना प्रविधिसम्बन्धी क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित क्यान इन्फोटेक २०२० को शुक्रबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । माघ २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्रांगणमा सञ्चालन हुने मेलामा मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका […]

जबरजस्ती करणी कसूरमा एसएसपीलाई पक्राउ गर्ने तयारी

१७ माघ, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो । अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बिहीबार ढिला गरी […]

फेवातालमा देखिएन राष्ट्रिय झन्डाको छाया

१७ माघ, पोखरा । पोखरा क्षेत्रीय सिँचाइ कार्यालय परिसरबाट फेवातालमा माछापुच्छ्रे प्रतिबिम्ब प्रष्ट देख्न सकिन्छ । तर, प्रचार अभाव र असहजताका कारण धेरै पर्यटक त्यस ठाउँको भेउ पनि पाउँदैनन् र फेवातालमा हिमालको छाया देख्दै नदेखी पोखरा छाड्छन् । गण्डकी प्रदेशले गत वर्षको साउनमा पोखरा महानगरसँग समन्वय गरी त्यस परिसरमा नेपालको झन्डासहितको पार्क बनाउने र पर्यटकलाई […]

कोरोना भाइरस प्रभावित वुहानका नेपालीलाई स्वदेश फर्काउन कांग्रेसको माग

१७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी […]

कोरोनाको जोखिम देखिए चीनबाट नेपाली विद्यार्थी फर्काउँछौं : मन्त्री ढकाल

१७ माघ, चितवन । स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीमा कोरोना भाइरसको जोखिम देखिए सरकारले स्वदेश फर्काउने बताएका छन् । चितवनको भरतपुरमा शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मन्त्री ढकालले सरकार चीनमा रहेका नेपालीको सम्पर्कमा नै रहेको बताए । ‘विद्यार्थीहरुसँग दैनिक सम्पर्कमा पनि छौं, उहाँहरुको चाहना पनि हामीले बुझेका छौं, प्रधानमन्त्रीज्यूसँग पनि यो बारेमा […]

कृषि क्षेत्रमा हुने अनुसन्धानको नतिजा किसानसम्म नपुगेको जनप्रतिनिधिको गुनासो

१७ माघ, वीरगञ्ज । कृषि क्षेत्रमा हुने वैज्ञानिक अनुसन्धानबाट आएका नतिजा किसानको तहसम्म पुग्न नसकेको गुनासो जनप्रतिनिधिहरुले गरेका छन् । कार्यालयको घेरामा मात्रै अनुसन्धान सीमित रहेको भन्दै उनीहरुले अध्ययन अनुसन्धानबाट आएका नतिजालाई किसानसम्म पुर्‍याउन सुझाव दिएका छन् । कृषि अनुसन्धान परिषद नार्कले आयोजना गरेको आ.व ०६७/७७ को योजना तथा बजेट तर्जुमा गोष्ठीको उद्घाटन कार्यक्रममा उपस्थित […]

मौनधारणमा मन्त्री भुसाल !

१७ माघ, काठमाडौं । तत्कालीन एमालेका उप-महासचिव धनश्याम भुसालले २२ वैशाख ०७६ को एक भाषणमा समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । उनी यतिबेला कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् र सार्जजनिक मञ्चहरुमा उतिसाह्रो देखिँदैनन् । क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै […]

रौतहटमा ४ वर्षकी बालिका बलात्कृत, छिमेकी पक्राउ

१७ माघ, रौतहट । रौतहटको गौरमा बिहीबार राति चार वर्षकी बालिकाको बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले गौर नगरपालिका १ मा साइकल मर्मत गर्ने ५४ बर्षका रामकिशोर मिश्रलाई पक्राउ गरेको छ । बालिकाका छिमेकी मिश्रले चकलेट बिस्कुट दिई ललाई फकाई घर नजिकै बारीमा लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको […]

गौतमबुद्ध क्रिकेट रंगशालामा लगाइने महायज्ञको तयारी अन्तिम चरणमा

१७ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सव–२०७६ […]

दुई मोटरसाइकल र स्‍कुटर ठोक्किदा २ जनाको मृत्यु

१७ माघ, बुटवल । रुपन्देहीको सैनामैना रामापुरमा दुई मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते  भएका छन् । लु ४२ प ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको […]

स्कुल बसले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

१७ माघ, हेटौँडा । हेटौँडा-नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका-११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा-३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना१क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै […]

इँटा उद्योगमा भारतीय मजदुर मृत भेटिए   

१७ माघ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदुर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदुरसँगै सुतेको र तीन […]

प्रदेश २ सरकारले थप २० हजार छात्रालाई साइकल वितरण गर्ने

१७ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले यस वर्ष २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्दै आएको छ । यसअघि १५ हजार साइकल वितरण गरिसकेको सरकारले यस पटक २० हजारलाई वितरण गर्ने […]

सामाजिक सञ्जालमा विज्ञापन गरेमा मुद्रा अपचलनको मुद्दा

१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरेको छ । फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो । अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा […]



from समाचार – Online Khabar https://ift.tt/2uQ5syy
via IFTTT
Powered by Blogger.