Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गलाबाट सुनको सिक्री लुट्ने दुई जना पक्राउ    

१६ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका- २६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका-३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन् । काठमाडौं […]

सुर्खेतको टिपर काण्डमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता

१६ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर-३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ । तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी […]

नेपालयमा महिला नेतृत्व

१६ माघ, काठमाडौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब दुईजना महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले पाएका हुन् । लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन् । […]

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई […]

विकासे मन्त्रालयकै टिठलाग्दो बजेट खर्च 

१६ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन-पुस)मा सरकारले पूँजिगत खर्च मात्र १४ प्रतिशत मात्र गर्न सक्यो । जसले गर्दा समग्र बजेट खर्च कमजोर देखिएको छ । विकासे मन्त्रालयहरु खर्च कमजोर हुँदा सरकारको समग्र खर्च नै कमजोर बन्न पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ठूलो बजेट ओगटेर बसेका मन्त्रालयहरुले नै […]

सुन तोलामा ७ सयले वृद्धि

१६ माघ, काठमाडौं । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले […]

राष्ट्रियसभाले पत्रकारको परीक्षासम्बन्धी प्रावधान हटाउने

१६ माघ, काठमाडौं । राष्ट्रिसभा अन्तरगत विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ । अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ । तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो । पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया […]

गाडीमा गाँजा र अफिमसहित दुई जना पक्राउ

१६ माघ, चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

जगदम्बा स्टिल्समा कार्यरत भारतीय मजदुर मृत भेटिए

१६ माघ, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुर उद्योगभित्रै मृत अवस्थामा फेला परेका छन् । भारत बिहारको छपरा थाना घर भई उद्योगमा कार्यरत ३० वर्षीय अम्बर राय बुधबार राति उद्योगभित्रै मृत फेला परेका हुन् । उद्योगको वर्कशपमा काम गर्दै आएका रायको शव उद्योगको विद्युत गृह नजिकै फेला परेको इलाका प्रहरी कार्यालय […]

गैंडाको खागसहित २ जना पक्राउ

१६ माघ, काठमाडौं । प्रहरीले गैंडाको खागसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खब खत्री र दिनेश थापा रहेका छन् । पक्राउ परेका खत्री काठमाडौं महानगरपालिका-८ चावहिलका हुन् भने थापा बाजुराको बुढीगंगा नगरपालिका-६ का हुन् । २५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-७ […]

लेखा समिति सभापतिले नेपाल ट्रस्टका सहसचिवलाई हप्काए, भने : कानुन पढेर आउनुस्

१६ माघ, काठमाडौं । बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दरवारमार्ग, गोकर्ण, पोखरा र चितवनस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिएको सम्बन्धमा छलफल गर्‍यो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी र नेपाल ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीलाई बोलाइएको थियो । छ्लफलमा सांसदहरुले दरवारमार्गको जग्गा कम मूल्यांकन गरि भाडामा दिएको, गोकर्ण रिसोर्टको सम्झौता ६ वर्षअघि नै नवीकरण […]

निष्प्राण उभिएको पोखराको आर्ट ग्यालरी

१५ माघ, पोखरा । पोखरा महानगरको गत साता सकिएको छैठौं नगर सभाले पारित गरेको ‘पोखरा प्रज्ञा प्रतिष्ठान ऐन’ मा महानगरभित्रका भाषा, सहित्य, संगीत, कलालाई संरक्षण र प्रर्वद्धन गर्ने उल्लेख छ । तर पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भने महानगरको बेवास्तामा परेको छ । पोखरा महानगरको २०७५ चैत १ गते बसेको २८ औं नगर कार्यपालिका […]

सरस्वती पूजा : मैले ‘क’ लेख्न जाने (फोटो फिचर)

१६ माघ, काठमाडौं । आज वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदैछ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ । विद्यालय जाने उमेर पुग्न थालेका […]

बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु

१६ माघ, बुटवल । रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको ज्यान गएको छ । बोराको थुप्रोले किच्दा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन […]

शहीदप्रतिको सम्मान(फोटोफिचर)

१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा बिहीबार शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने […]

नेविसंघ अध्यक्ष बने ढुंगाना, वैद्‍य र कुँवर महामन्त्री चयन

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् । जसअनुसार अध्यक्षमा राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी घर भएका ४८ वर्षीय राजीव प्रदीप […]

प्रचण्डले औंल्याए सरकारका ६ कमजोरी, पार्टीमा अन्तरघात मौलाएको ठहर

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको बैठकमा सरकारले असाधारण काम गरेको बताइरहँदा अर्का अध्यक्ष प्रचण्डले भने सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सरकारले ठूला कुराहरु गरिरहँदा स-साना कामहरुमा ध्यान दिन नसकेको, विधेयकहरु बनाउँदा सरोकारवालाहरुसँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका कमजोरी प्रचण्डले औंल्याएका छन् । त्यसैगरी, पार्टीभित्र अहिले […]

सुर्खेतमा अर्गानिक कृषि, उद्योग र पर्यटन लक्षित कर्णाली एक्स्पो हुने

१६ माघ,सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना […]

गुठी विधेयकबाट शिक्षा लिनु जरुरी : नेकपा

१६ माघ, काठमाडौं । चर्को विरोधपछि गत असारमा सरकारले संसदमा प्रस्तुत गरेको गुठीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लियो । गुठी विधेयक धर्म, संस्कृति र परम्परा विरोधी रहेको भन्दै सरोकारवालाले काठमाडौंमा विशाल प्रदर्शन गरेका थिए । गुठी विधेयक फिर्ता लिनुपर्ने यो निर्णयबाट शिक्षा लिनुपर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठहर छ […]

नेकपाको आगामी महाधिवेशन चौथो कि दशौं ?

१६ माघ,काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदन तथा बिधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ । केन्द्रीय सदस्यहरुको समूहगत छलफलका लागि १५ वटा समूह बनाइएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य […]

राष्ट्रपतिबाट वसन्त श्रवण, उपराष्ट्रपति अनुपस्थित

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गरेकी छन् । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । […]



from समाचार – Online Khabar https://ift.tt/38PAXaF
via IFTTT
Powered by Blogger.