समाचार
१४ माघ, बुटवल । रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो […]
१४ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो । भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न […]
१४ माघ, काठमाडौं । पार्टी एकीकरणको डेढ वर्षपछि पहिलोपटक बस्न लागेको नेकपा केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वको चर्को आलोचना गर्ने देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड साझा धारणाका साथ प्रस्तुत हुने तयारीमा छन् । स्थायी कमिटी बैठकमा सहभागी नभएका अध्यक्ष तथा प्रधानमन्त्री ओली बुधबारबाट सुरु हुने बैठकमा भने उपस्थित हुँदैछन् । बैठकको सुरुमै प्रधानमन्त्रीले […]
१४ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) मा यतिबेला चुनावी माहोल तातिएको छ । महासंघकी अध्यक्ष भवानी राणाको कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष […]
१४ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको पेसी मंगलबार पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना […]
१४ माघ, काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पेस हुने भएको छ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव गरिएको छ । यो विधेयकमा सल्लाहकार, परामर्शदाता […]
१४ माघ, बुटवल । भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । परासी हुँदै भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते १२ मध्ये ४ […]
१४ माघ, रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् । उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
१४ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन बदली, वर्षा र हिमपातको सम्भावना औंल्याएको छ । देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् । मौसमविद् मानन्धरका अनुसार, अफगानिस्तान र पाकिस्तान हुँदै सोमबार बिहान भित्रिएको […]
१४ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् । कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका […]
१४ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । ‘पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई’ शीर्षक दिएर नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन […]
१३ माघ, बुटवल । सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको कावासोती फेला पारेको हो । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको […]
१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न […]
१३ माघ, काठमाडौं । सरकारले ल्याएको विवादित मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सामान्य हेरफेरसहित पारित गरेको छ । अब विधायन समितिले गरेको हेरफेरसहितको प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्ने प्रस्तावित […]
१३ माघ, काठमाडौं । सोमबार सवा ४ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक स्वास्थ्यकर्मीको म्यासेज आयो । म्यासेज हेर्नासाथ थाहा भयो, ‘ब्रेकिङ न्यूज’ रहेछ । ‘भेरिफाई’ गरेर झट्टपट्ट समाचार पोष्ट गरियो, ‘नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि ।’ केही मिनेटमै समाचार फैलियो । समाचार पोष्ट भएको केही मिनेटमा उही स्वास्थ्यकर्मीको […]
१३ माघ, काठमाडौं । सांसदहरुले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नामबाट ‘ट्रेड’ शब्द हटाउन प्रस्ताव गरेका छन् । निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने कि नदिने भन्ने बहसबाट अगाडि बढेर सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नाममाथि बहस भएको हो । सरकार निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने पक्षमा देखिएपछि सांसदहरु ट्रेड युनियनको […]
१३ माघ, काठमाडौं । कास्की फुटबल संघका अध्यक्षलाई कुटेको आरोपमा गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गर्यो । अभद्र व्यवहारको आरोपमा उनी तीन दिन हिरासत बसेर ६ हजार धरौटीमा आइतबार छुटे । मनाङ्गे माला लगाएर हिरासतबाट निस्किएको भोलिपल्ट गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिई चार दिनका लागि हिरासतमा राखेको छ । उनलाई चारदिन हिरासतमा […]
१३ माघ, पोखरा । सांसदले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । ७ दिनभित्र सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले लत्याएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । नियमानुसार माघ ५ गते सांसदले उठाएको प्रश्नको आइतबारको बैठकमा नै सम्बन्धित मन्त्रीले दिइसक्नुपर्ने थियो । […]
१३ माघ, जनकपुरधाम । प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नामबारे सहमति जुट्न सकेन । स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत दलहरु नामाकरण सन्दर्भमा भने विभाजित भएका हुन् । प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान दोहोर्याएका छन् । सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले […]
१३ माघ, जनकपुरधाम। मृत्युको मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका–५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला । वैदेशिक रोजगारीका क्रममा पुगेर मृत्युदण्डको सजाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए । तर अमरदेवी जान […]
१३ माघ, काठमाडौं । काठमाडौंका पर्यटकीय स्थलहरुमा आजभोलि एउटा बडेमानको मूर्ति देखिन्छ । कतिले यो मूर्तिलाई हनुमानको भन्ठानेका छन् भने कतिले पहलमानको । सरकारका निकायहरुले यो मूर्ति हिममानव यतीको हो भनेका छन् । विज्ञहरु भने यसमा यतीको परिकल्पित स्वरुप कत्ति पनि नझल्किने बताउँछन् । यसलाई हेर्ने बटुवाहरुले चाहिँ आ–आफ्नो हिसाबले लख काटेका छन् । तीमध्ये […]
from समाचार – Online Khabar https://ift.tt/2tKhWI1
via IFTTT