Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मिडिया काउन्सिल विधेयकमा हेरफेर : जरिवाना हट्यो, लाइसेन्स थपियो

१३ माघ, काठमाडौं । सरकारले ल्याएको विवादित मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सामान्य हेरफेरसहित पारित गरेको छ । अब विधायन समितिले गरेको हेरफेरसहितको प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । समाचारजन्य सामाग्रीका कारण कसैको प्रतिष्ठामा आँच पुगे मिडिया काउन्सिलले आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्ने प्रस्तावित […]

आधिकारिक ट्रेड युनियनको नामबाट ‘ट्रेड’ शब्द हटाउने प्रस्ताव

१३ माघ, काठमाडौं । सांसदहरुले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नामबाट ‘ट्रेड’ शब्द हटाउन प्रस्ताव गरेका छन् । निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने कि नदिने भन्ने बहसबाट अगाडि बढेर सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नाममाथि बहस भएको हो । सरकार निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने पक्षमा देखिएपछि सांसदहरु ट्रेड युनियनको […]

मन्त्रीले जवाफ नदिएपछि गण्डकीमा कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

१३ माघ, पोखरा । सांसदले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । ७ दिनभित्र सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले लत्याएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो । नियमानुसार माघ ५ गते सांसदले उठाएको प्रश्नको आइतबारको बैठकमा नै सम्बन्धित मन्त्रीले दिइसक्नुपर्ने थियो । […]

प्रदेश २ को नाममा सहमति जुटेन

१३ माघ, जनकपुरधाम । प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नामबारे सहमति जुट्न सकेन । स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत दलहरु नामाकरण सन्दर्भमा भने विभाजित भएका हुन् । प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान दोहोर्‍याएका छन् । सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले […]

लुम्बिनी चिनी मिल सरकारको सम्पर्कमा, बक्यौता तिर्ने प्रतिवद्धता गरेन

१३ माघ, काठमाडौं । लुम्बिनी चिनी मिलको सम्पर्क व्यक्तिको रुपमा कैलाशचन्द्र गोयल सरकारको सम्पर्कमा आइपुगेका छन् । उखु किसानको १० करोड ७४ लाख रुपैयाँ भक्तानी गर्न बाँकी रहेको उक्त मिलको सञ्चालक खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २३ गते गृह मन्त्रालयलाई आग्रह गरेको थियो । मिल सञ्चालक मनिष अग्रवालको आफू बहिनी ज्वाँइ भएको बताउँदै […]

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ मा

१३ माघ, विराटनगर । प्रदेश १ सरकारले माघ २३ गतेका लागि हिउँदे अधिवेशन आव्हान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ २३ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान छ । हिउँदे अधिवेशनबाट नै प्रदेश सरकारले प्रदेशको नामको टुंगो लगाउने […]

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

१३ माघ, कैलाली । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका सात महिनाको नाबालक छोरा आरम्भ चौधरी रहेका छन् । घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालक आरम्भ घाइते भएका थिए । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी […]

कांग्रेस बैठक : नेताहरुबीच सहमति, कार्यकर्तामा गमला हानाहान

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्ण सिटौला समूहले २६ मंसिरमा बोलाइएको केन्द्रयि समिति बैठक बहिस्कार गरेपछि सुरु भएको विवाद १० माघमा बूढानीलकण्ठ बैठकमा टुंगिएको थियो । त्यही सहमतिअनुसार बोलाइएको बैठकमा पौडेल र सिटौला समूहका नेताहरु […]

अदालतको आदेशपछि विराटनगरका जनप्रतिनिधिको सुविधा घट्यो

१३ माघ, विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि विराटनगर महानगरपालिकाका जनप्रतिनिधीले पाउदै आएको सुविधा घटेको छ । प्रदेश सरकारले निर्माण गरेको ऐन विपरीत सुविधा लिएको देखिएपछि उच्च अदालत विराटनगरले महानगरको निर्णय बदर गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि पुसबाट जनप्रतिनिधिले प्रदेशसभाले पारित गरेको ऐनअनुसार मात्र सुविधा लिएका छन् । विराटनगर महानगर प्रमुख भीम […]

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

१३ माघ, बुटवल । संघीय सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्राम मध्ये प्रदेश ५ को तिलोत्तमा नगरपालिकामा प्रस्तावित औद्योगिक ग्रामको गुरुयोजना तयार भएको छ ।  तिलोत्तमा नगरपालिकाले एक वर्षअघि देखि नै तिलोत्तमाको वडा नम्बर १० सग्रहवास्थित रोहिणी नदी किनारको २० बिघा बढी सार्वजनिक जग्गामा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको थियो । औद्योगिक ग्रामका […]

नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

१३ माघ, काठमाडौं । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेतमा आयोजित नेपाली सेना ‘भूतपूर्व सैनिक सम्मेलन-२०७६’ सोमबार सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष कार्यक्रमकाबीच सम्मेलनको समापन गरेका हुन् । सम्मेलनको समापन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीलाई अडिग र अविचलित रहँदै पुर्खाको रगत, पसिना र बलिदानबाट प्राप्त नेपाली […]

‘नेपाली पोर्ट’ को सुभारम्भ

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गरेका हुन् । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको […]

प्रदेश पूर्वाधार प्राधिकणको सीईओमा मजगैँया नियुक्त

१३ माघ, बुटवल । प्रदेश ५ को प्रादेशिक पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दाङका ईन्जिनियर ध्रुब मजगैँया नियुक्त भएका छन् । प्रदेश ५ को सोमबार बसेको मन्त्री परिषद् बैठकलले मजगैँयालाई नियुक्त गरेको सरकारकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । मन्त्री परिषद् बैठकले आगामी वर्षको वैैशाख ४ र ५ गते […]

सुदूरपश्चिममा सञ्चारसम्बन्धी विधेयक : मन्त्रीको अध्यक्षतामा प्रदेश मिडिया बोर्ड !

१३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि प्रदेशसभामा छलफल सुरु भएको छ । सोमबार छलफलमा भाग लिने प्रतिपक्षी सांसदहरुले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै विरोध जनाएका छन् । रेडियो, एफएम र टेलिभिजनलाई व्यवस्थित गर्ने भनी ल्याइएको विधेयकमा प्रदेश […]

सिके राउत भन्छन्- ठूला पार्टी म्याद गुज्रेका औषधि जस्तै

१३ माघ, बुटवल । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सिके राउतले नेपालमा रहेका राजनैतिक दलहरुको म्याद गुज्रिएको टिप्पणी गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायतलाई म्याद गुज्रेको औषधिसँग तुलना गरे । जनमत पार्टी रुपन्देहीले भैरहवामा आयोजना गरेको आमसभामा बोल्दै उनले यस्ता म्याद गुज्रेका पार्टीले राम्रो गर्ने भन्दा […]

नयाँ आउने पत्रकारले लाइसेन्स लिनुपर्ने

१३ माघ, काठमाडौं । पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन । समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा […]

उमेश घर फर्किँदा ७५ वर्षीया आमाको मुहारमा छाएको खुसी

१३ माघ, जनकपुरधाम। मृत्युको मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका–५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला । वैदेशिक रोजगारीका क्रममा पुगेर मृत्युदण्डको सजाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए । तर अमरदेवी जान […]

कैलालीमा साढे एक लाखसहित ११ जुवाडे पक्राउ

१३ माघ, कैलाली । कैलालीमा फेरि ११ जना जुवाडेलाई पक्राउ परेका छन् । एक लाख ४७ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित तबोबन होटेलमा जुवातास खेलाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए । आइतबार राति मात्रै प्रहरीले […]

दन्त अस्पताल बनाउन बुटवलमा रोटरी म्युजिकल नाइट हुने

१३ माघ, बुटवल । रुपन्देहीको बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले रोटरी म्युजिकल नाइटको आयोजना गरिने भएको छ । रोटरी क्लव अफ बुटवल चौतारीले आगामी माघ १८ गते बेलुका बुटवलको सिद्धार्थ कटेजमा रोटरी म्युजिकल नाइटको आयोजना गर्ने भएको हो । बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तीब्र पारिएको रोटरी क्लबअफ […]

‘माइती’ मा भेटिएका तीन चेली, जसलाई आफ्नैले बर्बाद पारे

८ माघ, काठमाडौं । कथा १ कैलालीकी पवित्रा खत्री (नाम परिवर्तन) माइती नेपालमा बसेर सेनिटरी प्याड बनाउने सीप सिकिरहेकी छन् । तर, उनलाई अतितको एउटा घटनाले निरन्तर लखेटिरहेको छ । बिर्सुन पनि कसरी त्यो घटना, जसले उनलाई जीवनको बाटो नै बदलिदियो । छाउ बार्दा अपरिचितबाट बलात्कृत भएकी उनी मुम्बईको कोठीमा बेचिन पुगिन् । अहिले माइती […]

पाम तेलमाथिको प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार

१३ माघ, काठमाडौं । पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको छ । भारतले प्रतिबन्ध गरेलगत्तै थालिएको अनौपचारिक छलफलले समस्या समाधान नभएपछि पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाम तेलको निर्यात फकुवा गर्न कुटनीतिक च्यानलमार्फत भारत सरकारलाई औपचारिक अनुरोध गरिएको मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रिय ब्यापार महाशाखा प्रमुख सह–सचिव नवराज […]



from समाचार – Online Khabar https://ift.tt/30Wiab0
via IFTTT
Powered by Blogger.