समाचार
१४ माघ, काठमाडौं । चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ परेका छन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् । विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग […]
१४ माघ, विराटनगर । मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै हत्या गरी फालिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवकको शव भेटिएको हो । मंगलबार भेटिएका […]
१४ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले सरकारलाई प्रभावकारी रुपमा खबरदारी गर्न नसकेको टिप्पणी गरेका छन् । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस निकट पेशाकर्मीहरुले कांग्रेस कमजोर भएकै कारण सरकार निरंकुश भएको धारणा राखे । नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनील पोखरेलले सरकारले ल्याएका विधेयकमा कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार झन् निरंकुश […]
१४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल वलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् । “फौजदारी […]
१४ माघ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता र समावेशिताको मुद्दा क्रमश खोसिदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको टिप्पणी गरे । ‘पछिल्ला घटनाक्रमबाट संविधानले अगाडि सारेका संघीयता समावेशिता जस्ता मुद्दा खोसिएका छन्, संघीयता नाममात्रको […]
१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरेको छ । थ्रि -फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको छ । तीन वर्ष अगाडिसम्म कसरी कम बिजुली खपत गर्ने भन्नेमा चितिन्त नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक बढीभन्दा बढी बिजुली उपयोग गराउने […]
१४ माघ, काठमाडौं । २२ हजार रुपैयाँ घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय बागमती प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरि पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ । सडक निर्माणका लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेशन पेस्की लिन आएका सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर […]
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि व्यंग्य गर्नु पर्यो भने हास्य कलाकारहरु बोलेकै बुझिँदैन भन्छन् । तर देउवाले अरुले बोलेको बुझेनन् भने ? आइतबार प्रतिनिधिसभामा यस्तै भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षमा प्राकृतिक धक्काहरु देखिएको बताउँदा देउवाले धक्का मात्र सुनेछन् क्यारे, ठूलो धक्का आउँछ रे नेपालमा । कहाँबाट आउँदैछ । […]
१४ माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभियोग पत्र दायर भइसकेको अनलाइनखबरलाई बताए । योसँगै प्रहरीले […]
१३ माघ, वीरगञ्ज । पर्साको छपकैयाँकी खैरुन नेसा बिहान चिया बेच्ने र दिउँसो कवाडीमा काम गर्ने गर्छिन् । बिहान बेलुकीको छाक टारेपछि बचेको पैसा सहकारीमा बचत गर्थिन् । बचत ४ वटा छोरीको विवाहमा काम लाग्छ भन्ने उनलाई लाग्थ्यो । तर प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक २४ चैत ०७५ मा भागेपछि उनी छाँगाबाट खसेजस्तै […]
१४ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताए । एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई […]
१४ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पास गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको स्मरण गरे । यति ठूलो सहयोग अमेरिकी सरकारको कहिल्यै नआएको भन्दै उनले भने, ‘मिल्ट्री एलाइन्स […]
१४ माघ, बुटवल । रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् । भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका-४ छिपागढमा ३ […]
१४ माघ, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिलबाट पत्रकारहरुको परीक्षा लिन नहुने बताएका छन् । पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भएकाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने मन्त्री बाँस्कोटाको धारणा छ । मन्त्री बास्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन […]
१४ माघ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्यास उद्योगको काम अन्तिम चरणमा पुगेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अर्ग्यानिक नगर बनाउने उद्देश्यले सुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्यास उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्यास […]
१४ माघ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले मुस्किल मुस्किलले सभामुख चयन भएको भन्दै अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् । सापकोटा सभामुख भएपछि मंगलबार बसेको पहिलो बैठकमा सबै दलका नेताहरुले शुभकामना दिने कार्यतालिका थियो । सुरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै शुभकामना दिए […]
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् । मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताए । ‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ […]
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका ओलीले भने, […]
१३ माघ, काठमाडौं । नेपाल-भारत प्राकृतिक ग्यास पाईपलाईन आयोजना अगाडि बढाउन भारत सकारात्मक देखिएको छ । प्राकृतिक ग्यासको पहिलो अन्तरदेशीय पाइपलाईन आयोजना अघि बढाउन नेपालले गरेको प्रस्तावमा भारतले व्यवसायिक सुनिश्चितता माग गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन विछ्याई दिन नेपालले भारतलाई प्रस्ताव गरेको थियो । […]
१४ माघ, बुटवल । नेपाली कांग्रेस प्रदेश ५ का विपक्षी दलका नेता बलदेब शर्मा पोखरेलको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । गत माघ ५ गते ८२ बर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो । कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पीडाबोध भएको बताए । […]
१४ माघ, जाजरकोट । माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै गरेको भेटिन्छिन् । उमेर जति बुढो भए पनि उनका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक छ हजारभन्दा बढी कमाउने गरेको उनको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न रहर […]
from समाचार – Online Khabar https://ift.tt/2vlbmb9
via IFTTT