Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

देउवालाई ओलीको जवाफ : मैले भनेको धक्का कोरना हो

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे । बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट […]

‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

१५ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी गत वर्षको लिग च्याम्पियन टिम हो । अनि संकटा क्लब मनाङभन्दा पछि रहँदै उपविजेता बनेको थियो । गत वर्ष मनाङले लगातार १२ खेल जित्दै लिग उपाधि पक्का गरे पनि अन्तिम खेलमा हार व्यहोरेको थियो । संकटाले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यस पटक मनाङले उपाधि रक्षा गर्ने अभियानलाई […]

उद्योग वाणिज्य महासंघको चुनाव : २ उपाध्यक्ष एकै कित्तामा

१५ माघ, काठमाडौं । आगामी चैत २९ गते हुने उद्योग वाणिज्य महासंघको चुनावमा दुईजना बहालवाला उपाध्यक्षहरु एकै कित्तामा उभिने भएका छन् । वर्तमान ३ उपाध्यक्षमध्ये चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ एकै कित्तामा उभिने भएका हुन् । यी दुईबीच चुनावमा कसरी अघि बढ्ने भन्नेमा सहमति भइसकेको छ । चुनाव नजिकिँदै जादा आकांक्षीहरुले दौडधुप तीब्र बनाएका छन् […]

पोखरामा ई–टिकेटिङ लागू गर्न ऐन, कम्पनी मालामाल !

१५ माघ, पोखरा । कात्तिक दोस्रो हप्तादेखि बन्द भएको पोखरा महानगरभित्र चल्ने गाडीमा लागु भएको इटिकेटिङ अझै सुरु हुन सकेको छैन । इटिकेटिङ लागु भएको २ महिनामै असफल भएपछि पुनः सुरु हुन नसकेको हो । पोखरा महानगरभित्र चल्ने सार्वजनिक गाडीमा विद्युतीय टिकट (इटिकेटिङ) लागु गर्न पोखराका बस व्यवसायी, महानगर र महानगरबीच गत चैत ३ गते […]

कक्षा ४ का विद्यार्थीमाथि भारतमा देशद्रोह मुद्दा

१५ माघ, काठमाडौं । भारतमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ । नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतको समसामयिक विषयमा बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नाटकले राजद्रोह र शान्ति भंग […]

प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान, १ घाइते

१५ माघ, रौतहट । प्रहरी र फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् । रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली […]

सदस्य धेरै भएपछि राष्ट्रियसभा गृहमा नेकपा बैठक, सम्बोधन प्रधानमन्त्रीबाट

१५ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बुधबार बिहान ११ बजे राष्ट्रिय सभगृहमा बैठक बस्न लागेको नेकपा नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि […]

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

१५ माघ, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।  मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो । नेकपा महासचिव विष्णु पौडेलले मंगलबारको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको पुष्टि गरे । नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे […]

गलकोटको कपास उद्योगमा आगलागी

१६ माघ, बागलुङ । बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ । आगाेबाट कपास उद्योगमा क्षति पुगेको छ । प्रहरीका अनुसार विद्युत चुहिएर आगलागी भएको हो । आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी […]

७ वर्षीया छोरी करणीको आरोपमा बाबु पक्राउ

१६ माघ, सुरुंगा । आफ्नै ७ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई प्रहरीले पक्रेको हो । उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरीका अनुसार, बालिकाकी आमा केही वर्षअघि […]

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्ति योजना, प्यालेस्टाइन रुष्ट

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन् । इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ । […]

वीरेन्द्रनगरमा तनाव : टिपरको ठक्करबाट युवकको मृत्यु, युवतीले गरिन् आत्महत्या

१४ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् । मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, […]

‘एउटा महिलाले अग्नि सापकोटामाथि प्रश्न उठाउनु स्वाभाविक’

१४ माघ, काठमाडौं । नेकपा नेता अग्नि सापकोटा निर्विरोध सभामुख बनेको भोलिपल्टै सर्वोच्च अदालतले आफ्नो एक लिखित आदेशमार्फत ‘फरक मत’ प्रकट गरेको छ । सर्वोच्चको आदेश घुमाउरो भएकाले केही दुरहपूर्ण छ । तर, एउटी महिलाले उनीमाथि प्रश्न उठाउनु स्वाभाविकै भएको अदालतले स्पष्टरुपमा भनेको छ । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्या गरेको आरोप लागेका सापकोटालाई सभामुख बन्न […]

कोरोना भाइरस : नेपाल सतर्क भए पुग्छ !

१४ माघ, काठमाडौं । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण नेपालसहित ११ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ । विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन् । चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना […]

वीरेन्द्रनगर तनावग्रस्त, बुधबार बिहानसम्मका लागि कर्फ्यु जारी

१४ माघ, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।  बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो । […]

प्रदेशका नाम पञ्चायतको अञ्चलजस्ता : बाबुराम भट्टराई

१४ माघ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता र समावेशिताको मुद्दा क्रमश खोसिदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे । ‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको […]

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्धा 

१४ माघ, काठमाडौं । बाँकेको कम्दी-७ पदमपुरमा रहेको शहिद स्मारक माध्यमिक विद्यालयका तत्कालिन शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। यादवले प्रावि तहको शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन युपी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो। उनले […]

पापको भागीदार बन्दिनँ भन्दै प्रदेश राज्यमन्त्री झाले दिइन् राजीनामा

१४ माघ, जनकपुरधाम । प्रदेश २ सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा ‘राज्य मन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो देखिको मेरो प्रयासका वावजुद पनि स्थिति अनुकुल हुने […]

चितवन अदालतको फैसला : प्रहरीसँग विवाद गर्दैमा अभद्र व्यवहार हुँदैन

१४ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीसँग विवाद गरेकै कारण गायिका आस्था राउतमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा लाग्यो र प्रहरी हिरासतमा पुगिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चार दिन थुनामा राख्न अनुमति दियो । तर चौतर्फी आलोचना भएपछि भोलपल्टै प्रशासनले ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्‍यो । राउत छुटेकै दिन जिल्ला अदालत […]

कलैयामा जनप्रतिनिधिका लागि एकै पटक २१ थान मोटरसाइकल खरिद

१४ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले एकै पटक २१ थान मोटरसाइकल खरिद गरेको छ । जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि एकैपटक २१ थान मोटरसाइकल खरिद गरिएको हो । भ्याट बाहेक झण्डै २ लाख २६ हजार रुपैयाँको दरले टिभीएसको आरटीआर मोटरसाइकल खरिद गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । खरिद गरिएका मोटरसाइकल मध्ये १६ वटा वडाध्यक्षका […]

स्थानीय सरकारको खातामा साढे २० अर्ब राजस्व

१४ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म संकलित कूल राजस्वबाट साढे २० अर्ब रुपैयाँ स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यो पाँच महिनामा २० अर्ब ४९ करोड ७१ लाख रुपैयाँ स्थानीय सरकारहरुको खातामा गएको छ । देशभरका ७५३ वटै सरकारले यो रकम पाउँछन् । अन्तर सरकारी वित्त […]



from समाचार – Online Khabar https://ift.tt/317fDL9
via IFTTT
Powered by Blogger.